Saturday, September 15, 2012

उनले छाडिन् र त के भो



उनले छाडिन् के भो, तिम्ले साथ दिन्छ्यौ भने
भित्रै पसी मुटु रेटिन्, आउछु आज सिउँछ्यौ भने

गन्तव्य हिन यात्रा मेरो साहरा बिना भएपछि
बाच्नलाई मायाको भीक, देऊ यो मन चिन्छ्यौ भने

वाचा वन्धन कसैलाई सदाबाहार गीत रैछ
त्यसैले तोडी आएँ तिमी साथमा हिडद्यौ भने

अँञ्जुलीमा प्रेम पुष्प चढाउदा फालिन् उन्ले
सम्हालेर ल्याएको छु दिन्छु तिम्ले लिन्छ्यौ भने

चोखो तिम्रो त्यो जोवनी मलाई अब सुम्पे हुन्छ
प्यास लाग्दा पिलाउछु प्रेम पिउस पिउँछ्यौ भने

रामकृष्ण पौडेलअनयाँस

तीज मनाईन्छ

अर्जुन पौडेल, पोखरा

अव उत्ताउलो प्रवृत्ति छाएरै तीज मनाईन्छ
डिस्कोमा वियरसँग दर खाएरै तीज मनाईन्छ

सधैभरी चुलाचौका कति गरौं हजुर मेलापात
भैसी वेचीवेची ज्वलर्स धाएरै तीज मनाईन्छ

पवित्र जन्मथलो माईती गाउँ आँगन भुलीकन
पार्टी प्यालेस जताततै आएरै तीज मनाईन्छ

ईज्जत ढाक्ने पहिरन गुन्यू चौबन्दी फाली
नाईटो देखाउने साडी लाएरै तिज मनाईन्छ

आफ्नै संस्कृती अनी रितीरिवाज सबै भुली
पुरुषका रत्यौली भाखा गाएरै तीज मनाईन्छ

साहु



नउदाउँदै घाम बिहान खाता बोकी आउँछ साहु
गैरी खेत लैनो भैँसी महंगो ब्याज लाउँछ साहु

बाँच्नै गाह्रो के गरौ खै, बन्दकी नै राखे धितो
झिसमिसेमै सानो झुप्रो असुल्नलाई धाउँछ साहु

कस्तो दिन जन्म दियौ काल पनि आउदैन खैँ
मरिमेट्ने हामी अनि, हाम्रौ कमाई पाउँछ साहु

हातमुख जोर्ने एक गास, बास नभई मर्दा पनि
मोरे पाउँथे जाए जेथा, भन्दै आज रमाउँछ साहु

कति दुःख दिन्छौ प्रभु अभागि लाई अघिपछि
थप्नु पर्छ ऋण मर्दा, अझै धेरै कमाउँछ साहु


रामकृष्ण पौडेलअनयाँस
भरतपुर - १३, चितवन


सीमान्त सपना (कविता सङ्ग्रह) ( कृति समीक्षा)

 – अरुणबहादुर खत्री “नदी”
दिनेश अधिकारी नेपाली कविता काव्य क्षेत्रमा चर्चित नाम गरेका व्यक्ति हुन् । २०३७ सालमा अन्तरका छिटाहरु –कविता सङ्ग्रह) पहिलो कृति लिएर साहित्याकाशमा उदाएका अधिकारीको निरन्तर सक्रियताले सीमान्त सपना नामक कविता सङ्ग्रह २०६७ सालमा साझा प्रकाशनले प्रकाशित गरेको छ । यस कृतिभित्र भोक, निलो बह, तिमी को हौ ? लिजा म असाध्यै डरपोक छु, खै के भएको हो यो समयलाई ? लगायत विभिन्न शीर्षकका ५१ वटा कविताहरु राखिएका छन् । यस सङ्ग्रहभित्रकोे भोक शीर्षकको पहिला कवितामा म त भोक खप्न नसकेपछि आफ्नै शरीरको मासु लुछेर आफ्नो भोक मार्ने भैरवलाई पूजा गर्ने मान्छे भनिएको छ । नीलो बह शीर्षकको कवितामा देश, झण्डा, कानुन र सरकार एउटै हो भन्नुहुन्छ तर हामी आकाश–पाताल जस्तै फरक छौं भनिएको छ । खै के भएको हो यो समयलाई ? शीर्षकको कवितामा अखबार मेरो अगाडि छ र म भने धेरै बेरदेखि टिपूँ कि नटिपूँको दोधारमा परैबाट त्यसलाई हेरिरहेछु कवि एवं गीतकार अधिकारी लेख्दछन् । यस सङ्ग्रहभित्रका कुनै कविता लामा छन् भने कुनै कविता छोटा छन् । प्रायः कविताले कविमनमा देशको अवस्थाप्रति चिन्ता देखाएका छन्, मानवीय प्रेममा संवेदना भरेका छन् स्वतन्त्रताको पक्षमा चेतनाको लहर फैलाएका छन् । कवि एवं गीतकार अधिकारी सामाजिक समस्या, विकृति विसङ्गतिप्रति तीब्र व्यङ्ग्य गर्दै सुधारको अपेक्षा गर्दछन् । मेरो जन्म शीर्षकको कवितामा म जन्मेको क्षण, फेरि कहिल्यै पुनर्जन्म नलिने गरी मेरा लागि ईश्वर मरेको छ एउटा यस्तो विश्वास मेरो जीवनले आर्जन गरेको छ भनिएको छ । यस सङ्ग्रहभित्रका प्रायः जसो कविताहरु विभिन्न पत्रिकाहरुमा प्रकाशित भैसकेका छन् । दौराको बाहुला र फेरले बिरामी सिँगान पुछ्दापुछ्दै नाकभरि कटकटिएर आफ्नै सासमा गनाएको छ जुम्ला जुम्ला शीर्षकको कवितामा भनिएको छ । विगत २०५४ देखि २०६५ सालसम्म रचिएका कविता सङ्कलित यस कृतिले अधिकारीको कवित्वचेतना र सिर्जनभूमि जुरुक्कै उचालेको छ । अधिकारीका कविताले गरिबी र मानवीय विवशता जस्ता सामाजिक असमानताप्रति चेतना उजागर गर्दछन्, विकृति र विसङ्गति माथि व्यङ्ग्य प्रहार गर्छन् । प्रकृति प्रेमलाई अनुभूतिमा सँगालेर भौगोलिक सौन्दर्य वर्णन गर्न सक्ने अधिकारीका कविताले मानवमनका आरोह अवरोहसँगै मानवता र मानवीय प्रेम झल्काएका छन् । अधिकारीका कवितामा कतै देश दुखेको छ भने कतै राजनीतिक, सामाजिक, वैयक्तिक र नागरिक स्वतन्त्रताको स्वर उरालिएको छ ।
एउटा सेतो सिंह अहिले मेरो सहरमा बास बसेको छ सेतो सिंह स्वभावैले मांसाहारी हो र पनि यसले आफ्नो लागि आफै पनि सिकार गर्दैन सेतो सिंहलाई खाने आहार अर्काले बन्दोबस्त गरिदिनु पर्छ सेतो सिंह शीर्षकको कवितामा कवि अधिकारीले लेखेका छन् ।


मित्र हुन् भने
सुख र दुःख दुबै
समान रुपमा मान्छेका मित्र हुन्
होइन र शत्रु नै पहिल्याउने हो भने
सुख र दुःख
फेरि पनि
समान रुपमा मान्छेका शत्रु हुन् ।
अक्षरहरुको सिकार शीर्षकको कवितामा जरसाहेबको ढोकामा उभिएको सिपाहीभन्दा कुनै पनि अर्थमा कम आज्ञाकारी छैनन् अक्षरहरु मेरा लागि आगोमा पौडन तयार छन् पानीमा दौडन राजी छन् चौबीसै घण्टा भोक तिर्खा बाधेर पहरा दिदै रातभरि गौंडा–गल्छेडाहरुमा जाग्राम बस्न पनि तयार छन् कविले लेखेका छन् ।
समय बित्दै जाँदा
अन्ततः शासन बदलियो
र, बदलिएको शासनमा
त्यसबेला मर्नेहरु सहित कहलिए ।
आपसमा कसरी मिलेर बस्नुपर्छ भन्ने कुरा मान्छेले पहाडसँग सिक्नुपर्छ पहाडको गुण कवितामा लेखिएको छ  कवि अधिकारीले लेखेका सबै कविता स्वतन्त्रताका गीत हु । सबै स्वतन्त्र विचारका, मुक्त समाजको खोजीका मुक्तिका । उनी स्वतन्त्रको लामो सङ्घर्षमा  उत्रे ।
के तिमीलाई मेरो माया लाग्दैन ?
लाग्छ भने
सर्वत्र तिमी नै तिमी छाइरहेको बेला
भन १ किन यसरी
म, तिम्रो अगाडि हराउन थालेको छु ?
यस कविता सङ्ग्रहको मूल्य रु.१७५।– राखिएको छ भने पृष्ठ संख्या ११८ छ ।

सामाखुसी साहित्य समाज, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
इमेल– arunnadi2024@gmail.com

अरुलाई यो अर्ति (लघुकथा)

–अरुण नदी खत्री
      रेडियो नेपालबाट प्रशारण गरिने विभिन्न कार्यक्रमहरुको नियमित श्रोता खड्गबहादुर एकदिन रेडियो नेपालको कार्यालय परिवेशभित्र रेडियो नेपालमा प्रशारणको लागि आफ्नो रचना पु¥याउन जाँदा एउटा कर्मचारीले आफ्नो खल्तीबाट सुर्ती झिकेर मुखमा हालको देख्दा खड्गबहादुर अचम्ममा प¥यो र उसले भन्यो खैनी, सुर्ती र चुरोटको सेवन आफू पनि नगरौं अरुलाई पनि नगराउ भनेर रेडियोबाट भनिरहन्छ तर तपाई जस्तो रेडियोनेपालमै काम गर्नेले हाम्रो अगाडि खानुहुन्छ, किन ? सुर्ती, खैनी र चुरोट हामीले नखाइदिएमा कारखानालाई नोक्सान भईहाल्छ नि त्यस कर्मचारीले भने । त्यसो भए रेडियोबाट प्रशारण गरिने यस विज्ञापनलाई पनि बन्द गरिदिनु प¥यो खड्गबहादुरले भने । विज्ञापन नै रेडियोनेपालको मुख्य आम्दानीको स्रोत हो, विज्ञापन बन्द गरेमा हामीले तलब कसरी खाने नि त्यस कर्मचारीले भन्यो ।

संरक्षण (लघुकथा )

--अरुणबहादुर खत्री “नदी”  
सामाखुसी, काठमाडौं
फोन ४३५३५९४
वन मन्त्रीले एउटा गोष्ठीमा भाग लिन जाँदा आफूले मञ्चमा उभिएर भाषण गर्दा “हामीहरुले वनजंगल आफूले पनि मास्न हुंदैन र अरुलाई पनि मास्न दिनु हुँदैन, जनावरहरुको पनि स्याहार संभार गर्नुपर्छ” भनेर बोलेको कक्षा सातमा पढ्दै गरेको रमेशले ध्यान दिएर सुन्न पुगे । मन्त्रीको यो भनाइलाई रमेशले घरमा गएर आफ्नो बाबुलाई “थाहा छ बुबा, आज मन्त्रीले हामीहरुलाई वनजंगल आफूले पनि मास्न हुंदैन र अरुलाई पनि मास्न दिनु हुँदैन, जनावरहरुको पनि स्याहार संभार गर्नुपर्छ भन्नु भएको मैले राम्रोसंग सुने” भन्न पुगे । त्यस्ता नेता मन्त्रीहरुको भनाइ तैंले पत्याउछस् कि क्या हो १ तिनै नेता र मन्त्रीहरुले वनजंगल मासेर वनजंगलमा हतियार लगी जनावर मार्छन् भन्दै रमेशको बाबुले छोराको खिल्ली उडाए । त्यसो भए बुबा हामीहरुले वनजंगल मास्ने र जनावरहरुलाई शिकार खेलेर मार्ने बिरुद्ध कडा कारवाही गर्नु प¥यो भनेर सडकमा गएर बिरोध गरौं न त छोरा रमेशले आफ्नो बाबुसंग भने ।

नोक्सान (अरुण नदी खत्री)

कवि कृष्णप्रसाद साहित्यिक कार्यक्रम सकिएपछि घर फर्कन लाग्दा मोहनले “कविजी आज तपाईलाई म मेरो मोटरसाइकलमा घर पु¥याइदिन्छु तर बाटोमा तपाईले मलाई चिसो खुवाउनु” भने । कवि कृष्णप्रसादले “हुन्छ नि त” भनेर उनीहरु संगै घर फर्के बीच बाटोमा पुगेपछि एउटा पसलमा उनीहरु दुबैजनाले एक एक सिसी चिसो खाए । “ल, कविजी पैसा तिर्नु, हामी दुईजनाको तपाईको आज माइक्रोबसको भाडा नै मैले जोगाइदिएको छु” मोहनले भने । कवि कृष्णप्रसादले दुईजनाले चिसो खाएको पचाँस रुपैँया साहुनीलाई दियो । साहुनीलाई पचास रुपैँया दिएपछि माइक्रोबस चढेर घर फर्कदा बीस रुपैँयाभन्दा बढि मेरो खर्च हुँदैनथ्यो, मेरो पचास रुपैँया खर्च भएर तीस रुपैँया बढी खर्च हुन पुग्यो मोटरसाइकल चढेर घर फर्कदा कवि कृष्णप्रसादले मनमनै भन्यो । अबदेखि मोटरसाइकल चढेर घर फर्किन्न, म मोटरसाइकल चढ्दा त हानी पो भयो नि मलाई उसले दिक्क मान्दै भन्यो ।

अरुण नदी खत्री

तिमीले साथ दिन्छौ



तिमीले साथ दिन्छौ भने नयाँ इतिहास कोर्छु
फुटेका यी सपनाहरू सम्हालेर अब जोर्छु

पुरा गर्छु हर लक्ष्य सहयात्री बन तिमी
मेरो चाह जिताउन तिम्रो मन अब चोर्छु

सादा कागज रैछ जीवन तिमीले नै भरिदेऊ
मेरो सारा यो जिन्दगी तिमीलाई नै अब छोड्छु

लेखै अब प्रेमकथा इतिहासका ती पानामा
अतीतका मिठा पल लेखी आज मैले भर्छु

एकै साथ बाँचौ भन्दैअनयाँसलाई हात दियौ
तिनै माया संहालेर प्रेम गर्ने हातले सोर्छु

रामकृष्ण पौडेलअनयाँस

सल्लाह सुझावको अपेक्षा राख्दछु