Saturday, September 15, 2012

उन्को मेरो बिचमा



उन्को मेरो बिचमा दिवार कुल घरान जात थियो
एउटै धुरी चुलो चोको आकाश पाताल बात थियो

जस्लाई जति लेखेको भाग्यको नै दोष भन्दै
उन्को महल मेरो सिङ्गो खुल्ला आकाश साथ भयो

किन फरक हाम्लाई प्रभु मुटु रगत एउटै हुँदा
जस्ले बाँध्यो यो नियमा उस्कै ठुलो हात भयो

के सोच्नु खै बाँच्दा कहित्यै, एक हुन नसकेको
मर्दा पछि जल्ने हाम्रो,भिन्ना भिन्नै घाट भयो

जन्मिदै खोट लाग्यो मैले छोको नचल्ने रे
हुने लाई परि आउछ मेरै संसार रात भयो

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु