Monday, December 30, 2013

उहिल्यै मर्छु भन्थि बरा!

गजल, 


बर्षौ देखि उही सपना मैले देख्दै आएको छु
उस्ले भोगेका सबै कहानी लेख्दै आएको छु

खै कसरि बचाउन सक्छु यो समाजबाट उसलाई
उस्कै छिमेकी बाट लुटिदा पनि छेक्दै आएको छु

बिचरी के गरोस् नारि भएकै कारण लुटिदा खेरि
रुदै बगाएका ति आँसुमा टेक्दै आएको छु

के देला न्याय यो राज्यले म लडेको पनि ब्यर्थ भो
उहिल्यै मर्छु भन्थि बरा!आजसम्म भोग्दै आएको छु

रामकृष्ण पौडेल ''अनायास''

लिलामीमा ईज्जत किन्दै कुट्यो शहरले

गजल, 

गरिबको सपना बिच सडकमै लुट्यो शहरले
बाँच्नै गाह्रो निर्धोलाई झन् चुट्यो शहरले

तड्पिएर मर्छन् कति महंगीको मारमा परि 
जोस जाँगर मेहनत सब,धुत्यो शहरले

शरिरको नी मोल तोल हुन्छ सोझा लाई फसाएर 
लिलामीमा ईज्जत किन्दै कुट्यो शहरले

आफ्नो पराई भन्दैनन् कोहि स्वार्थि बन्दै जादा 
आफन्तको नाता अनि सम्बन्ध छुट्यो शहरले

रामकृष्ण पौडेल ''अनायास''

Tuesday, December 24, 2013

छुट्टै संसार बनाउछु

गजल 

बगरमा बालुवाको घर बनाउन खोज्दैछ उ
र त अरुको बस्तीमा आगो लगाउन सोच्दैछ उ /

जमिनमा टेकेर आसमान छुन्छु भनि कराउदै
दिउदै तारा आकाशको खसाउन घोच्दैछ उ /

छुट्टै संसार बनाउछु भन्छु पुरानो जलाएर
आफै झोसी अरुलाई फसाउन खोज्दैछ उ /

सपना देख्न नपाउदै महल आँदिले ढलाउदा
बिकल्पमा आफ्नै घमण्ड जलाउन खोज्दैछ उ /

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

Monday, December 23, 2013

गरिबको आँखा बाट आँसु झरीरहेको देख्छु

गजल

गरिबको आँखा बाट आँसु झरीरहेको देख्छु
भोको पेटमा पानि भन्दै मरिरहेको देख्छु

हे प्रभु ! अझै दु;ख देउ बरु चाडै मर्न त सक्छ
के गरोस् बिचरा ! तिम्रै शरण परिरहेको देख्छु

धनि हुन्थ्यो होला आँसुको मूल्य पर्ने भए आखिर
त्यो पियर नै उसको जिबन टरिरहेको देख्छु

बाँचुन्जेल ईज्जत बचाउनै पर्यो भन्दै उस्ले
यौटै बस्त्र सधै टाल्ने काम गरिरहेको देख्छु

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

जिन्दगीका हर खुशि

मुक्तक 

जुन पठाईदिन्छु,तिमीलाई तारा पठाईदिन्छु
जिन्दगीका हर खुशि सारा पठाईदिन्छु /
तिमिपनि आउछ्यौ भने आउप्रिया मै संग
यहाँ सम्म आउने गाडी,भाँडा पठाईदिन्छु /

''अनायास''

Sunday, December 22, 2013

माया प्रेमको मामिला हो

शेरहरु

थुन्यौ दिलको कारागारमा धरौटीमा छाड बरु
रिहा गर तारिख धाउँला कि त आजै मार बरु

उल्टै रिट हाल्यौ मेरो अदालतमा बयान सहित
माया प्रेमको मामिला हो आजै तिमि हार बरु

मनमा थुन्छु प्रेम पत्र सबुत प्रमाण देखाएर
पछुताउनु पर्ला हेर मुद्धा यतै पार बरु

रामकृष्ण पौडेल ''अनायास''

यादले बादी पोल्छ

मुक्तक

आगोले भन्दा यादले बादी पोल्छ
आँसु का ढिकाले हेर यहि बोल्छ
मूल्य हुदोहोत आँसुको धनि हुन्थे
साँझमा सराबले सबै व्यथा खोल्छ
''अनायास''

आँसु बगाएको सम्झिन्छु

गजल

एक्लै बसी तिमी सँग आँसु बगाएको सम्झिन्छु
कैले भाँडाकुटी खेल्दै भात पकाएको सम्झिन्छु

पर्खाउथ्यौ बोलाएर भेट्दा एक्कासी रिसाउथे
आँचलको फेरो ओढाई फकाएको सम्झिन्छु

लुकीलुकी भेट्ने ठाउँ नारायणीको किनारमा
ढुंगापारि लुकी खोज्दा थकाएको सम्झिन्छु

जिस्किएर भन्थ्यौ आखिर दिलमा खोप्छु तिम्रै नाम
मन्दिर देख्दा भित्तामा नाम सजाएको सम्झिन्छु

रामकृष्ण पौडेल अनायास
गजलकुञ्ज भरतपुर

गजल

केवल मायाको जोडी रम्ने एक सहर खोज्दैछु
दुवै हराउने यहाँ मिठो प्रहर खोज्दैछु

प्रेमको प्याला पिलाएर बचाउनेछु साथ दिन्छौ भने
मेरो आँखामा जुदाएर हेर्न सक्ने मिठो नजर खोज्दैछु

बसन्तमा फक्रिएको कोपिलाझै यौवन आखिर
रंगीचंगी पुतलीको उड्ने जस्तै लहर खोज्दैछु

बाँचुन्जेल यौटै मुटु अमर जोडी बनाउन
हाम्रो देह पछि पिरतीको बग्ने नहर खोज्दैछु /


रामकृष्ण पौडेल अनायास

गजलकुञ्ज, भरतपुर





मेरो बेपत्ता पारिएको छोरो

गजल,

खै कहाँ छ देखाउ मेरो बेपत्ता पारिएको छोरो
भोटदिन्छु तिम्लाई फिर्ता गर्छौ भने मारिएको छोरो

काख रित्तो बनायौ सिंउँदो पुछ्यौ मेरी बुहारीको
मुख सम्म हेर्न दिएनौ पापी शारीर अन्तै छाडिएको छोरो

आफ्नै झोली भोर्छौ के बन्ला र संबिधान आखिर
लेख घोषणा पत्रमा व्युताई दिन्छौँ तिम्रो गाडिएको छोरो

मिठा कुरा गर्छौ जीत्छौ नसके हत्या,हिँसा गर्छौ
के दिन्थ्यौ र श्रीमति आमा बाट आज टाडिएको छोरो /

http://ramkrishnakapana.blogspot.com/
रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज, भरतपुर चितवन

पराईको सिउँदोमा हात म कसरि लान सक्छु



गजल, 

पराईको सिउँदोमा हात म कसरि लान सक्छु
नसोचहै डोली बोकी अन्तै आखिर जान सक्छु

संगै बाँच्ने संगै मर्ने बाचाकसम बिर्सिएर
सोच्न पनि सक्दिन है सबको जुठो खान सक्छु

मुटु धड्कन मैले फेर्ने हरेक स्वासमा तिमिनै छौ
के गरेर अरु संग स्वाहाग मैले मान्न सक्छु

बिस्वास गर नमान है शंका कत्ति यो मायामा
मनले दिन्न अरुलाई जिबन साथी ठान्न सक्छु

रामकृष्ण पौडेल अनायास

मेरो आँसु झर्दा खेरि


रामकृष्ण पौडेल ''अनायास''

पराई ले तिम्रो सिउदो अनायासै भर्दा खेरि
सबका चेहरा मलिन हुन्छन् मेरो आँसु झर्दा खेरि

जस्लाई मुटु ठान्थे मैले उसैसंग छुट्दा आखिर
ढल्छु होला देखेर म स्वयम्बर गर्दा खेरि

युगौ युग बाँच्नु तिमि म जलेर गएपनी
खुशी हुनु सुहाग संग मेरो प्राण मर्दा खेरि

कति काखमा संगै बसी कैयौ दिन कटाएका
याद आउला मेटाईदेउ तल बेशी झर्दा खेरि

गजलकुञ्ज

धरौटीमा छाड बरु

गजल, 

थुन्यौ दिलको कारागारमा धरौटीमा छाड बरु
रिहा गर तारिख धाउँला कि त आजै मार बरु

उल्टै रिट हाल्यौ मेरो अदालतमा बयान सहित
माया प्रेमको मामिला हो आजै तिमि हार बरु 

मनमा थुन्छु प्रेम पत्र सबुत प्रमाण देखाएर
पछुताउनु पर्ला हेर मुद्धा यतै पार बरु

रामकृष्ण पौडेल ''अनायास''

अधरको मुस्कान

गजल, 

जादु रैछ त्यो नजरमा हेरेपछि बहकिन्छु
अधरको मुस्कान तिम्ले फेरेपछि बहकिन्छु

हराउछु आफै भित्र बनाउदै तिम्रो तस्बिर
यो आँखाले मनमा रुप केरेपछि बहकिन्छु

बर्बराउछु एक्लै अचेल सपनीमा हराउदै
आउथ्यौ तिमि आँचलले बेरेपछी बहकिन्छु

रामकृष्ण पौडेल अनायास

बियोगीलाई पनि राहत दिनु पर्छ सरकार

मुक्तक

बियोगीलाई पनि राहत दिनु पर्छ सरकार
जो पिडित छ उसैकोनै भत्काईदिन्छन घरबार
कस्तो अन्याय सहनु पर्यो प्रभु मैले
टुक्रिएको मुटुमा झन् चलाई दिन्छन तरबार /

न आँसुले पखालिन्छ पिर ब्यथा मनका सबै

गजल

न आँसुले पखालिन्छ पिर ब्यथा मनका सबै
हेर संसार दौडिएको पछि पछि धनका सबै

आलो घाउमा महंगीले बेला बेला छर्दा नुन
कठै भन्ने कोहि छैनन् आफ्ना आफ्ना पनका सबै

दैब पनि हाँसी बस्छ अभागीको घर जल्दा
मलिन देक्छु मैले आज चेहेरा ति जनका सबै

भोको पेट मर्दा यहाँ धनिकै छ चर्चा अचेल
दया माया देखाउने खै छैनन् यहाँ तनका सबै


रामकृष्ण पौडेल 'अनायास'


पराई ले तिम्रो सिउदो अनायासै भर्दा खेरि

पराई ले तिम्रो सिउदो अनायासै भर्दा खेरि
सबका चेहरा मलिन हुन्छन् मेरो आँसु झर्दा खेरि

जस्लाई मुटु ठान्थे मैले उसैसंग छुट्दा आखिर
ढल्छु होला देखेर म स्वयम्बर गर्दा खेरि

युगौ युग बाँच्नु तिमि म जलेर गएपनी
खुशी हुनु सुहाग संग मेरो प्राण मर्दा खेरि

कति काखमा संगै बसी कैयौ दिन कटाएका
याद आउला मेटाईदेउ तल बेशी झर्दा खेरि 

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

सल्लाह सुझावको अपेक्षा राख्दछु