Saturday, November 9, 2013

"अभिलासी" का अभिलाषा

         
गजल
बालिका अभिलासी 

प्रिय मनको राजा तिमीलाई खास बनाउछु म
अनि मेरै प्रेमको सर्वोपरी दास बनाउछु म

म त जुन हुँ सधैं तिम्रो साथ नरहन नि सक्छु
तर चिन्ता नलेउ तिम्लाई आकाश बनाउछु म

खेल्न सक्छौ मेरो मुटुको डन्डिवियो तिमी आँफैले
तर त्यो भन्दा पहिले तिम्लाई तास बनाउछु म

पुर्व जन्ममा दिएको घात कहाँ भुलेकी छु र ?
बदलामा तिम्लाई आज ज्यूदो लास बनाउछु म

"अभिलासी" का अभिलाषा बाँकी छन तिमी प्रतिका
हेर्दै जाउ तिम्रो जीबन सत्यनास बनाउछु म

भरतपुर चितवन

सल्लाह सुझावको अपेक्षा राख्दछु