Saturday, September 15, 2012

सपनै सपना (गजल)



सपनै सपना टुटुरे आयो
कसैको जवानि लुटेर आयो

खुशिको खबर केहि नि छैन
बेहोसि मात् बाट छुटेर आयो

मुस्कान उसैको देखेँ लजाएँ
अंगले अंगलाई चुटेर आयो

सोच्दै'थे अब नया दिन आए
निधारमा भाग्य फुटेर आयो

समर्पण जलेको देख्न चाहान्छु
भन्दै एक् जमात जुटेर आयो

खकेन्द्र साउद समर्पण
अछाम

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु