Thursday, December 8, 2016

गजल

कलम कपि थमाएर शहर पठाउनु अघि
ऋण संम्झिए बा ले आँसु खसाउनु अघि

छोरो कलेज टपेर पनि जागिर नपाए पछि
सरकारलाइ धिक्कार्छ डिग्रि जलाउनु अघि

कर्णालिकै भोटले बारम्बार मन्त्रि हुदापनि
सोचेनन् जन्ताको दुख देश चलाउनुअघि

अस्पताल बाटै बिरामिको मृगौला चोरीए पछि
डाक्टरले अरूको भावना बुझेन नाफा कमाउनु अघि

रामकृष्ण अनायास

Tuesday, December 6, 2016

पुतलीको बिहे

जव हाम्रो प्रेमको
हृदयमा
जराहरु फिजारिएपछि थाहा भो
यौवनका रसहरु मूल बनेर
एक अर्कामा भिजाउदा
सागरको गहिराहिमा तरंगित छालहरुले
काउकुति लगाउदै गिज्याउदा

एकपल्ट फेरि उही बिगतलाई सम्झियौँ
उही स्कुल अगाडि भेट हुदा

संगै घर बाट निस्कन्थ्यौ स्कुल जान
मलाई आनन्दको आभास हुन्थ्योँ
उनको किताव बोकिदिदा
उनी फ्रकमा मिठाइ पोको पारी
टोकेर फुटाउथिन
खान्थ्यौ आधि आधि
त्यहाँ पबित्र माया र स्नेह
मिसिएको थियो
जव हाफछुट्टी हुन्थ्यो
उसै गरि भेटिन्थ्यौँ
मकै भटमासको पोको फुटाउदै खान्थ्यौँ

कैयौ पालुवा पलाए होलान
कैयौ रातहरु मरेर
दिनहरु व्युझीए होलान
संग संगै हाम्रो उमेरमा मिसिएका रंगहरुले
हाम्रो मुटुलाई रंगाउदै
सरिर भित्र पैदा भएका
अनेकौ कम्पनले यौटै बनायो
जसरि जोडियौ त्यो स्कुले यात्राबाट
हिजो त्यसैगरी
नदिको छाल ले छुट्टाएर झैँ गरि
दुइवटा किनार बनायो


अचानक केहि वर्ष पछि
स्कुलको गेटमा फेरि भेट भयौँ
अनि नियाली रहेका थियौ दुबैले
आफ्ना नानि बाबुलाई
उही चउर
उसैगरी खादै थिए टिफिन साटेर
भन्दै थिए
जसरि पुतली को बिहे गर्यौ
उसैगरी हामि पनि एक हुनु पर्छ
जसरि पुतली लाइ एक गरायौ

हिजो जुन सपना हाम्रो थियो
आज उनिहरूको थियो
हिजो हामिले पनि
पुतलिको बिहे गराएका थियौँ
आज उनिहरूले पनि
उसैगरि बिहे गराएका छन्

रामकृष्ण अनायास
कबिडाँडा

मुक्तक,

पानि जति कन्चन होस् त्यसमा तिम्रो नाम लेखिदैन
ढुंगा जति कडा होस् त्यसमा लेखेको कहिल्यै मेटिदैन
उ भन्दैथ्यो तिमीलाई त्यो आकास पुरै ल्याइदिन्छु
जमिनमा बसेर त्यो जुन अनि तारा कहिल्यै भेटिदैन

गजल

प्यूउँछन् अनि चर्चा चलाउछन् उन्कै
धोका दिइ भन्दै तस्विर जलाउछन् उन्कै

नगर्नु गल्ति गरेछु भन्दै थप्छन् सराव
चढेपछि उल्टै तस्बिर सजाउछन् उन्कै

मुर्ति नै बनाई पुजा गरेको थे भन्छन्
पिंडामा छु भन्दै मुर्ति ढलाउछन् उन्कै

मेरो यारहरू जीवन एक्लै कटाउछु भन्दै
आफ्नै शरिर पिरै पिरले गलाउछन् उन्कै

रामकृष्ण अनायास

Friday, December 2, 2016

गजल,

लुकी लुकी नजर उतै लगाउनु को मज्जा
बेग्लै हुन्छ जिस्क्याउदै फकाउनुको मज्जा

एक अर्काको नाम लेख्दै हिड्यौ ढुंगा भरि
त्यहि बसेर आउथ्यो जुठो चखाउनुको मज्जा

कैयौ पटक भरे सिन्दुर बालुवामा खेल्दा
बेहुली बनि रुदा हुन्थ्यो हँसाउनुको मज्जा

हाम्रो माया साँची राख्न कैयौ पटक जादा
आनन्द ले लिन्थ्यौ मन्दिर धाउनुको मज्जा
#रामकृष्ण अनायास


गिति गजल 
तिमि गयौ पराईको डोली चढेर
 सिरमा रातो सिंदुरले सिउँदो भरेर 

जादा कस्ति भैछौ भनि हेर्छु भन्दा खेरि
 घुम्टोले मुख छोपि हिड्यौ पारि तरेर 

तड्पिएरै बसेकोछु तिमि गए देखि 
मनाएकी हौलि सुहाग सँगै बसेर

Thursday, December 1, 2016

गजल

पढाएरै ठुलो बनाउछु छोरो भन्थे,बा लाइ कहिल्यै टेरिएन
अगेनामा भात कुरेकै हुन्थिन, आमाको मन कहिल्यै फेरिएन ।

आँसु झारेरै रात कटाउथे ख्वाउथे आफु भोकै बसेर पनि
अहिले पछुताएर के गर्नु आमा बा को ममता कहिल्यै देखिएन ।

सधैं सपना बन्यौ हामि त्यसैले हाम्रै पछि लाग्नु हुन्थ्यो
तर म खुशि खोज्न अन्तै लागे काखमा कहिल्यै खेलिएन ।

जमनाले अन्धो बनाएर आधुनिकतामा डुब्दा सम्म
बा कै उमेरमा आउदा थाहा भो,बिचमा उठेर कहिल्यै हेरिएन ।

@ रामकृष्ण अनायास

गजल

भँवरा हरू बाटै फुलको जवानी लुटिन्छ
जल्दाजल्दै लाशको घाटबाटै खरानि लुटिन्छ

मेला गएकि आमा घर कहिल्यै नफर्के पछि
त्यो बालकको सुत्ने काख अनि शिरानि लुटिन्छ

परदेसिएको बावु पनि बाकसमा अचानक आउदा
बिचरा आफ्नो बावु आमाको निशानि मेटिन्छ

आफ्नै प्रेमिका सँग पिर व्यथा पोख्दा यहाँ
विहानि नहुदै दु:खको कहानि लुटिन्छ

@ रामकृष्ण अनायास

गजल

डाउछ कि त मेरै घरको धुरी डर छ मन भित्र
किन यसरी चलिरहेछ हुरी डर छ मन भित्र

मलाई ज्युदो लास बनाउनेकै माया मुटुमा
किन छ यसरी मुरी का मुरी डर छ मनभित्र

अब कहिल्यै नभेट्ने भनेर छुट्टिएका हरुलाइ
भेट्न कस्तो आतुरी डर छ मनभित्र

किन फ्यालिन जन्माएर आमाले मलाई नालिमा
कतै ठुलै थियो कि त मजबुरी डर छ मन भित्र


अचेल म बच्चाहरु रोएको आवाज सुन्दिन
साच्चै भएकी त निष्ठुरी डर छ मन भित्र।


@मुक्तक 
बितेका कुरा याद आउँछ ऎना हेर्यो भने
तब मात्र पूरा याद आउँछ ऎना हेर्यो भने।

खाली मात्र मेरो सिउदो बाकी थियो तिम्ले भर्न
सपना अधुरा याद आउँछ ऎना हेर्यो भने।

#नयन

Sunday, November 20, 2016

" नारी" मात्र पीडित छे वा पिडित हुन्छे भन्नू सरासर गलत हो।

मोहन रेग्मी सर,
 हुन त हजुरको बारेमा म ब्यतिगत रुपमा त्यति जानकार छैन।केहिदिन यता सामाजिक संजाल तथा नेपाली मिडियाहरुमा आइरहेको खबरहरु ......र कान्तिपुर टि भि को निकै चर्चित कार्यक्रम "सुमन संग" अन्तर्वार्ता मा हजुरको श्रीमती संग पत्रकार "सुमन खरेल" संग गरिएको कुराकानिको आधारमा केही लेख्न बाध्य भए । हाम्रो समाजमा " नारी" मात्र पीडित छे वा पिडित हुन्छे भन्नू सरासर गलत हो।कहि कतै हजुर पनि कंचन रेग्मी बाट पिडित हुनुभयो होला उहाका नराम्रा बानी र नराम्रा शब्दहरुले हजुरको मुटुलाइ पनि अस्थिर पारिदिए होला।हजुर को मान , इज्जत , प्रतिस्ठालाई धमिलाइ दियो होला।हजुरको ह्र्दयलाइ छिया छिया परिदियो होला।हजुरले आफुलाइ समाल्नै गाह्रो भो होला।तर.....त्यस्को बिकल्प एउटा महिलालाइ सडकमै छाडिदिनु,उस्को जिम्मेवारी नउठाइ टाढा भाग्नु,उस्को जिन्दगी लाई एक्लो बनाइदिनु मात्र थिएन होला नि???उहाको उपचार हुन सक्थो ।उहालाइ दुव्र्यसन बाट छुटाउने प्रयास हजुरबाट हुन सक्थो।त्यस्मा हजुरको पहुच पनि थियो।उहाँ संगै बस्न सकिने बाताबरण थिएन भने उहालाइ छुट्टै ठाउमा राख्ने ब्यवस्थापन गर्न सकिन्थो नि।सामाजिक संजालहरुमा यो खबर पनि आइ रहेको छ कि।कन्चन संग हजुरको छोडपत्र भैसकेको हो।र कंचनले आफ्नो अधिकार पनि पाइसकेकी हुन।सर हजुरलाइ एउटा प्रश्न छ सम्मानित अदालत ले हजुरको वैवाहित सम्बन्धलाइ बिच्छेद गरायो।तर सन्तान संगको आमाको सम्बन्ध लाई कुनैपनी देशको कानुन र अदालत ले बिच्छेद गराउन सक्दैन।एउटा आमालाइ आफ्ना सन्तानहरु बाट टाढा राख्ने भुल हजुर बाट भएकै हो।कमलको फुल हिलोमै फुलेको हुन्छ।हजुरका ती दुई सन्तानपनी तिनै हिलोमा फुलेको कमलको फुल हुन् ।कमललाइ अपनाउनेले हिलोलाइ यसरी बहिष्कार गर्न मिल्ला र सर???आमा जस्ती नै हुन आमा त आमा नै हुन्छन् ।आफ्नो सन्तान हरु आफ्नो मुटुबाट टाढा हुदा कुन आमाको मुटुको तार नचुडिएला र सर????हुन त सबै आमाहरुलाइ एउटै तराजुमा राखेर मुल्यांकन गर्न नमिल्ला तर आमाको ममता लाई त कुनै शब्द मुल्यांकन गर्न सर??? म एकछिन अन्तर्वार्ता तिर फर्किए।म पनि एउटा सर्जक हु।कंचन शर्माले आदरणीय रबि प्रान्जल दाजुको गजल लाई आफ्नो भनेर बाचन गरिरहदा मेरो मुटु चस्स दुखिरहेको थियो।अनि उहाले यो रचना बाचन अगि गरेको पीडा र दु:खको कुरालाइ निकै हल्का बनाइदियो।अरुको रचना लाई आफुले कोरेको भनेर बाचन गर्न ले जस्तो पनि कथा बुन्न सक्छ। :मेरो मनमा यो पर्न गयो।तर अन्तिम मा पत्रकार ले श्रीमान र छोराहरुलाइ के भन्नुहुन्छ ???भन्ने प्रश्न गर्दा , उहाको आखाबाट ओरालो लागेका आशुले फेरि एकपटक सोच्न बाध्य तुल्याएको थियो।यहानिर आदरणीय पत्रकार दाजुलाइ पनि एउटा अनुरोध यो छ कि ब्यती र विषय बस्तुको बारेमा गहन अध्यन नगरी कार्यक्रम सम्प्रेषण गर्न हतारीनु गल्ति त भएको हैन??? दीक्षा चापागाईं दिदी जस्ले कंचनलाई फोहरको थुप्रो बाट उठाएर साहारा दिनु भो नया जिन्दगी दिनु भो ।सर्बप्रथम त म नमन गर्न चाहान्नु उहाको त्यो कार्यलाइ।तर दिदि के हजुर को कुनै दाहित्वो थिएन?? कंचनको पृष्ठभुमि बुझेर तत्थ सत्य कुरालाइ मात्र मिडिया सम्म पुर्याउनु।मैले हजुर लाई त्यसैदिन फोन गरेर कंचन शर्मा को बारेमा बुझेको थिए ।उहाँ संग धेरै सिर्जनाहरु रहेको कुरा जानकारी गराउनु भएको थियो।र मैले हजुर लाई उहाको बारेमा के सोच्नु भएको छ ?? न्यान दिलाउने बारेमा भनेर सोध्धा सोच बनाउदै छु भन्नु भएको थियो।र मैले म पनि छु हजुर बाट पहल गरिनुपर्यो भनेको थिए।दिदी जति मिडिया र संचार माध्यम मा आए त्यस्मा कति सचाइ छ भन्ने कुरा हजुर लाई मात्र थाहा छ ।र हजुर को कर्तव्य पनि हो कि सत्य के हो सबै सामु पुर्याउनु ।मोहन सर हजुर गलत हुनु भो या गलत हुनुहुन्छ भन्ने अधिकार म संग छ छैन थाहा छैन।तर मैले कंचन शर्मा दूध ले नुहाएकी भन्न खोजेको पनि हैन ।एउटा घर बिग्रीनुमा जति हात महिलाको हुन्छ त्यतिनै पुरुष को पनि हुन्छ।अहिले पछिल्लो समय यहि कंचन शर्मा को विषयलाई लिएर हजुरलाइ समाजिक संजाल मा निकै सक्रिय पनि देखे ।यदि हजुर लाई आफू पीडित छु ।आफुमाथी पनि अन्याय भए जस्तो लाग्छ भने हजुरले पनि आफ्नोलागी लड्न सक्नु हुन्छ ।तर यो अब हजुरको घरको मात्र कुरा रहेन एउटा साझा विषय बनिसकेको छ ।त्यसैले हजुरले पनि मिडियामा सत्य तत्थ बोलिदिए हामी आभारी हुने थियौ।यदि उहाको आँसु र पिडाको ब्यापार गर्नकै लागि मात्र यसो गरिएको हो भने त्यो पनि पर्दाफास हुनु जरुरी छ।नारी भन्ने यति सवेदनशिल शब्द लाई यसरी प्रयोग गर्न कुनै मिडिया वा संघ सस्था लाई अधिकार छैन।अन्तिम मा हजुर लाई एउटा अनुरोध गर्न चाहान्छु यस्लाइ अझै ठूलो नबनाइयोस ।यो तपाईं बाट मात्र संम्भब देख्छु म।बाकी हजुर आफै जानकार हुनुहुन्छ।धन्यवाद ।।

 -नयन अधिकारी 
चावाहिल

Tuesday, October 4, 2016

गित


बिहानि ब्युझाउछु म

- माया गर्ने मुटु नै, चोरेर लान्छ्यौ भने
- म त मर्छु होला वियोगमा,छाडेर जान्छ्यौ भने
मेरो बिहानि कहिल्यै फर्किदैन फेरि प्रिया
कुनै दिन आउछु भन्दै कसम खान्छ्यौ भने
-
-
संझ प्रिया मेरो मुटु तिम्रै हातमा छ
नबिर्सनु'अनायास'कालो रातमा छ
-
-
कैयौ रातहरू मारेर बिहानि ब्युझाउछु म
उज्यालो नहोस् उनिसँगै सपनामा हराउछु म
-
-
सुन्छु मेरो मुटुको मोलमोलाइ गर्दै छौ'रे
बजारमा लिलाम गर्दै बोलबोलाइ गर्दै छौ'रे /

रामकृष्ण अनायास

🌹 गित २०७२/९/२६


के गरेर कटाइ हेलि ति मुनाले रातहरू

भुल गरे कि सहि गरे तिमिलाइ थाहा छ
सबै आफ्ना त्यागि यो मन तिमि तिरै आ'छ
सुरूमा त मैले तिमिलाइ वास्तै गरिन
जव मलाइ महसुस भो,मुटु बेचैन भा'छ /

जिवनमा आज सम्म धेरै गुमाइ सके
सँगै मर्छु तिमि भित्रै मुटु डुवाइ सके /

मन्दिरको दियो जस्तै यो मन बल्दा खेरि
लाग्थ्यो आउथ्यौ निभाउन मुटु जल्दा खेरि /

के गरेर कटाइ हेलि ति मुनाले रातहरू
ब्यर्थ थियो एकपल बिना मदनका साथहरू /

रामकृष्ण अनायास
 गित २०७२/९/२६

Thursday, September 22, 2016

गजल


कहिल्यै आउदैन गरिवलाई दशैं र तिहार पनि 
पाएनन् बरा सरकारको राहात आउने समाचार पनि

सिटामोल नपाएर कतिले जीवन गुमाउदा यहाँ 
सदनले सुनेन जनताको गुनासो बारम्बार पनि 

भोलिको देश हाँक्छु भन्दै पठशाला गएका बाबुनानि
तर्साइन्छ बम राखेर सहन्छन दुख अपरम्पार पनि 

अब जन्ताले क्रान्ति गर्नेछ सरकारका बिरुद्ध 
उत्रने छन् यस्तै हर्कत गरिरहे लगातार पनि 

आफ्नै सपनामा ज्युन बाध्य बनायो यो समयले
अचेल पैसामा बिकेपछि यो स्वार्थि संसार पनि 

रामकृष्ण अनायास

Friday, August 19, 2016

"युवाको लागि मन बिसाउने चौतारि हो मौनता "।

       
कृति समीक्षा
 पछिल्लो समय चितवन साहित्यमा निकै उर्बर भुमि बन्दै गैराखेको छ /हुन त यस अघि पनि चितवन साहित्यमा अगाडीनै थियो तर पछिल्लो समयमा चितवनका केहि धेरै साहित्यिक ब्यक्तित्व बिश्व साहित्यको धरातलमा पुगि सकेकोले यस मानेमा साहित्यिक भुमि चितवन पनि मान्न सकिन्छ / 
चितवनको साहित्यिक माटोमा यो समयमा पाठकको मन मस्तिष्क हल्लाउने खालको आख्यानहरु प्रकासित भै सकेर मदन पुरस्कार समेत हात पारेका छन् भने हालै मात्र प्रकासित भएको चितवनका कवि सुमन घिमिरेको आख्यान 'मौनताले' पाठकको मौनतालाई नै तोडिदिएको छ / 
         पहिले कविताका माध्यम बाट चितवनको उर्वर माटोमा जन्मिएका कवि सुमन घिमिरे हालै प्रकासित भएको उनकै आख्यान 'मौनता'ले सफल आख्यानकार का रुपमा देश भरि नै चिनाउन सफल भएको छ ।
 देशै भरि उपन्यास 'मौनता'को चर्चा चलि रहदा आफु 'मौनता'नपढी बस्नै सकिन आख्यान कार कै हात बाट 'मौनता' लिएपछि सरासर घरमा आएर 'मौनता'भित्र पस्न खोजे त्यहि रमाए,कतै रोए अनि कतै माया प्रेम,मिलन ,बोछोड़ र त्यो भन्दा पनि आख्यानमा सामाजिक बिषयवस्तु लाइ जीवन्तता का रुपमा उठाएको पाए / समाज भित्रको मानविय संवेदनालाई सचित्र उतार्ने प्रयास गरेको पनि पाए त्यो भन्दा पनि समाजकै कथा वस्तुको यौटा प्रतिविम्बको रुपमा लिए मैले /

 गोर्खा पब्लिकेसन ले प्रकासन गरेको 'मौनता'भित्र दुइ सय छब्बीस पेज रहेपनि कथा वस्तु निकै चाख लाग्दो भएकै कारण ले मलाइ छोटो झैँ लाग्नु स्वाभाविकै को तर उक्त आख्यान भित्र जे हुनु पर्ने हो त्यो सबै कुरा रहेको पनि छ / 
         आख्यानको सुरुवात फिल्मी तरिकाले सुरु भएको छ अर्पण लाइ मुख्य पत्रको रुपमा उभ्याएर आइ टि सम्बन्धि टेक्नोलोजीको ज्ञान बर्णन गरिएको छ अर्पण कै माध्यम बाट र समय पैसा र सम्बन्ध लाइ नचिनेर आफ्नै कारण ले आफै धोका खाएकी शिला पात्रलाइ सवाल र सक्षम बनाउन पनि उत्तिकै ठुलो भूमिका खेलेको छ भने विदेश मा रहेका आफ्ना पतिलाई भ्रममा राखेर आफु आख्यान मा खलनायक का रुपमा रहेको पात्र सुबिन संग आफ्नो यौवन धन सुम्पिएर धोका पाएकी निरु पात्रलाइ सुबिनको पन्जा बाट छुटाएर अफिसको सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्ने बनाउछ, त्यो भन्दा पनि आफ्नो गल्तिको बोध गर्न सक्ने सम्म बनाउछ ।           समाजमा धेरै थरिका मानिसहरु हुन्छन कोहि सेवामा बिलिन हुन्छन कोहि पैसा र समाजको भड्किलो बाटोमा हिड्ने जाँड,रक्सि खाएर परिवारलाई घर न घाट सम्म पुर्याउने पात्र हुन्छन त्यस्तै गरि यो आख्यान भित्र पनि यो कथालाई आख्यानकार ले रानी पात्र को घर लाइ समावेस गरेका छन् ।
 वास्तवमा यहाँनेर पनि आख्यानकारले वास्तविक कथालाई लिएर पाठकको मन तान्न्ना सफल बनेका छन्, जाँड,रक्सि,जुवाले सम्पति सकिएपछि पैसा संग छोरीलाई सम्झौता गर्ने पुरुष रहेको कुरा यथार्थ चित्रण पनि गरेका छन् / विदेशमा परेको बाध्यता रहर दुख र सुखले निम्त्याइएको दुख लाइ पनि चित्रण गरिएको छ भने कतै आख्यानकार ले पुरुस पात्रलाई ,महेस पात्रको रुपमा उभ्याएर ठुलो र महान बनाउन पनि खोजेका छन् ,उक्त पात्रको माध्यम बाट पुरुषलाइ धैर्यवान, सहनशिलता र साहासको प्रतिमूर्तिको रुपमा देखाएका छन् भने नारीले आफ्नो चरित्र आफै हत्या गर्न सक्छे त्यसमा समाज र कुनै पुरुषको दोष बिना नै आफु हदै सम्म पार गर्न सक्छे भन्ने सम्म पनि पाठक लाइ दिन खोजिएको छ,सो संगै नारिको मन कुनै दिन परिवर्तन हुन सक्छ गल्तिको महसुस गर्नसक्ने पनि हुन सक्छन भन्ने कुरा शिला पात्रा द्वारा दिन खोजिएको छ /
    आख्यान भित्र भिन्न भिन्न कथा वस्तु लाइ समेटिएको छ जहाँ नारीलाई कमजोस सम्झिएर फाइदा लिने पुरुषहरू पनि देखाइएको छ जहाँ नारीले चाहेको खण्डमा जस्तो सुकै सामाना गर्न सक्छे भन्ने कुरा लक्ष्मी पात्र द्वारा उठान गर्न पनि खोजीएको छ भने 'मौनता'भित्र पुरुस लाइ माथिनै राखेपनि पुरुषका कैयौ कमि कमजोरीलाइ पनि औल्याइएको छ / पुरुषले जस्तो सुकै अवस्थामा पनि आफ्नो जिम्मेवारी बहन गर्न सक्छ भन्ने कुरा आख्यानका पात्र महेस द्वारा पुस्टि गरेका छन् आख्यानमा जव कि नेपाल बाट आएकि एक्ली चेली सम्झेर आफु नखाएरै पढायो र,श्रीमती सम्म पनि स्वीकार्यो मान इज्जत,पैसा सबै कमाउने सम्म पनि बनाइ दिन्छ पछि उसै बार तिरस्कृत बन्छ ,पाखण्डी बन्छ घृणित बन्दा पनि छोराको भविस्य लाइ हेर्दै सम्बन्ध बिच्छेद हुदा सम्म शिलाको जीवन उकासिरहेको हुन्छ,।
 'मौनता'भित्रको प्रेम प्रसङ्गले आख्यानलाइ रोचकता बढाएको छ पाठकको मन तान्न सफल भएको छ / अर्पण र रानीको छुट्टिएको प्रेम कहानी पछि फेसबुक को माध्यम बाट समर्पण र मौनता लाइ जन्माएर संयोगवस भेट गराउछन / आख्यान बियोगात्मक रुपमा बिटमारेको भए त्यति रोचक नहुने थियो यो आख्यानकारको कला र चलाखीपन पनि हो अन्तिममा संयोगात्मक बनाउने,उहाँको कला लाइ मान्नै पर्छ,
 विदेशको कथा जोडीसकेपछि बिदेशमा नेपालि ले भोग्नु परेको पिंडाको थोरै प्रसङ्ग बढाएको भए विदेश प्रतिको मोह नेपालीको थोरै कम हुन्थ्यो कि भन्ने मात्र हो / 
आख्यानको सुरुमै अर्पण पात्रको माध्यम द्वारा बिदेशमा भन्दा स्वदेशमा धेरै राम्रो छ गर्न सके स्वदेशम केहि गर्न सकिन्छ भन्ने कुरा दर्साए पनि अन्त्यमा अर्पण र रानी लाइ आख्यानमा विदेश नै गएको देखाईदिदा अल्लि खल्लो महसुस भएको हो कि जस्तो पनि लाग्छ /
 बिदेशमा कैयौ नेपालि छन् जो सुखले भन्दा अभावले बाँचेको र नेपालि ले पाएको पिंडाहरु धेरै रहेको र विदेश भन्दा स्वदेश नै ठिक रहेको आफ्नो मातृभूमि प्यारो हुनेकुरा देखाएर रानी र अर्पण लाइ नेपालमै रोक्न सक्नु पर्थ्यो कि ! आख्यानमा नारीलाई निकै नै गिराएको देखिन्छ शिलापात्रका माध्यम द्वारा त्यो पनि अलिकति कम गरेको भए हुन्थ्यो कि भन्ने मात्र हो जे होस् गल्तिको महसुस भने गराएको छ आख्यान ले /

 वास्तवमा ''मौनता'निकै रोचक घतलाग्दो आख्यान छ समाजमा रहेका बिकृति,विदेशप्रतिको मोह बिदेशमा भोगेको जीवनशैली माया,प्रेम,मिलन ,बिछोडको आदि ब्याख्या गरिएको छ ।

 समाजको चित्रण हो मौनता।
 नारिको यथार्थ कथा हो मौनता ।
 पुरूषको दिइवटा रूपको खुलासा हो  मौनता  /
माया,प्रेम,मिलन,बिछोडमा युवाको मन बिसाउने चौतारि हो मौनता । 

यस्तै गरि "मौनता " निकै रहस्यमय तरिकाले सुरु भएर रहस्यमय तरिकाले नै अन्त्य भएको छ / यस हिसाबले 'मौनता'निकै सफल आख्यान मान्न सकिन्छ पहिलो आख्यान ले नै चर्चाको शिखरमा पुर्याउन सफल आख्यानकार सुमन घिमिरे ज्यु लाइ सफलताको सुभकामना दिन चाहन्छु /

 रामकृष्ण अनायास कविडाँडा
 Paudelramkrishna6@gmail.com

Tuesday, August 9, 2016

माटोमा सपनाहरू



कविता - 

टाँसिएको 
भित्तामा त्यो तस्विर
म निकालेर नियालि रहेछु

रहरलाइ कुल्चिएर बाध्यताले
झिनो आशा र सपनाका खातहरू
झोलामा त्यो तस्विर सँगै
यादहरू कैद गरि
म खाडिको तातो मरूभुमिमा आफ्ना सपनाहरू खोज्न
एउटा यस्तो यात्रा तय गरिरहेको छु ।

मैले शुरू गरेको आदिम यात्रा
यो बिन्दु सम्म आइपुग्दा
मेरो देशको हिमाल,पहाड र यो खाडिको
तातो बालुवा हुदै
बालुवाकै ठुला ठुला महलमा रोकिन्छ ।

लेक मुनि फुलेका सेता चैरि
दाँत देखाउदै हाँसेका 
हिमाल अनि मेरो देशको माटोमा
पसिनाका रंगहरूले रंगाउदै
आज
यो धंाजा फाटेको मरूभुमि टेक्दा
ह्रदय चर्चरी फाटेको छ
अनि मुटुका भित्ताहरू तरंगित हुदा
फनफनि शिर घुमेकोछ ।

हावाको बेगले वनाएको बालुवाको
त्यो पहाड माथिको घाम,जुन
हेर्दै उभिएको क्याक्टसको बुढो रूख झै
आज आफ्नै मृत्युको कल्पनामा मौन छु,

मेरो ह्रदयको कोशबाट
मैले देखेको सपना हराएको छ
मलाइ साहास दिइ आफ्नै खुट्टामा
उभ्याउने मेरा रहरहरू
बालुवासँगै
धुलोको बादलमा बिलिन हुदा
आफै रूमलिई रहेको छु ।

हिड्ने बेला मेरि आमाको आशिर्वाद 
र आँखाको डिलबाटबर्षेको आँसुको लागि 
बाँच्नु पर्छ म

हो बाँच्नु छ
मैले असंख्या रहरभित्र
हराएको उधेश्य खोज्न
निर्लिप्त सुतेका समतल भूमिमा
चिहाएर जुनको उज्यालोमा
जिन्दगी खोज्नुपर्छ म ।

हरेक बिहान
तातो बालुवामा न्यानो स्पर्श दिएर विउँझाउने मनमायाका यादहरू
अव मेरो शरिरमा धमनि र शिराहरू बाट
एउटा उर्जा दिने छ
हावाको वेग सँगै सपनाहरू उमारेर
मरूभुमिमा क्याक्टसमा फल फलाउने
आकाङ्क्षा बोकेर म जस्तै खाडि आउने युवाहरूलाई
रोक्ने छु ।
फर्क 
उठाउ खिया लागेका औजार अनि
रोप आफ्नै माटोमा सपनाहरू
पगाल परिश्रमले ती हिमालहरू
अनि उज्यालो पार धर्ती
खर्कमा चौरी पर्खिरहेका छन्
बेसिमा लहलह फलहरू झुलिरहेका छन्
मैले त अठोट गरिसकेँ 
छिट्टै आउदैछु आमा । 

रामकृष्ण अनायास 
कविडाँडा

Thursday, August 4, 2016

गजल


न्छिन लिलाम गर्छु राम्रो भाउ मिल्यो भने
मासिक आए राम्रै हुन्छ दाउ मिल्यो भने

व्यापार निकै फस्टाएको छ अचेल उन्को
ग्राहक थप्छु भन्थिन् नया ठाउँ मिल्यो भने

कैयौ टुहुरा भेटिन्छन् म जस्तै यो सडकमा
भन्थिन् आमाको ठेगाना सोध्छु बाउ मिल्यो भने

बाध्यता आफैलाइ बेच्नु पर्छ यो समाजमा
जहाँ दुख्छ त्यहि घोच्छन् घाउ मिल्यो भने

जिउन मुस्किल छ यो शहरमा नारि भएकै कारण
सारा धन्दा छाडि जान्छु आफ्नै गाउ मिल्यो भने

रामकृष्ण अनायास

Wednesday, August 3, 2016

मुक्तक


लाग्छ भगवान पनि मेरो खिलावमा छन्
सयौ मान्छोको गुनासो ले आफै बिलावमा छन्
वाक्क छन् उनि पनि यहाँको परिस्थिति देखेर
सुन्छु अचेल सिँहदरवारतिरै मेलमिलावमा छन्


रामकृष्ण अनायास

प्यारि उता एक्लै छन्


मेला ,पर्म ,लेक बेशि बार्ह्रै यामहरूमा
आमाको जीन्दगी बित्यो चैते घामहरूमा

यो छोरो प्रदेशिएको कैयौ बर्ष बित्दा पनि
बा आमाको माया सधै खोज्छु चिठि खामहरूमा

प्यारि उता एक्लै छन् जमना ठिक छैन रे
इमान हराएको छ भन्छन् कलियुगका रामहरूमा

मरूभुमि तात्दा बाँच्न उन्को याद छ र नत्र
मेरो पनि शरिर पर्थ्यो ति बाकसका लामहरूमा

रामकृष्ण अनायास

गजल

समयले रातारात महलमै पुर्याउछ फकिर लाइ पनि
कमाउछन् रमाउछन् सडकमै पुर्याएको देख्छु अमिर लाइ पनि


बा आमाको सम्पत्ति देखाएर साहुको पैसामा मोज गर्दा
जव लगान भर्न थाल्छ दोष देखाउछ आफ्नै तक्दिर लाइ पनि


दुध चढाउदैमा भगवानले कहाँ तथास्तु भन्थे र बरा !
तव गालि गर्न थाल्छ मान्छे मुर्ति अनि मन्दिर लाइ पनि


उस्ले कहिल्यै सोचेन भोलिको दिन उदाउछ भनेर
देख्ने कोशिस नै गरेन आफ्नै अगाडिको मन्जिल लाइ पनि


रामकृष्ण अनायास

Friday, July 29, 2016

गजल

तिम्रै वरिपरि हेर बग्दो बतासमा छु
जुन अनि तारालाइ सोध निलो आकाशमा छु

मेरो याद जतिबेला आउने छ तिमिलाइ
बोलाउनु तिम्रै आँखा नजिक आसपासमा छु


तिमि छट्पटि भै आत्तिएको सधै देख्दा
लाग्छ धड्कन अनि तिम्ले फेर्ने हर सासमा छु

कुनै दिन हामि दुइ जुनतारा बनि उदाउने छौ
त्यसै दिन दुइमुटु एउटै हुने आशमा छु

रामकृष्ण अनायास

गजल

हिले भुकम्प त कहिले भेल पसेर
जन्ता मरेका छन् सरकार ओझेल बसेर

बिचरा वालकहरू आमाको काख खोसिदा
हेरिरहेका थिए पुरिएको , पहाड खसेर


सिँहदरबार दिनरात मोटाउदै जाने हो भने
जन्ता आफै उठ्ने छन् एकदिन कम्मर कसेर

पैसाले भोट बिग्दैन बुझ्नुपर्ने थियो उसले
सोचेन पठाउछन् गाउँलेले उल्टै खरानि घसेर

रामकृष्ण अनायास

Sunday, March 20, 2016

गजल


यहाँ गरिवको कहिल्यै पसिनाको भाउ हुदैन
वेइमानको शहरमा इमान्दारिलाइ ठाउ हुदैन

सधै अस्मिता लुटिएका खबरले अखबार भरिन्छ
देशलाइ बलि दिने सज्जनको कतै नाउ हुदैन

यहाँ कैयौ रात नसुति भोकै मर्ने हरूपनि छन्
विचरा । ति नानि वाबुका आमा कोहि बाउ हुदैन

नागरिकता दिनपनि घुस माग्ने सरकारले
भन्छ गरीबको लेख्ने स्थाइ गाउ हुदैन

रामकृष्ण अनायास

गजल


उस्ले यसरि प्रेम प्रस्ताव राखेर गइ
केहि दिन बिचार गर्छु भन्दै चाखेर गइ

तिमिले संम्झियौ भने मुटु पठाइदिनेछु भन्थि
आज सम्म बिर्सेकै छैन थाहा भो गफ हाँकेर गइ

यो "रामु"आजसम्म कसैको भरमै पर्थेन
कस्तो भ्रममा पारि छ जानेबेला हाँसेर गइ

म कैयौ रात सोचेर बसे हाम्रो बिचमा के थियो
निष्कर्ष केहि निकाल्नै सकिन कस्तो नाता गाँसेर गइ

अचेल यहि हल्लाले बजार निकै तातेको छ'रे
अचम्म आफ्नै हराएको सुचना आफै टाँसेर गइ

रामकृष्ण अनायास

गजल


कैयौ बर्ष यता भोकै छ कर्णालि नुन नपाएर
छाड्छु भन्छ सरकार एकबर्षमा गरिवि घटाएर

जनता अध्यारोमा ज्युन बाध्य बनेका छन्
केहि दिनमै चमत्कार गर्छु भन्छ लोडसेडिड हटाएर

देश ठप्प भइ कालो बजारी यसरि मौलाउदा
सदनमा सफल घोषणा गर्छ सरकार सय दिन कटाएर

अचेल सुरक्षित छैनन् चेलिहरू आफन्त बाटै
कतिन्जेल गुजरा चल्छ र हिड्न नचाहेर

रामकृष्ण अनायास

गजल


कुनै दिन तिमिले मेरो प्रेम पत्र जलायौ भने
मौलाउनेछ तुलसिको बोटमा खरानि खनायौ भने

सोच्ने छु मेरो प्रेम सफल भएछ भनेर
अमर हुनेछ प्रेम केहि फल फलायौ भने

जव सम्म तिमि मनमा रहिरहने छौ
तव आस मर्नेछु त्यो निशानि ढलायौ भने

नछोड यसैगरि प्रेम पत्र जलाउन मेरो
ओइलाउने छ त्यो बोट फेरि हात कमायौ भने

रामकृष्ण अनायास

गजल

सरकार हेर्दै छ जन्तालाइ अभाव देखाएर
सत्ता टिकाउनु छ भन्छ जवाफ देखाएर

अनेकौ सपना देखाउछन् झुपडीका जन्तालाइ
अनि चुनाव जित्नेछन् कैयौ प्रभाव देखाएर

तस्करहरू यसरि बावुनानिको प्रयोग गरिरहेका छन्
अवैध धन्दा गराउछन् हातमा किताव देखाएर

ओत बस्ने खरको छानो एक छाक जनताको
खाने गासमा लगाउदै कर लिन्छ दवाब देखाएर

रामकृष्ण अनायास

क्रान्तिकारि मनमाया

हिजो आमाहरू अध्यारो कुवाँ बाट
चिहाउदै मनमनै कल्पना गर्थे होलान्
यो जंजिरले बाधेको संस्कार
निरंकुसताको शासन भित्र
कतिन्जेल सिमित रहला

परम्मरा र धर्मको नाममा लादिएका मेरी आमाहरू
शिरै माथिको तातो घामले डामेर
चैतको सुख्खा खडेरि को जमिन जस्तो
चरचर सुकेको मुखमा
अर्ग्यानिक झोलमा मात्तिएका बाबुहरूको
आफ्नै स्वतन्त्र लाइ कुल्चिएका
पाउ भिजेको
पानिले मुख भिजाउदा
सन्तुष्टिको भन्दा मुक्तिको
महसुस गर्थे।

मेरी आमाहरू जसरी
कुँजिएका थिए
छट्पटाइ रहेका थिए
कालो च्यादरले ढाकिएको अन्धकार भित्र
जसरि
निसास्सिरहेका थिए

म मेरि मनमायालाइ भन्ने छु
किताब भित्र लेखिएका स्वतन्त्रता र
नारिका हकका मन्त्रहरू
पढेर नबस


उठ अनि भत्काउ
ति नारिका नाममा लगाइएका बारहरू
च्यात ति काला च्यादरहरू
उठाउ रातो झन्डा
अनि गर बिजयको शंखघोष

हिजो हाम्रि आमाहरू
जुन
हैकमि आदेश भित्र पेलिएर
आफ्ना ईच्छा चाहनालाइ
मन भित्रै कुन्ठाएर पाल्नु परेको थियो

धर्मको नाममा नारिलाइ बन्देज बनाएर
जौ,तिल सँगै अग्नि कुण्डमा होमेर
तातो रापमा आगो ताप्ने हरू
शासक र सामन्ति हरूको
मगज परिवर्तन गर्न
आज तिमिले क्रान्ति गर्न
जरूरि छ मनमाया

हो मनमाया
तिमिले नया ईतिहाँस कोर्नु छ
सदियौ देखि
दबिएर बस्न अभिशप्त मेरि आमाहरूका
ईच्छा,आकाङछा पुरा गर्न
जुन अभिभारा तिमिलाइ सुम्पेको छु
त्यो समाजका कैयौ छोरिहरूको
उन्मुक्तिको बाटो बन्नेछ

भोलि बन्ने कैयौ आमाहरू
त्यो स्वतन्त्रताको फराकिलो आकाश हुदै
बन्द रहेको क्षितिज
उघार्न जानेछन्
इतिहाँसको पानाभरि
ठुला अक्षरमा तिम्रो नाम रहिरहनेछ
क्रान्तिकारि मनमाया


रामकृष्ण अनायास 

तस्बिर - @copyrite

Wednesday, January 6, 2016

साइबर युग र प्रेम


कविता
तिमि र म त्यतिबेला पुग्थ्यौ
जतिबेला घाम डुबुल्की मारेर
नदिबाट बाहिर निस्किए जस्तो देखिन्थ्यो
जसरि यौवनले भरिएकी युवती
पानीले भिजेको जिउमा टाँसिएका कपडाले
सरिरलाइ देखाएको सुन्दरता र
धर्ति एउटै देखिए झैँ लाग्छ /
आज पनि उही किनार उही बालुवा
अनि हाम्रो प्रेमको महल बनाएर
भत्काउनु थियो
कुनै अपसोच थिएन
जति बालुवाको महल भत्कन्थे
त्यतिनै हाम्रो प्रेमका जराहरु
हृदएमा तरंगित हुदै फैलान्थ्यो,


उत्तर तिर उभिएका कुमारी हिमालहरु
एक टकले हेरिरहदा
हाम्रो प्रेमले पग्लिन्थे
हाम्रो मनमा उठेका खुशीका उभार हरुले
नदीमा जसरि उर्लिएका छालहरुले
हाम्रो महल भत्काउथ्यो त्यसै गरि
हामि बिचको बारहरु भत्काएर
एक अर्कामा प्रवेस गर्थ्यौ
घाम पनि लजाएर ओजेल पर्थ्यो,

मनमाया तिमीलाई थाहा छ ?
अचेल साइबरमै
नदि,नाला,किनार
अनि
बालुवाकै घर बनाएर
प्रेम गरिन्छ अरे नि ! 

"मनमाया प्रति प्रश्न गर्छिन "

के हाम्रो जस्तो प्रेम पनि साइबरमा गरिन्छ ?
हो मनमाया,
तिमीले मलाइ र मैले तिमीलाई
ह्रदयको अन्तरात्मा बाट आएको
शक्तिबाट प्रेम गरिन्छ
तर,
त्यहाँ गुगलले दिएको शक्तिबाट
प्रेम गरिन्छ,
उनीहरु शारीरका रंग संग खेल्छन्
हामि अन्तरआत्मा बाट निस्केको
मिठो संगीत संग खेल्छौ/

हो मनमाया साइबर युगको प्रेम

तिम्रो हाम्रो युगको प्रेम
खोलाका किनार जस्तै कहिल्यै मिल्दैनन्
हाम्रो प्रेम अजम्बरी बलिरहन्छ
तर साइबर युगको प्रेम 
बत्ति गएपछि चारैतिर अध्यारो छाउछ
अनि समाप्त हुन्छ /

हाम्रो प्रेमको सुगन्धले धर्तिनै
मगमगाउछ
साइबर युगको प्रेममा
अत्तरको कृतिम बासनाले
सबैलाई एलर्जी गराउछ मनमाया /

त्यसैले
मेरो देशको माटो
यी हिमाल,पहाड,खोला,नाला संगै
लुटपुटिदै लुकामारी खेल्दै
जव प्रेमको बिउ उमारिन्छ
भोलि त्यै हाम्रो साँचो प्रेमको साँची हुनेछ मनमाया /

रामकृष्ण अनायास
कविडाँडा









शिर्षक - बैठक

कविता 
शानदार होटल भित्र 
पशु अधिकारबादि हरूको
एक भब्य मिटिड• हुदैछ 

वेटर ले अर्डर लिन्छ,
 कसैले चिकन,मटम कसैले
 बफ आइटमको अर्डर गर्छन्

 बिचैमै एक जना भद्र उठेर 
भन्छन्
 "पशुको हत्या गर्नु अपराध हो" 
ठुला ठुला बिचारहरू प्रस्तुत हुन्छन्
 चिसो लागेको गुनासो पोख्दै
 फेरि अर्का व्यक्तिले
 वेटरसँग बफ सुप माग्छन्
 सँगै माग्छन् टाउको फ्राई

 बहस जारिनै छ
 प्रस्तावहरु आउछन्
 १ साइकलमा उधोमुन्टो लगाएर कुखुरा बोक्न बन्द गर्नु पर्छ /
 २ राँगा गोरू बाट चल्ने बयल गाडा बन्द गर्नु पर्छ  / 
३ अव दशैं तिहारमा हुने काटमार रोक्नु पर्छ । 
उक्त प्रस्ताव उपर छलफल गरी
 निम्न कार्यहरू गर्न गराउन बन्द गर्ने 
निर्णय गरियो । 

रामकृष्ण अनायास

शिर्षक - आमा

कविता

बिहानै देखि गुँड छाडेर 
अग्लो डाँडाले सुर्यका किरणलाई
ओझेलमा नपार्दै
भुर्र गर्दै चुच्चोमा च्यापेर
चारो ल्याइ बचेरालाइ पालै पालो ख्वाएको
म नियाली रहदा
मेरी आमाको जुनको उज्यालोमा
परेको मधुरो छाया देख्छु
यस्तै
धेरै दिनहरु मारिसकेको छु मैले
भर्खर पिठ्युमा बोकेर फ्याकिएको
गरुङ्गो डोको
जसरि आमाले पिठ्युमा अडाउनु भएको थियो
त्यसैगरी
गलेर लाल्याङ लुलूङ भएको शारीर
थचक्क बस्दै गर्दा
आमालाई आढ़ दिएको छ /

भोकले खुम्चिएको मुख र
बटारिएको पेट हातले समात्दै 
म आमाको पसिना अर्को हातले पुछ्दै
आमाको भोक र पिंडाको कल्पना गर्दै
लुत्रुक्क काखमा निदाउछु /

जसरि कालो बादलले पानि बोकेर हिडछ
जसरि पृथ्बीले हजारौ भारहरु थाम्छ
त्यसरीनै मेरा लागि सपना र
नौ महिनाको भार थाम्नु भएको छ /

म सोच्ने गर्छु त्यो आमाले पिस्ने गरेको जाँतो
जसरि घोटिएर पातलो भएको छ
आमा पनि त्यसैगरी खिइनु भएको भए
अस्तिनै सकिनु हुन्थ्यो /

एक सरो लगाएर आधा गासले
दिनभरी पसिना चुहाउदै
पट्पटि फुटेको बाँझो गरामा
पसिनाले भिजाएर दिनहु सपनाहरु फलाउनु हुन्छ /

समुन्द्रको गहिराइ र पहाडको उचाइ
पनि कम लाग्छ
तर मेरी आमाको मन
त्य भन्दा कैयौ दोब्बर छ
आधा गुन्यो च्यातेर मलाइ भोटो
बनाइ दिदा म खुशीले बुरुक्क उफ्रदै
जुन टिप्न खोज्थे /

काँडाले घोचेर रक्ताम्य हुदापनि
औसेलु र कटुस
मेला बाट फर्किदा कहिल्यै छुटाउनु भएन /

बलेसीमा तप्किएको पानीको मिठो आवाज
र नारायणी सुस्काउदाको मधुर संगीत ले
आफ्नै मनलाई आनन्द तुल्याउदै
कैयौ रात जीवनका कथा सुनाउनु भएको छ /

गुराँस र लालुपाते ढकमक फुलेर
पहाड ढाक्दा पनि
आमाको अनुहारमा रातो,पहेलो हरियो
कुनै रंगका फुलहरु फुलेनन्

बर्षौ पिच्छे बिरुवाले पालुवा फेरिपनि
आमाको जीवनमा सुखका बिहान कहिल्यै पलाएनन् /

आमा बाह्र बर्षमा खोला फर्किन्छ
कुनै दिन हजुरले भन्नु भएको थियो
म त्यहि दिन को प्रतिक्षामा छु
तपाइँका रगताम्मे पैतालाले पखालिएका
ढुंगा हरुले छानो भएको घर बनाउछु /

हो म
तपाईको मनमा निभेको दियो
बालेर यो संसारलाई तपाइको उज्यालोले
नया बिहानी बनेर ब्युताउने छु
आशाका पालुवाहरु पलाउने छन्
मन भित्र गुराँस र लालुपाते फुल्नेछन्

ति सुन्दर सपनाका फुलहरुले
जीवन रंगाउने छ,
म सधै हजुरको गुन्युले सिएको भोटो
सिरानीमा राखेर मेरा सन्ततिको
सुन्दर भबिष्यको कल्पना गर्ने छु /
रामकृष्ण अनायास
कविडाँडा

सल्लाह सुझावको अपेक्षा राख्दछु