Sunday, September 6, 2015

गजल


सायद ति ओठहरु अब मुस्कुराउने छैन 
पक्कै तिज आउछ जान्छ दिदि आउने छैन

आफ्नै अस्तित्वो जलाएर अरुलाई पोल्दैछन् 
छातीमै भाला रोपुन तर म शिर झुकाउने छैन

ज्यानमारा हरु खुलेआम सडकमा हिड्दा खेरि
जन्ता धिक्कार्दै भन्छन् यस्ले बाँच्न पाउने छैन

सरकार मौन बस्नुको कारण केहि हुनु पर्छ होला ! 
जे होस् मेरो माटोमा बिदेशीले झण्डा फुकाउने छैन

'सत्यको बिजय हुन्छ' उहिले भगवान् कृष्ण भन्थे
यहाँ असत्य हावी हुदा निर्धोले खुशी मनाउने छैन

रामकृष्ण पौडेल ''अनायास'' 
गजलकुञ्ज ,भरतपुर

गजल

उस्ले पनि ठुलो सपना देखेको हुदोहो
आमा भन्दै बाँच्न गोलि छेकेको हुदोहो

मार्नु अघि आफ्नो छोराछोरि संझनु पर्थ्यो
कठै त्यो बालक पनि हाँस्दै खेलेको हुदोहो

भगवान् पनि देखेर मौन किन बस्दाहुन
कुनै दिन त उस्ले मन्दिर टेकेको हुदोहो

उस्को खुनबाट चन्द्र सुर्य यसरि बन्दा
भाग्यमै पहिलो बालशहिद लेखेको हुदोहो

अपराधि खुलेआम भाषण गर्दैछ सदनमा
कस्तो बन्छ खै त्यस्ले पनि संबिधान केरेको हुदोहो

रामकृष्ण पौडेल “अनायास”
गजलकुन्ज ,भरतपुर

सल्लाह सुझावको अपेक्षा राख्दछु