Wednesday, February 25, 2015

मुक्तक ,

याद आउछ उनको अनि सताउछ,हरपल
तस्बिर हेर्छु एकै छिन मेटाउछ तलतल
कस्तो रोग हो यो जताततै तिमिनै देक्छु
जागिर नै जाने प्रिय फोन नगर है पलपल /

मुक्तक ,

आउँछन सुटुक्क माया लगाउछन् जान्छन
रातमै निशानी छाडेर फकाउछन् जान्छन /
भन्दै थ्यो फकाउनु अगाडी म तिम्रै हो भनेर
काम कुरा सकिए पछि छकाउछन् जान्छन /
''अनायास''

सवाल

याद दिलायौ मन्दिर देखाएर पिरती साटेका कुरा
कसैलाई नभन्नु भनेकी थियौ दुवैले हात काटेका कुरा /

हिजो तिम्रो र मेरो पुतलीको बिहे गराएका थियौ
सम्झन्छु तिम्रो सिउदो बालुवाले भर्न आँटेका कुरा /

कहिले पिरतीमा दुब्थ्यौ अनि हराउथ्यौ आफै भित्र
अचेल आँखामा घुमिरहन्छ त्यति बेला मातेका कुरा /

घन्टौ पर्खिन्थ्यौ नारायणी किनारमा भेटहुदा ठुस्स पर्थ्यौ
कत्ति सम्झन्छु आज तिमीलाई फकाउन ढाँटेका कुरा /

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज,भरतपुर

सल्लाह सुझावको अपेक्षा राख्दछु