Saturday, May 31, 2014

दिक्क छन् जनता यो सरकार देखेर

गजल

दिक्क छन् जनता यो सरकार देखेर
हाँस्नै छाडे अभिनय हरवार देखेर /

नुन र सुनको मूल्य बराबर बनेपछि
जो कोहि रुन्छन् आफ्नै घरवार देखेर /

होसियार हुनुपर्छ आज सत्तामा पुग्नेहरु
जन्ता डराएका थिए हिजो तरवार देखेर /
राजा हटेपछी नेतालाई दशैँ आएको छ
सपना देख्न थालेकाछन् खालि दरवार देखेर /

रामकृष्ण पौडेल''अनायास''
गजलकुञ्ज

सल्लाह सुझावको अपेक्षा राख्दछु