Thursday, November 29, 2012

स्वरमा गजल

गजलप्रेमी मित्रमनहरुलाई नया स्वाद स्वरुप मेरो मित्र अर्जुन पौडेल जीको डिजाईनमा मेरो आवाज सहित गजल हेरी, सुनि प्रतिक्रियाको अपेक्षा राख्दछु । 

Tuesday, November 27, 2012

फूलै फुलको थुँगा पाएर

Arjun Paudel
"Pokhara"
फूलैफुलको  थुँगा  पाएर खुशी  छु  
नतोडिने  कसम  खाएर खुशी  छु  

गोधूली साँझमा घामको पाईला खोज्न
मायालुको  वस्ती  धाएर खुशी  छु  

तिम्रै निम्ती कोरिएका सुन्दर गजल
मन्दमन्दमा आफै गाएर खुशी छु 

सारा वन्धन हटाई मनको पीडा मेट्न
जूनीभरको माया लाएर खुशी छु  ♥♥

फूल भनि रोजेथेँ..

Shailendra Thapa

फूल भनि रोजेथेँ काँडा परेछ
बिझ्यो नराम्ररी दिलमै गढेछ!!

घाउ गहिरो किनपो थाक्थ्यो
उकुच पल्टेर भित्र-भित्रै सडेछ!!

टन्कियो छाति ह्रिदयको घाउ
पाकेर पिपले सब जो भरेछ!!

घाउ ह्रिदयको खुर्कन सकिन
लाग्दैछ आज काललेपो धडेछ!!

कोही कि मनको उपचार गर्ने
डाक्टर वा धामि प्वाल जो परेछ!!

नयाँ नेपाल

सपना खनाल
भैरहवा बहुमुखी क्याम्पस
भैरहवा
मेरो कथा आज ,म दिल खोलेर भन्छु
के भैरहेछ अहिले मलाई , त्यो सबै कहन्छु
बिरालोले बारम्बार पाठा, रारे झै गरी
नाम फेरिदैछ अचेल, मेरो अनेकौ थरी

कहिले भन्थे नेपा मलाई, कहीले भन्थे नेपाल
नाम परीवर्तन गर्ने क्रममा, मै भए नयाँ नेपाल
चोट माथी चोट अनि, पीडा माथी पीडा थपी

हिजो अस्ती जस्तो थीए, आज पनी उस्तै गती
उन्नती र प्रगतीको सीढीचड्ने ,मेरो त्यो सपना
तर काडैकाडा चारैतिर, म हीड्ने पथमा
मेरै शिरबाट बग्छन्, खोला नाला र छहरा

मैले नै खेप्नुपनर्, े लोडसेडिड.को मार

दाबि गर्छन् छिमेकीले, मेरै शरीरको अँगलाई
जमाउछन् अधीकार, त्यहाका सबैलाई पन्छँई
रुन्छन् कराउछन् सुस्ताबासी ,अत्याचार भयो भनी
बहिरो बनी बस्छ सरकार ,छैन प्रवाह कत्ती पनी

जति नयाँ भनेपनी ,प्रबीत्ती छ ढुङगेयुगको
नयाँ नयाँ भनी कोसौ पछि धकेल्ने, अहिलेको सभ्यतन भयो
परीबर्तन हुनुपर्ने समाज, बिकास अनी नीर्माणको कार्यले
केही फेरबदल हुदैन, मेरै नाम मात्र फेर्नाले

लाग्छ डर त्रार कतै , मेरै अस्तीत्व विलीन हुने पो हो की
कल्पनासम्म पनी नगरेका,े आज मैले भोग्दैछु दुर्गती

तिमी सँगै हराउदा,

रत्न शमशेर थापा 'निर्दोषी' 
गजुल रोल्पा

तिमी सँगै हराउदा, रात मिठो बन्दै गा'
मुस्काउदै बोल्ने तिम्रो, बात मिठो बन्दै गा' !!

बेहोशीले जेल्दो रैछ बैश चढ्दै गएपछि
उमङ्गले जवानिको, मात मिठो बन्दै गा' !!

कसरी भुलुँ सानु यति मिठा क्षणहरु,
मन साट्ने यो मायाको, जात मिठो बन्दै गा' !!

अङ्गालोमा बेरिएर आफ्नो हुने चाहानामा ,
अङ्ग अङ्ग सल्बलाउने, हात मिठो बन्दै गा' !!

सत्य तन मन


सत्य तन मन तिमी सँगै थियो॥
बैसालु गन्थन तिमी सँगै थियो॥

अहिलै नटुट्ने अजम्बरी हाम्रो॥
मायाँको बन्धन तिमी सँगै थियो॥

यो जिन्दगी देखी हार किन खायौ..?
धर्ति यो गगन तिमी सँगै थियो॥

फर्केर बिस्तारै स्पर्श गर्नु पर्थ्यो॥
शितल पवन तिमी सँगै थियो॥

छोडेर हिडीछौ अनायासै मुना॥
"अभागी" मदन तिमी सँगै थियो॥

"अभागी" मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली
हालः मुम्बई

१२ अक्षरमा कठै ! मेरो देश :


===============
Bimal Raj
संकटले गाँज्यो कठै ! मेरो देश
कुर्सिले नै भाँज्यो कठै! मेरो देश

संसार कै नमुना बनेको थियो
विदेशीले दाँज्यो कठै ! मेरो देश

स्वर्ग जस्तै थियो तर के लाग्यो ?
रगतले माँज्यो कठै ! मेरो देश

शान्तिले सिन्चियको तपोभूमि यो
खै!कसरी बाँज्यो कठै! मेरो देश

भन्नलाई सजिलो...

       *सागर सिलवाल*
भन्नलाई सजिलो नै जे भनेनि भो 
निमुखालाई पुर्न अब खाल्टो खनेनी भो

हातमा शक्ति हुदा देखाउ रोक्छ कसले
मान्छेहरु हान्ने मात्तेको साढ़े बननी भो 

आफै सर्बे सर्बा अरु केही हुदै होइनन
आफु हात्ती अरुलाई भुसुना गनेनी भो

ठुलो भएर के सानोमा पनि शक्ति हुन्छ
भुसुनो नाकमा पस्दा छटपटीएर कनेनी भो

जन्ती सँगै आगनीमा,

रोशन खड्का -दोलखा।
हाल : कोलालम्पुर मलेशिया।

जन्ती सँगै आगनीमा, नाचेर गयौ तिमी।
पछ्यौरीले मुख छोपी, हाँसेर गयौ तिमी।।

विना सित्ती मेरो सामु, वाचा कसम् खायी(),
पराई सँग लगन् गाँठो, गाँसेर गयौ तिमी।।

एकै फूल रोजेको थेँ, बैगैंचामा आज,
तेही फूल मेरो लागी, मासेर गयौ तिमी।।

तिम्रै साथको कल्पनामा, डुब्दै थिएँ तर,
उस्कै लागी बैँश प्रित, साँचेर गयौ तिमी।।

अजम्बरी प्रितको नाता


बिष्णु 
हाल: अर्कैको देशमा
अजम्बरी प्रितको नाता,अर्कै सँग लायौ अरे
जनम जनम साथ दिने,कसम पनि खायौ अरे

खुशी मिलोस् सधैँ भरी,बधाई तिमीलाई 
खोजे जस्तै रोजे जस्तै,बर तिम्ले पायौ अरे

छुइन दुखि,खुशी मिल्दा, नी त्यसै गर्थे होला
कुरा काटी मेरो तिम्ले,उसकै गुनगान गायौ अरे

मेरो भन्दा धेरै माया,दियोस् उसले तिमीलाई
भुली सबै अतितहरु,उसकै पछी धायौ अरे

देख्ने सुन्ने भन्दै थिए,नदुखे झैँ गरी सुने
सम्झनामा भन्दै,उसको दिलमा छायौ अरे 

जिन्दगीका पाटा


Tek Bahadur Malla 
जिन्दगीका पाटा भित्र मिठास छैन कि ?
फक्रेको त्यो फूल भित्र सुवास छैन कि ?

हेर्दा हेर्दै जिवनको रङ्गमञ्च खाली भो,
अनुभूतीको मीठो कुनै आभाष छैन कि ?

के ले छोप्यो निरता त्यो तिम्रो जिन्दगीको,
घुम्टो नओढेको खुला आकाश छैन कि ?

सधै उस्तै जेलिएको घाउ पनि उस्तै,
पीडा उडाउने त्यस्तो बतास छैन कि ?

आफ्नो औकात जनाइहाल्यौ

         कोमल भट्ट,न्युयोर्क
आफ्नो औकात जनाइहाल्यौ सबले चिने तिम्लाई
संसार भरी गनाइहाल्यौ सबले चिने तिम्लाई

देशको मुहार फेर्छु भन्दै सबलाई झुक्याएर
ठूलै महल बनाइहाल्यौ सबले चिने तिम्लाई

चिच्याइ चिच्याइ बाँडेका ती मीठा आश्वासन
खाडलमा खन्याइहाल्यौ सबले चिने तिम्लाई

माखो मार्न नसक्दा नि इमान्दार र राम्रो
जबर्दस्ती भनाइहाल्यौ सबले चिने तिम्लाई

भोक,रोग र अशिक्षाले पिल्सेकालाई बिर्सी
सधैँ उत्सव मनाइहाल्यौ सबले चिने तिम्लाई

मेरा प्रेमिका


           ऋषिराम
          हाल मरुस्थल
गजल कविता मेरा प्रेमिका
कल्पना रमिता मेरा प्रेमिका 1

सधैं कर्तव्य पथतर्फ लम्काउने ,
शाहित्य सुधा गीता मेरा प्रेमिका 2

दर्शनले मात्रै मन विनोद बन्छ ,
भावना संहिता मेरा प्रेमिका 3

डर लाग्दैन कसैसँग अचेल ,
सत्य मृत्यु चिता मेरा प्रेमिका 4

आऊ समाधिमा बसौं ऋषिसँगै ,
बन्छ अमृतका सिता मेरा प्रेमिका

Wednesday, November 21, 2012

बिना आगो अव...

अर्जुन पौडेल
          पोखरा 
बिना आगो अव जल्नु छैन
त्यो फरीया सँग चल्नु छैन

सारा खुशी आफै सजाई
पापी याद सम्झी गल्नु छैन

यो मनको कोठा दीप वाल्दा
जल्ने त्यो मैनमा बल्नु छैन

आफ्नै छाया  मुटु  भरी हुँदा
माया गाँसी आफै छल्नु छैन

समयको धार

 (पुजा भट्ट) 
समाजबाट परेको हेलाको पत्र बनेकोछु म,
कहिले माथि नउठ्ने झरेको पात बनेकोछु म
गर्नु त धेरै छ यो जीवन - काल मा,
तर समाजको नराम्रो सिकार बनेको छु म


कू-दृष्टिका किरण सहने क्षमता हराई सक्यो,
कू-वाक्यका वाणी सुन्ने क्षमता हराई सक्यो
बन्नु त छ एक असल र अटल व्यक्तित्व,
तर समयको नराम्रो सिकार बनेकोछु म


तिरस्कार नगर सुन्यताको बन्धक बनाई,
अन्याय र अपराधको कुरूप चित्र बनाई
उदाउनु त छ बिहानको झुल्किने घाम सरि,
तर समयको नराम्रो सिकार बनेको छु म
तर समाजको नराम्रो सिकार बनेको छु म !!

जिल्लाबाट पुनरावेदनमा

फुच्ची जमुना

जिल्लाबाट पुनरावेदनमा सरेछ फेरि
मेरै नाममा उहि निवेदन परेछ फेरि

धमिरा लागेका प्रमाणहरु बटुल्दै छु
सबुत बिचको एउटा पाना झरेछ फेरि

ख्यालै रहेन वास्तै गरिनछु गोड्मेल् भयो
प्रेम इजाजतको फुल थियो मरेछ फेरि

हिरासत,हिफाजतमा बसे उसै झै गरि
उसै पिरती मेरो लिफाफामा टरेछ फेरि

कट्घरामा उभिए गिता छोए बयान दिए
आज पनि तारिखको घोषणा गरेछ फेरि

उ, भन्दै थिई

हरि किशोर पौडेल

, भन्दै थिई दुनिया हसाउने कुरा नगर्नु I
चोखो मायामा तिमि, फसाउने कुरा नगर्नु I
1
खालि यौटै उखान दोहोर्याउछे-दोहोर्याउछे ;
छोरि पिटेर, बुहारी तर्साउने कुरा नगर्नु I
2
राजा! यस्तै नै हो सबै, खुसी हुन सक्नु पर्छ ;
भो, अब कत्ति आँखा रसाउने कुरा नगर्नु I
3
...
मलाई, कोहि लाग्दैन, सबथोक ठान्छे ;
भन्छे, अन्तै घरबार बसाउने कुरा नगर्नु I
4
तिमि सरकार भयौ भने, यस्तो-यस्तो गर्नु ;
तर, गरिबको घाँटी कसाउने कुरा नगर्नु I
5
ठुला-बडा यहाँ डस्छन, डसी नै रहन्छन ;
तिमि, सापेरो बनेर झन् डसाउने कुरा नगर्नु I

सल्लाह सुझावको अपेक्षा राख्दछु