Wednesday, September 12, 2012

खुशी छु म

अर्जुन पौडेल, पोखरा

फूलै फुलको थुँगा पाएर खुशी छु  
नतोडिने कसम खाएर खुशी छु

गोधूली साँझमा घामको पाईला खोज्न
मायालुको वस्तीमा धाएर खुशी छु

तिम्रै निम्ती कोरिएका सुन्दर गजल
मन्दमन्दमा आफै गाएर खुशी छु

सारा वन्धन हटाई मनको पीडा मेट्न
जूनीभरको माया लाएर खुशी छु ♥♥

पापीको संसारमा

अर्जुन पौडेल,पोखरा 

चोखो माया लत्याईदिने पापीको संसारमा
कसरी जिउन सकिन्छ घातीको संसारमा

अति माया दिलाउदा अज्ञानी लाग्दो रैछ
वियोगान्त मात्र देखिने तातीको संसारमा

खुशी पनि अवसरवादीको ओठमा छाउदा
झुपडीको अर्थ रहदैन जातीको संसारमा

सञ्चो मानिएला झिकेपछि काँडा खिलवाट
चम्किएको हाँसो लुटिदा रातीको संसारमा ♥♥

मेरो वारेमा


नाम :- रामकृष्ण पौडेल
उपनाम :- "अनयास"
ठेगाना :- भरतपुर-13,कैलाशनगर चितवन
साहित्यिक नाम :-गजलकुन्ज
इमेल :- ramkrishna_poudel2044@yahoo.com
ब्लग नाम :- नेपाली साहित्य गजल बिशेष संग्रह "अनायासका पानाहरु"
सेवा :- चितवन मेडिकल कलेज शिक्षण अस्पताल
"मेडिकल ल्याव टेक्निसियन"

आवद्धता
1. नेपाल रेडक्रस सोसाईटि जिल्लाशाखा चितवन
2.रिलेक नेपाल चितवन
3.प्रो पब्लिक चितवन
4.समर्पण साहित्यिक परिषद्,चितवन,भरतपुर
5.दुर्गा युवा वाचनालय चितवन,भरतपुर
6.सिरेटो साहित्यिक पत्रिका भरतपुर चितवन
(बिभिन्ऩ संघ संस्था तथा क्लव हरुमा सल्लाहकार)

गजल प्रकासन
बिभिन्ऩ राष्ट्रिय पत्रिका,स्थानिय पत्रिका, साहित्यिक पत्रिका हरुमा धेरै प्रकाशित भईसकेको

नेपालि साहित्य गजल बिशेष संग्रह "अनायासका पानाहरु"
मनको तरंग गजल संग्रह अन्तिम तयारि

सम्मान:-
बिभिन्ऩ संघ संस्था बाट कदरपत्र, सम्मानपत्र,प्रमाणपत्र, धेरै पुरस्कारहरु

ऋण खोज्नु पर्यो (घोचो)

भन्छन चाड सुरु भयो गाउँमा ऋण खोज्नु पर्यो
एक दुई बर्ष नकराउने सोझो साहुलाई रोज्नु पर्यौ

पेट भोको राखेर के काम खाना टन्ऩ खानुपर्छ
खाएपछि भाका छल्न,जुक्ति एकछीन सोच्नु पर्यौ

एक दुई बर्ष नकराउने सोझो साहुलाई रोज्नु पर्यो
खाएपछि भाका छल्न जुक्ति एकछीन सोच्नु पर्यो

तिजमा माईत (घोचो)


तिजमा माईत गाकि कान्छि पोते हराई रे
मागि एकछिन लाको चिज हो तिर्न डराई रे

लौ अब बर्बादभो बाख्रापाठि बेच्नुपर्यो
देखाउन लाई लाकि थिई संझि कराई रे

मागि एकछिन लाको चिज हो तिर्न डराई रे
देखाउन लाई लाकि थिई संझि कराई रे

सल्लाह सुझावको अपेक्षा राख्दछु