Monday, December 23, 2013

गरिबको आँखा बाट आँसु झरीरहेको देख्छु

गजल

गरिबको आँखा बाट आँसु झरीरहेको देख्छु
भोको पेटमा पानि भन्दै मरिरहेको देख्छु

हे प्रभु ! अझै दु;ख देउ बरु चाडै मर्न त सक्छ
के गरोस् बिचरा ! तिम्रै शरण परिरहेको देख्छु

धनि हुन्थ्यो होला आँसुको मूल्य पर्ने भए आखिर
त्यो पियर नै उसको जिबन टरिरहेको देख्छु

बाँचुन्जेल ईज्जत बचाउनै पर्यो भन्दै उस्ले
यौटै बस्त्र सधै टाल्ने काम गरिरहेको देख्छु

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

जिन्दगीका हर खुशि

मुक्तक 

जुन पठाईदिन्छु,तिमीलाई तारा पठाईदिन्छु
जिन्दगीका हर खुशि सारा पठाईदिन्छु /
तिमिपनि आउछ्यौ भने आउप्रिया मै संग
यहाँ सम्म आउने गाडी,भाँडा पठाईदिन्छु /

''अनायास''

सल्लाह सुझावको अपेक्षा राख्दछु