Thursday, September 22, 2016

गजल


कहिल्यै आउदैन गरिवलाई दशैं र तिहार पनि 
पाएनन् बरा सरकारको राहात आउने समाचार पनि

सिटामोल नपाएर कतिले जीवन गुमाउदा यहाँ 
सदनले सुनेन जनताको गुनासो बारम्बार पनि 

भोलिको देश हाँक्छु भन्दै पठशाला गएका बाबुनानि
तर्साइन्छ बम राखेर सहन्छन दुख अपरम्पार पनि 

अब जन्ताले क्रान्ति गर्नेछ सरकारका बिरुद्ध 
उत्रने छन् यस्तै हर्कत गरिरहे लगातार पनि 

आफ्नै सपनामा ज्युन बाध्य बनायो यो समयले
अचेल पैसामा बिकेपछि यो स्वार्थि संसार पनि 

रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु