Monday, March 2, 2015

मुक्तक

मुस्कान देखाएर मुटु बदलामा लग्यो
कुनै दिन फर्केर आउने कवालामा लग्यो /
उ आउछ अनि यसरि तनाव दिएर जान्छ
मलाई छाडेर जोवानी फैसलामा लग्यो /

रामकृष्ण पौडेल ''अनायास''

गजल

लग्यो आफु संग एउटा मुटु अभाव देखाएर 
आखिर जाने बेला गयो थोरै रवाफ देखाएर /

साँची प्रेम गर्न हिड्छ हातमा गुलाफ बोकेर 
उ खुलेआम हिडेको छ नकाब देखाएर /

उसले आँखामा डुवाउछ ओठमा मुस्कान छरेर 
अनि दाउ आफै तिर पार्छ थोरै दवाव देखाएर /

उ दिल चोरेको अभियोगमा थुनिन्छ कारागारमा 
छुट्छ मायाप्रेमको मामिला भन्दै जवाफ देखाएर /

@ रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज,भरतपुर

सल्लाह सुझावको अपेक्षा राख्दछु