Friday, May 31, 2013

मेरो चिता फुलै फुलले सजिएको हुदाखेरि


मेरो चिता फुलै फुलले सजिएको हुदाखेरि
सबका आँखा रसाउँदाहुन मेरी उनि रुदाखेरि /

मेरो प्राण मेरो भाग्य तिमिनै हौ भन्दा भन्दै
भक्कानिदै ढल्छिंन होला शिरको सिन्दुर धुदाखेरी /

घरको माया हाम्रो खुशी,उन्को काखमा बस्दा आखिर
भन्थे दैब डराउँदोहो मलाई आई छुदाखेरी /


रामकृष्ण पौडेल ''अनायास''
गज़लकुञ्ज,चितवन

सल्लाह सुझावको अपेक्षा राख्दछु