Thursday, December 1, 2016

गजल

पढाएरै ठुलो बनाउछु छोरो भन्थे,बा लाइ कहिल्यै टेरिएन
अगेनामा भात कुरेकै हुन्थिन, आमाको मन कहिल्यै फेरिएन ।

आँसु झारेरै रात कटाउथे ख्वाउथे आफु भोकै बसेर पनि
अहिले पछुताएर के गर्नु आमा बा को ममता कहिल्यै देखिएन ।

सधैं सपना बन्यौ हामि त्यसैले हाम्रै पछि लाग्नु हुन्थ्यो
तर म खुशि खोज्न अन्तै लागे काखमा कहिल्यै खेलिएन ।

जमनाले अन्धो बनाएर आधुनिकतामा डुब्दा सम्म
बा कै उमेरमा आउदा थाहा भो,बिचमा उठेर कहिल्यै हेरिएन ।

@ रामकृष्ण अनायास

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु