Friday, June 14, 2013

दिन्न झुटो संसार अब

गज़लकुञ्ज

सक्दिन म सुन चाँदीले भोरिएको डोली ल्याउन
माया दिन्छु नभन है टल्किने त्यो चोली ल्याउन

मन मुटु दिन सक्छु दिन्न झुटो संसार अब
माया भोर्न तयार छु खाली झोली ल्याउन

आदि गास बस्ने झुप्रो जसो तसो जोडौला भो
आतुर छु म सिउदो भर्ने सिन्दुरको होलि ल्याउन


रामकृष्ण पौडेल ''अनायास ''

बिदेशको मरुभुमि प्यारो मान्छन् युवा

मुक्तक

पुरुषले नि डोको नाम्लो बोक्नु पर्छ अब
बाँझो खेतको डल्ला फुटाई जोत्नु पर्छ अब ।

बिदेशको मरुभुमि प्यारो मान्छन् युवा
पौरखी ति पाईला देशमै, रोक्नु पर्छ अब ।

अनायासका पानाहरु

चिनाहराएको मान्छे

मुक्तक

हरिलाई छाडि मिरालाई मात्र कालले बोलायो
हरिको बियोक देखेरपछि त्यो दैब टोलायो ।
मुना र मदन बिर्सेथ्यौ आखिर यो जोडि देख्दा त
बिछोड भा'को सपना होकि बिपना होला यो ।

के उ मरेकै होला ?

मुक्तक

के उ मरेकै होला ?
कि त शहर छोडेकै होला ।
रिसाउथ्यो सँगै हुदापनि
पक्कै संम्बन्ध तोडेकै होला ।
अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु