Monday, June 3, 2013

हाम्रो दिन कहिले आउछ

हाम्रो दिन कहिले आउछ 

हाम्रा नेता भन्ने गर्थे
हाम्रो दिन आउछ
सुकुमबासि हलियाले
घरजग्गा पाउछ !

नेता थिय झुत्रे हिजो
आज उनको भाउछ
माथि गए जनता बिर्से
यक्लै बन्ने दाउ छ !

देशको लागि लड़ेकाको
किन आलो घाउ छ ?
हिजो जस्तै बसिखाने
अझै देशको साहु छ !

सुत्केरीको ब्यथा लागे
सुडेनीको नाउ छ
नेतालाई खोकिलागे
अमेरिका धाउ छ !

सत्ता भत्ता हुनेलाई
यहीं सिंगापुर छ
गरी खान नपाउनेलाई
राज्य निकै दुर छ !

सिमा मिच्दा छिमेकीले
घरको मुली चुप छ
पिठ पछी गालि गर्छ
सामुन्नेमा झुक छ !

काम छैन स्वदेशमा
विदेशकै आश छ
युवा शक्ती विदेशियो
देशै सत्यनास छ !

''गास दिय बास दिय
भोट पनि हालियो
छर छिमेक टाढा भय
ईस्ट मित्र फालियो ''!

भेट हुदा सोध्ने गर्छन
आरनेको बाउले
भन्नुस नानी कैले होला
हाम्रो दिन आउने !!

प्रतिभा शर्मा
न्युरोड घोराही दांग

सल्लाह सुझावको अपेक्षा राख्दछु