Wednesday, June 4, 2014

मुना र मदन

सवाल

यस्तो बस्ति बसाउँ 'मञ्जु'जहाँ चमत्कार होस्
केवल त्यहाँ तिम्रो र मेरो छुट्टै संसार होस्

खालि पेट भरिन्छ चोखो माया साटियो भने
प्रेममा दुई चिज बिस्वाश र ईमान्दार होस्

चकित पर्ने छन मुना र मदन पनि अब
भन्ने छन् हाम्रो देखेर यस्तो पो प्यार होस्

हाम्रो आँखा बाट विश्वा देखाउनु छ अब
केहि गर्नु पर्छ भन्ने सबैको विचार होस्

नजर पक्कै लागेको होला


रामकृष्ण पौडेल ''अनायास''

मलाई मेरा यारहरु ले सोधिरहेका छन् सानु
तिम्रो र मेरो सम्बन्ध खोजिरहेका छन् सानु

समाजलाई यस्तो उत्तर दिनुछ अब कोहिबोल्न सक्ने छैनन्
ठुलै अपराध गरिस भन्दै दोषीरहेका छन् सानु

कोहि गाउँनै छाड् भन्दै थिए कि त भित्त्त्रा भन्दै थिए
निर्णय सुनाईदेउ तिम्ले एउटा रोजीरहेका छन् सानु
यो पबित्र मायामा नजर पक्कै लागेको होला
आफु जलेर हाम्लाई आगो झोसीरहे छन् सानु

सत्यले सधै जित्नेछ त्यसैले ढुक्क थिए म त
ईत्यालु हरुले आज खुट्टा ढोगीरहे छन् सानु 

सल्लाह सुझावको अपेक्षा राख्दछु