Thursday, August 28, 2014

गजल


सदनमा नया सरकारको कुरा उठाउदै छन् 
यता जनता पिडित लाइ राहात जुटाउदै छन्

दु;खी जनताको गुनासो लत्याउदै नेता
कुर्चिकै लागि आफ्नो पाटि फुटाउदै छन्

महंगीले आकास नाघि सक्यो मौन छ सरकार
कर्णाली भोकै छ तराई मधेस रुवाउदै छन्

गुण्डाको खेति गर्छन उठाउछन् चन्दा
घुस दिएर वकिललाई,अपराधि छुटाउदै छन्

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज भरतपुर

सल्लाह सुझावको अपेक्षा राख्दछु