Thursday, May 23, 2013

बुद्ध भारतलाई बेच्दैछन् /



रामकृष्ण पौडेल "अनायास"

सरकार ढाल्न सडकमा राँके जुलुस बाल्दैछन् रे
बिपक्षिदल मिल्दै आखिर शासन सत्ता ढाल्दैछन् रे ।

जुन जोगी आएपनी सबै उस्तै बस्त्र भिरि
जन्ता मारी आफ्नै झोली भोर्ने चाल चाल्दैछन् रे ।

पुर्व सिता पश्चिम बुद्ध भारतलाई बेच्दै आखिर
आफ्नो ईज्जत धोति टोपी बिदेशीलाई फाल्दैछन् रे ।

कति का काख रित्याईदिए उजाडपारे बस्ति सारा
लाज नभै गाउँ आउने अभियान थाल्दैछन् रे ।


गजलकुन्ज,भरतपुर

अलि वर सर प्रीय

अनिता साँखी

उति पर किन बस्छौ अलि वर सर प्रीय
यो जवानि तिम्रै हो जे जे गर्छौ गर प्रीय

          डुब्न देउ घाम पर्न देउ रात
रित्तै छन बोतल अनि गिलास पनि भर प्रीय

खानि पिउनि मस्ति गर्नि यहि नै हो बेला
मरी जाने जिन्दगी हो लानु के नै छर प्रीय

भरतपुरको ठिटो तिमि नवलपुरमा म छु एक्लै
कावासोति आउदा खेरी रजहरमै झर प्रीय

तस्बिर मात्रै हेर्थे संधै सपनिमा देखे हिजो
भन्दै थियो ढुक्क होउ येहि ज्यानको भर पर प्रीय



देवचुली कलेज
रजहर-१, नवलपरासी

सल्लाह सुझावको अपेक्षा राख्दछु