Tuesday, April 9, 2013

गजलका थुँगाहरु भाग–४


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU 
"अर्जुन पौडेलको परिकल्पनामा" 
गजलका थुँगाहरु श्रृंखला -4
कार्यक्रम प्रस्तोता दोय : 
रामकृष्ण अनायास र फुच्ची जमुना 
मिति : (2069-12-28)
नमस्कार साथीहरु, आज मिति 2069-12-28 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।  
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।



तिम्ले घुम्टो ओढ्दा खेरी

*** गजल ***

तिम्रो बिहे मेरो मरण छिट्टै हेर्ने तयारि छ 
तिम्लाई जन्ति मलामीले मलाई घेर्ने तयारि छ ।

सिरमा सिँन्दुर रातो साडी तिम्ले घुम्टो ओढ्दा खेरी
मोठमा राखि मलाई सेतो, बस्त्र फेर्ने तयारि छ ।

सुन चाँदी फूलमालाले तिम्रो डोली रंगाउदा
रामनामी ले अब मेरै शरिर बेर्ने तयारि छ ।

नौमतिमा सजाएर पराईले लादा उता 
शंख फुक्दै यता आखिर बाटो केर्ने तयारि छ ।

रामकृष्ण पौडेल "अनयास"
गजलकुन्ज ,भरतपुर चितवन

सल्लाह सुझावको अपेक्षा राख्दछु