Thursday, December 13, 2012

गजल बैँश खोज्दै छु म !

कमल 'जलन आँशु'
बाबियाचौर 'चारतिलकपुर सुर्खेत

उमेर छँदै घला को बैँश खोज्दै छु  
धप्प जोवन बला को बैँश खोज्दै छु

संगै जिउँला संगै मरौँला भनेर
असति ले गला को बैँश खोज्दै छु

जति बेला निष्चल थिएँ त्यति बेला को
कसैले चला को बैँश खोज्दै छु

बैँश आयो गयो तर पत्तै पाईएन
उमेर ले छला को बैँश खोज्दै छु

डाँडा माथी घाम छँदै होस पुर्याई
समय ले ढला को बैँश खोज्दै छु

धन कसैको मन संगै साँटियो
स्याहार गर्दै फला को बैँश खोज्दै छु  

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु