Monday, August 20, 2018

पथ्थर कुदेर भगवान बनायो

गजल
जसले पथ्थर कुदेर भगवान बनायो
उसैलाई मन्दिरमा प्रतिबन्ध लगायो

हिजो आज जुन चुलोमा आगो बल्नै छाड्यो
बिचरा सरकार त्यसैको धेरै कर बढायो

गरिबको भोटले सिंहदरबार पसेको नेता
गाउँमा बस्ती खाली गर्ने समाचार पठायो

यहाँ कुर्चीमै बसेकाहरु सँग डर छ आज
अपराधि कारागार बस्नु पर्ने कानुन हटायो

देश बनाउछु भनेर डिग्री सकेको छोरो
कठै आज खाडीबाट भिसा मगायो
रामकृष्ण अनायास

भगवानका मुर्तिहरु मुल्यहिन लाग्छन्

गज
जव खुशीका रंगहरु मलिन लाग्छन्
एकाएक दुखहरु पनि यकीन लाग्छन्

मन्दिर बाहिर भोकै मरेको बालक देख्दा
भगवानका मुर्तिहरु मुल्यहिन लाग्छन्

थाहै थिएन यादले मुटु कमजोर हुन्छ भन्ने
दिलको चोट सहन कति कठिन लाग्छन्

समयले निर्धो लाइ सधै हराएको देख्छु
यो सबै योजना ईश्वरकै अधिन लाग्छन्
रामकृष्ण अनायास

बा आमाको नाममा मन्दिर बनाउछु

गजल

व सरकार महंगी र कर बढाईदिन्छ
गरिबले के तिरुन अनि बस्ती हटाई दिन्छ

बिरामी भएर अस्पताल गएका छिमेकि
बिल तिर्न सकेनन् मृगौला राखी पठाई दिन्छ

बा को हलो कोदालो बेचेर पढेको छोरो
आज जागिर नपाएपछि डिग्री जलाई दिन्छ

भन्थ्यो बा आमाको नाममा मन्दिर बनाउछु
मुर्ति हटायो फोटो टाँसेर फूल चढाई दिन्छ
रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु