Sunday, March 20, 2016

गजल


यहाँ गरिवको कहिल्यै पसिनाको भाउ हुदैन
वेइमानको शहरमा इमान्दारिलाइ ठाउ हुदैन

सधै अस्मिता लुटिएका खबरले अखबार भरिन्छ
देशलाइ बलि दिने सज्जनको कतै नाउ हुदैन

यहाँ कैयौ रात नसुति भोकै मर्ने हरूपनि छन्
विचरा । ति नानि वाबुका आमा कोहि बाउ हुदैन

नागरिकता दिनपनि घुस माग्ने सरकारले
भन्छ गरीबको लेख्ने स्थाइ गाउ हुदैन

रामकृष्ण अनायास

गजल


उस्ले यसरि प्रेम प्रस्ताव राखेर गइ
केहि दिन बिचार गर्छु भन्दै चाखेर गइ

तिमिले संम्झियौ भने मुटु पठाइदिनेछु भन्थि
आज सम्म बिर्सेकै छैन थाहा भो गफ हाँकेर गइ

यो "रामु"आजसम्म कसैको भरमै पर्थेन
कस्तो भ्रममा पारि छ जानेबेला हाँसेर गइ

म कैयौ रात सोचेर बसे हाम्रो बिचमा के थियो
निष्कर्ष केहि निकाल्नै सकिन कस्तो नाता गाँसेर गइ

अचेल यहि हल्लाले बजार निकै तातेको छ'रे
अचम्म आफ्नै हराएको सुचना आफै टाँसेर गइ

रामकृष्ण अनायास

गजल


कैयौ बर्ष यता भोकै छ कर्णालि नुन नपाएर
छाड्छु भन्छ सरकार एकबर्षमा गरिवि घटाएर

जनता अध्यारोमा ज्युन बाध्य बनेका छन्
केहि दिनमै चमत्कार गर्छु भन्छ लोडसेडिड हटाएर

देश ठप्प भइ कालो बजारी यसरि मौलाउदा
सदनमा सफल घोषणा गर्छ सरकार सय दिन कटाएर

अचेल सुरक्षित छैनन् चेलिहरू आफन्त बाटै
कतिन्जेल गुजरा चल्छ र हिड्न नचाहेर

रामकृष्ण अनायास

गजल


कुनै दिन तिमिले मेरो प्रेम पत्र जलायौ भने
मौलाउनेछ तुलसिको बोटमा खरानि खनायौ भने

सोच्ने छु मेरो प्रेम सफल भएछ भनेर
अमर हुनेछ प्रेम केहि फल फलायौ भने

जव सम्म तिमि मनमा रहिरहने छौ
तव आस मर्नेछु त्यो निशानि ढलायौ भने

नछोड यसैगरि प्रेम पत्र जलाउन मेरो
ओइलाउने छ त्यो बोट फेरि हात कमायौ भने

रामकृष्ण अनायास

गजल

सरकार हेर्दै छ जन्तालाइ अभाव देखाएर
सत्ता टिकाउनु छ भन्छ जवाफ देखाएर

अनेकौ सपना देखाउछन् झुपडीका जन्तालाइ
अनि चुनाव जित्नेछन् कैयौ प्रभाव देखाएर

तस्करहरू यसरि बावुनानिको प्रयोग गरिरहेका छन्
अवैध धन्दा गराउछन् हातमा किताव देखाएर

ओत बस्ने खरको छानो एक छाक जनताको
खाने गासमा लगाउदै कर लिन्छ दवाब देखाएर

रामकृष्ण अनायास

क्रान्तिकारि मनमाया

हिजो आमाहरू अध्यारो कुवाँ बाट
चिहाउदै मनमनै कल्पना गर्थे होलान्
यो जंजिरले बाधेको संस्कार
निरंकुसताको शासन भित्र
कतिन्जेल सिमित रहला

परम्मरा र धर्मको नाममा लादिएका मेरी आमाहरू
शिरै माथिको तातो घामले डामेर
चैतको सुख्खा खडेरि को जमिन जस्तो
चरचर सुकेको मुखमा
अर्ग्यानिक झोलमा मात्तिएका बाबुहरूको
आफ्नै स्वतन्त्र लाइ कुल्चिएका
पाउ भिजेको
पानिले मुख भिजाउदा
सन्तुष्टिको भन्दा मुक्तिको
महसुस गर्थे।

मेरी आमाहरू जसरी
कुँजिएका थिए
छट्पटाइ रहेका थिए
कालो च्यादरले ढाकिएको अन्धकार भित्र
जसरि
निसास्सिरहेका थिए

म मेरि मनमायालाइ भन्ने छु
किताब भित्र लेखिएका स्वतन्त्रता र
नारिका हकका मन्त्रहरू
पढेर नबस


उठ अनि भत्काउ
ति नारिका नाममा लगाइएका बारहरू
च्यात ति काला च्यादरहरू
उठाउ रातो झन्डा
अनि गर बिजयको शंखघोष

हिजो हाम्रि आमाहरू
जुन
हैकमि आदेश भित्र पेलिएर
आफ्ना ईच्छा चाहनालाइ
मन भित्रै कुन्ठाएर पाल्नु परेको थियो

धर्मको नाममा नारिलाइ बन्देज बनाएर
जौ,तिल सँगै अग्नि कुण्डमा होमेर
तातो रापमा आगो ताप्ने हरू
शासक र सामन्ति हरूको
मगज परिवर्तन गर्न
आज तिमिले क्रान्ति गर्न
जरूरि छ मनमाया

हो मनमाया
तिमिले नया ईतिहाँस कोर्नु छ
सदियौ देखि
दबिएर बस्न अभिशप्त मेरि आमाहरूका
ईच्छा,आकाङछा पुरा गर्न
जुन अभिभारा तिमिलाइ सुम्पेको छु
त्यो समाजका कैयौ छोरिहरूको
उन्मुक्तिको बाटो बन्नेछ

भोलि बन्ने कैयौ आमाहरू
त्यो स्वतन्त्रताको फराकिलो आकाश हुदै
बन्द रहेको क्षितिज
उघार्न जानेछन्
इतिहाँसको पानाभरि
ठुला अक्षरमा तिम्रो नाम रहिरहनेछ
क्रान्तिकारि मनमाया


रामकृष्ण अनायास 

तस्बिर - @copyrite

सल्लाह सुझावको अपेक्षा राख्दछु