Sunday, May 26, 2013

सुनको महल नसके नि संसार दिन्थे खुशिको


गजल

सपना देखाएर मुटु   टुटाउँछ्यौ भने काली
अब केही बोल्दीन संम्बन्ध छुटाउँछ्यौ भने काली ।

के गल्ती गरे आखिर  माया गर्छु भन्दा मैले
म सहिँदिउँला आँसुले चुटाउँछ्यौ भने काली ।

सुनको महल नसके नि  संसार दिन्थे खुशिको 
आफ्नो भन्दिन भो मेरै बस्ति उठाउँछ्यौ भने काली ।

धनकै भरमा पराईलाई  जिवन सुम्पेउ भन्दा सुने
मौनछ सारा बस्ति आफ्नो भाग्य फुटाउँछ्यौ भने काली ।

रामकृष्ण पौडेल अनायास
गजलकुन्ज चितवन

सल्लाह सुझावको अपेक्षा राख्दछु