Tuesday, July 16, 2013

शिरको सिँन्दुर एक धर्को मेटिन नि सक्छ

गजल

शिरको सिँन्दुर एक धर्को मेटिन नि सक्छ
मायामा नि चिसो कतै भेटिन नि सक्छ ।

मेरो प्राण तिमिनै हौ भन्दै माया गर्दा पनि
चोखो मुटु आज आफ्नै रेटिन नि सक्छ ।

मेरो बाँच्ने आधार तिमिनै हौ भने पनि
जिवन साथि पराई सँग देखिन नि सक्छ ।

बिश्वास गर्ने आधार पनि हराउदै छ अचेल
मेरै नाममा बिछोड पत्र लेखिन नि सक्छ ।

रामकृष्ण पौडेल "अनायास"
गजलकुन्ज
भरतपुर 13, चितवन

यता माया टुटायर पराई संग जोड्यौ आखिर

गज़ल ,


यता माया टुटायर पराई संग जोड्यौ आखिर
नचाहादा नचाहादै सम्बन्ध लाई तोड्यौ आखिर

अन्तिम चोटि भेट्छु भन्दै पारिबाट आउदै थिए
वारी हुदै बेशी बाटै आउने बाटो मोड्यौ आखिर

आज तिम्रो बियोग मा छट्पटिदै भुइमा लड्दा
सिउदोमा एक धर्को सिन्दुरले कोर्यौ आखिर

संगै बाच्ने संगै मर्ने मुटु यौटै थियो भन्थ्यौ
नशा बाटै छुट्याएर त्यै मुटु नि छोड्यौ आखिर

भरतपुर
रामकृष्ण पौडेल ''अनायास''

मेरो प्राण मेरो भाग्य अनि अन्तिम स्वाहाग तिमि

गज़ल

बाचा कसम बिर्सिएर पईला कता मोड्यौ आज
रहर सारा पुर्याएर बिच बाटोमा छोड्यौ आज /

तिम्लाई चोट लाग्दा खेरि मलाई दुक्छ भन्थौ हिजो
कुन दैबको आँखा लाग्दा सम्बन्धलाई तोड्यौ आज /

तिमि बिना मेरो जिबन एकपल बच्न सक्दिनथे
भन्थ्यौ आखिर पराई संग नाता किन जोड्यौ आज /

मेरो प्राण मेरो भाग्य अनि अन्तिम स्वाहाग तिमि
भन्दै गर्दा पराईको घुम्टो तिमि ओड्यौ आज /

म बियोगमा तड्पीएर छट्पटिदै मर्न लाग्दा
बेहुली बनि कोमल पाउले कस्को दियो फोड्यौ आज

रामकृष्ण पौडेल ''अनायास''
भरतपुर - १३,गज़लकुञ्ज

सल्लाह सुझावको अपेक्षा राख्दछु