Thursday, December 1, 2016

गजल

पढाएरै ठुलो बनाउछु छोरो भन्थे,बा लाइ कहिल्यै टेरिएन
अगेनामा भात कुरेकै हुन्थिन, आमाको मन कहिल्यै फेरिएन ।

आँसु झारेरै रात कटाउथे ख्वाउथे आफु भोकै बसेर पनि
अहिले पछुताएर के गर्नु आमा बा को ममता कहिल्यै देखिएन ।

सधैं सपना बन्यौ हामि त्यसैले हाम्रै पछि लाग्नु हुन्थ्यो
तर म खुशि खोज्न अन्तै लागे काखमा कहिल्यै खेलिएन ।

जमनाले अन्धो बनाएर आधुनिकतामा डुब्दा सम्म
बा कै उमेरमा आउदा थाहा भो,बिचमा उठेर कहिल्यै हेरिएन ।

@ रामकृष्ण अनायास

गजल

भँवरा हरू बाटै फुलको जवानी लुटिन्छ
जल्दाजल्दै लाशको घाटबाटै खरानि लुटिन्छ

मेला गएकि आमा घर कहिल्यै नफर्के पछि
त्यो बालकको सुत्ने काख अनि शिरानि लुटिन्छ

परदेसिएको बावु पनि बाकसमा अचानक आउदा
बिचरा आफ्नो बावु आमाको निशानि मेटिन्छ

आफ्नै प्रेमिका सँग पिर व्यथा पोख्दा यहाँ
विहानि नहुदै दु:खको कहानि लुटिन्छ

@ रामकृष्ण अनायास

गजल

डाउछ कि त मेरै घरको धुरी डर छ मन भित्र
किन यसरी चलिरहेछ हुरी डर छ मन भित्र

मलाई ज्युदो लास बनाउनेकै माया मुटुमा
किन छ यसरी मुरी का मुरी डर छ मनभित्र

अब कहिल्यै नभेट्ने भनेर छुट्टिएका हरुलाइ
भेट्न कस्तो आतुरी डर छ मनभित्र

किन फ्यालिन जन्माएर आमाले मलाई नालिमा
कतै ठुलै थियो कि त मजबुरी डर छ मन भित्र


अचेल म बच्चाहरु रोएको आवाज सुन्दिन
साच्चै भएकी त निष्ठुरी डर छ मन भित्र।


@मुक्तक 
बितेका कुरा याद आउँछ ऎना हेर्यो भने
तब मात्र पूरा याद आउँछ ऎना हेर्यो भने।

खाली मात्र मेरो सिउदो बाकी थियो तिम्ले भर्न
सपना अधुरा याद आउँछ ऎना हेर्यो भने।

#नयन

सल्लाह सुझावको अपेक्षा राख्दछु