Friday, August 19, 2016

"युवाको लागि मन बिसाउने चौतारि हो मौनता "।

       
कृति समीक्षा
 पछिल्लो समय चितवन साहित्यमा निकै उर्बर भुमि बन्दै गैराखेको छ /हुन त यस अघि पनि चितवन साहित्यमा अगाडीनै थियो तर पछिल्लो समयमा चितवनका केहि धेरै साहित्यिक ब्यक्तित्व बिश्व साहित्यको धरातलमा पुगि सकेकोले यस मानेमा साहित्यिक भुमि चितवन पनि मान्न सकिन्छ / 
चितवनको साहित्यिक माटोमा यो समयमा पाठकको मन मस्तिष्क हल्लाउने खालको आख्यानहरु प्रकासित भै सकेर मदन पुरस्कार समेत हात पारेका छन् भने हालै मात्र प्रकासित भएको चितवनका कवि सुमन घिमिरेको आख्यान 'मौनताले' पाठकको मौनतालाई नै तोडिदिएको छ / 
         पहिले कविताका माध्यम बाट चितवनको उर्वर माटोमा जन्मिएका कवि सुमन घिमिरे हालै प्रकासित भएको उनकै आख्यान 'मौनता'ले सफल आख्यानकार का रुपमा देश भरि नै चिनाउन सफल भएको छ ।
 देशै भरि उपन्यास 'मौनता'को चर्चा चलि रहदा आफु 'मौनता'नपढी बस्नै सकिन आख्यान कार कै हात बाट 'मौनता' लिएपछि सरासर घरमा आएर 'मौनता'भित्र पस्न खोजे त्यहि रमाए,कतै रोए अनि कतै माया प्रेम,मिलन ,बोछोड़ र त्यो भन्दा पनि आख्यानमा सामाजिक बिषयवस्तु लाइ जीवन्तता का रुपमा उठाएको पाए / समाज भित्रको मानविय संवेदनालाई सचित्र उतार्ने प्रयास गरेको पनि पाए त्यो भन्दा पनि समाजकै कथा वस्तुको यौटा प्रतिविम्बको रुपमा लिए मैले /

 गोर्खा पब्लिकेसन ले प्रकासन गरेको 'मौनता'भित्र दुइ सय छब्बीस पेज रहेपनि कथा वस्तु निकै चाख लाग्दो भएकै कारण ले मलाइ छोटो झैँ लाग्नु स्वाभाविकै को तर उक्त आख्यान भित्र जे हुनु पर्ने हो त्यो सबै कुरा रहेको पनि छ / 
         आख्यानको सुरुवात फिल्मी तरिकाले सुरु भएको छ अर्पण लाइ मुख्य पत्रको रुपमा उभ्याएर आइ टि सम्बन्धि टेक्नोलोजीको ज्ञान बर्णन गरिएको छ अर्पण कै माध्यम बाट र समय पैसा र सम्बन्ध लाइ नचिनेर आफ्नै कारण ले आफै धोका खाएकी शिला पात्रलाइ सवाल र सक्षम बनाउन पनि उत्तिकै ठुलो भूमिका खेलेको छ भने विदेश मा रहेका आफ्ना पतिलाई भ्रममा राखेर आफु आख्यान मा खलनायक का रुपमा रहेको पात्र सुबिन संग आफ्नो यौवन धन सुम्पिएर धोका पाएकी निरु पात्रलाइ सुबिनको पन्जा बाट छुटाएर अफिसको सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्ने बनाउछ, त्यो भन्दा पनि आफ्नो गल्तिको बोध गर्न सक्ने सम्म बनाउछ ।           समाजमा धेरै थरिका मानिसहरु हुन्छन कोहि सेवामा बिलिन हुन्छन कोहि पैसा र समाजको भड्किलो बाटोमा हिड्ने जाँड,रक्सि खाएर परिवारलाई घर न घाट सम्म पुर्याउने पात्र हुन्छन त्यस्तै गरि यो आख्यान भित्र पनि यो कथालाई आख्यानकार ले रानी पात्र को घर लाइ समावेस गरेका छन् ।
 वास्तवमा यहाँनेर पनि आख्यानकारले वास्तविक कथालाई लिएर पाठकको मन तान्न्ना सफल बनेका छन्, जाँड,रक्सि,जुवाले सम्पति सकिएपछि पैसा संग छोरीलाई सम्झौता गर्ने पुरुष रहेको कुरा यथार्थ चित्रण पनि गरेका छन् / विदेशमा परेको बाध्यता रहर दुख र सुखले निम्त्याइएको दुख लाइ पनि चित्रण गरिएको छ भने कतै आख्यानकार ले पुरुस पात्रलाई ,महेस पात्रको रुपमा उभ्याएर ठुलो र महान बनाउन पनि खोजेका छन् ,उक्त पात्रको माध्यम बाट पुरुषलाइ धैर्यवान, सहनशिलता र साहासको प्रतिमूर्तिको रुपमा देखाएका छन् भने नारीले आफ्नो चरित्र आफै हत्या गर्न सक्छे त्यसमा समाज र कुनै पुरुषको दोष बिना नै आफु हदै सम्म पार गर्न सक्छे भन्ने सम्म पनि पाठक लाइ दिन खोजिएको छ,सो संगै नारिको मन कुनै दिन परिवर्तन हुन सक्छ गल्तिको महसुस गर्नसक्ने पनि हुन सक्छन भन्ने कुरा शिला पात्रा द्वारा दिन खोजिएको छ /
    आख्यान भित्र भिन्न भिन्न कथा वस्तु लाइ समेटिएको छ जहाँ नारीलाई कमजोस सम्झिएर फाइदा लिने पुरुषहरू पनि देखाइएको छ जहाँ नारीले चाहेको खण्डमा जस्तो सुकै सामाना गर्न सक्छे भन्ने कुरा लक्ष्मी पात्र द्वारा उठान गर्न पनि खोजीएको छ भने 'मौनता'भित्र पुरुस लाइ माथिनै राखेपनि पुरुषका कैयौ कमि कमजोरीलाइ पनि औल्याइएको छ / पुरुषले जस्तो सुकै अवस्थामा पनि आफ्नो जिम्मेवारी बहन गर्न सक्छ भन्ने कुरा आख्यानका पात्र महेस द्वारा पुस्टि गरेका छन् आख्यानमा जव कि नेपाल बाट आएकि एक्ली चेली सम्झेर आफु नखाएरै पढायो र,श्रीमती सम्म पनि स्वीकार्यो मान इज्जत,पैसा सबै कमाउने सम्म पनि बनाइ दिन्छ पछि उसै बार तिरस्कृत बन्छ ,पाखण्डी बन्छ घृणित बन्दा पनि छोराको भविस्य लाइ हेर्दै सम्बन्ध बिच्छेद हुदा सम्म शिलाको जीवन उकासिरहेको हुन्छ,।
 'मौनता'भित्रको प्रेम प्रसङ्गले आख्यानलाइ रोचकता बढाएको छ पाठकको मन तान्न सफल भएको छ / अर्पण र रानीको छुट्टिएको प्रेम कहानी पछि फेसबुक को माध्यम बाट समर्पण र मौनता लाइ जन्माएर संयोगवस भेट गराउछन / आख्यान बियोगात्मक रुपमा बिटमारेको भए त्यति रोचक नहुने थियो यो आख्यानकारको कला र चलाखीपन पनि हो अन्तिममा संयोगात्मक बनाउने,उहाँको कला लाइ मान्नै पर्छ,
 विदेशको कथा जोडीसकेपछि बिदेशमा नेपालि ले भोग्नु परेको पिंडाको थोरै प्रसङ्ग बढाएको भए विदेश प्रतिको मोह नेपालीको थोरै कम हुन्थ्यो कि भन्ने मात्र हो / 
आख्यानको सुरुमै अर्पण पात्रको माध्यम द्वारा बिदेशमा भन्दा स्वदेशमा धेरै राम्रो छ गर्न सके स्वदेशम केहि गर्न सकिन्छ भन्ने कुरा दर्साए पनि अन्त्यमा अर्पण र रानी लाइ आख्यानमा विदेश नै गएको देखाईदिदा अल्लि खल्लो महसुस भएको हो कि जस्तो पनि लाग्छ /
 बिदेशमा कैयौ नेपालि छन् जो सुखले भन्दा अभावले बाँचेको र नेपालि ले पाएको पिंडाहरु धेरै रहेको र विदेश भन्दा स्वदेश नै ठिक रहेको आफ्नो मातृभूमि प्यारो हुनेकुरा देखाएर रानी र अर्पण लाइ नेपालमै रोक्न सक्नु पर्थ्यो कि ! आख्यानमा नारीलाई निकै नै गिराएको देखिन्छ शिलापात्रका माध्यम द्वारा त्यो पनि अलिकति कम गरेको भए हुन्थ्यो कि भन्ने मात्र हो जे होस् गल्तिको महसुस भने गराएको छ आख्यान ले /

 वास्तवमा ''मौनता'निकै रोचक घतलाग्दो आख्यान छ समाजमा रहेका बिकृति,विदेशप्रतिको मोह बिदेशमा भोगेको जीवनशैली माया,प्रेम,मिलन ,बिछोडको आदि ब्याख्या गरिएको छ ।

 समाजको चित्रण हो मौनता।
 नारिको यथार्थ कथा हो मौनता ।
 पुरूषको दिइवटा रूपको खुलासा हो  मौनता  /
माया,प्रेम,मिलन,बिछोडमा युवाको मन बिसाउने चौतारि हो मौनता । 

यस्तै गरि "मौनता " निकै रहस्यमय तरिकाले सुरु भएर रहस्यमय तरिकाले नै अन्त्य भएको छ / यस हिसाबले 'मौनता'निकै सफल आख्यान मान्न सकिन्छ पहिलो आख्यान ले नै चर्चाको शिखरमा पुर्याउन सफल आख्यानकार सुमन घिमिरे ज्यु लाइ सफलताको सुभकामना दिन चाहन्छु /

 रामकृष्ण अनायास कविडाँडा
 Paudelramkrishna6@gmail.com

Tuesday, August 9, 2016

माटोमा सपनाहरू



कविता - 

टाँसिएको 
भित्तामा त्यो तस्विर
म निकालेर नियालि रहेछु

रहरलाइ कुल्चिएर बाध्यताले
झिनो आशा र सपनाका खातहरू
झोलामा त्यो तस्विर सँगै
यादहरू कैद गरि
म खाडिको तातो मरूभुमिमा आफ्ना सपनाहरू खोज्न
एउटा यस्तो यात्रा तय गरिरहेको छु ।

मैले शुरू गरेको आदिम यात्रा
यो बिन्दु सम्म आइपुग्दा
मेरो देशको हिमाल,पहाड र यो खाडिको
तातो बालुवा हुदै
बालुवाकै ठुला ठुला महलमा रोकिन्छ ।

लेक मुनि फुलेका सेता चैरि
दाँत देखाउदै हाँसेका 
हिमाल अनि मेरो देशको माटोमा
पसिनाका रंगहरूले रंगाउदै
आज
यो धंाजा फाटेको मरूभुमि टेक्दा
ह्रदय चर्चरी फाटेको छ
अनि मुटुका भित्ताहरू तरंगित हुदा
फनफनि शिर घुमेकोछ ।

हावाको बेगले वनाएको बालुवाको
त्यो पहाड माथिको घाम,जुन
हेर्दै उभिएको क्याक्टसको बुढो रूख झै
आज आफ्नै मृत्युको कल्पनामा मौन छु,

मेरो ह्रदयको कोशबाट
मैले देखेको सपना हराएको छ
मलाइ साहास दिइ आफ्नै खुट्टामा
उभ्याउने मेरा रहरहरू
बालुवासँगै
धुलोको बादलमा बिलिन हुदा
आफै रूमलिई रहेको छु ।

हिड्ने बेला मेरि आमाको आशिर्वाद 
र आँखाको डिलबाटबर्षेको आँसुको लागि 
बाँच्नु पर्छ म

हो बाँच्नु छ
मैले असंख्या रहरभित्र
हराएको उधेश्य खोज्न
निर्लिप्त सुतेका समतल भूमिमा
चिहाएर जुनको उज्यालोमा
जिन्दगी खोज्नुपर्छ म ।

हरेक बिहान
तातो बालुवामा न्यानो स्पर्श दिएर विउँझाउने मनमायाका यादहरू
अव मेरो शरिरमा धमनि र शिराहरू बाट
एउटा उर्जा दिने छ
हावाको वेग सँगै सपनाहरू उमारेर
मरूभुमिमा क्याक्टसमा फल फलाउने
आकाङ्क्षा बोकेर म जस्तै खाडि आउने युवाहरूलाई
रोक्ने छु ।
फर्क 
उठाउ खिया लागेका औजार अनि
रोप आफ्नै माटोमा सपनाहरू
पगाल परिश्रमले ती हिमालहरू
अनि उज्यालो पार धर्ती
खर्कमा चौरी पर्खिरहेका छन्
बेसिमा लहलह फलहरू झुलिरहेका छन्
मैले त अठोट गरिसकेँ 
छिट्टै आउदैछु आमा । 

रामकृष्ण अनायास 
कविडाँडा

Thursday, August 4, 2016

गजल


न्छिन लिलाम गर्छु राम्रो भाउ मिल्यो भने
मासिक आए राम्रै हुन्छ दाउ मिल्यो भने

व्यापार निकै फस्टाएको छ अचेल उन्को
ग्राहक थप्छु भन्थिन् नया ठाउँ मिल्यो भने

कैयौ टुहुरा भेटिन्छन् म जस्तै यो सडकमा
भन्थिन् आमाको ठेगाना सोध्छु बाउ मिल्यो भने

बाध्यता आफैलाइ बेच्नु पर्छ यो समाजमा
जहाँ दुख्छ त्यहि घोच्छन् घाउ मिल्यो भने

जिउन मुस्किल छ यो शहरमा नारि भएकै कारण
सारा धन्दा छाडि जान्छु आफ्नै गाउ मिल्यो भने

रामकृष्ण अनायास

Wednesday, August 3, 2016

मुक्तक


लाग्छ भगवान पनि मेरो खिलावमा छन्
सयौ मान्छोको गुनासो ले आफै बिलावमा छन्
वाक्क छन् उनि पनि यहाँको परिस्थिति देखेर
सुन्छु अचेल सिँहदरवारतिरै मेलमिलावमा छन्


रामकृष्ण अनायास

प्यारि उता एक्लै छन्


मेला ,पर्म ,लेक बेशि बार्ह्रै यामहरूमा
आमाको जीन्दगी बित्यो चैते घामहरूमा

यो छोरो प्रदेशिएको कैयौ बर्ष बित्दा पनि
बा आमाको माया सधै खोज्छु चिठि खामहरूमा

प्यारि उता एक्लै छन् जमना ठिक छैन रे
इमान हराएको छ भन्छन् कलियुगका रामहरूमा

मरूभुमि तात्दा बाँच्न उन्को याद छ र नत्र
मेरो पनि शरिर पर्थ्यो ति बाकसका लामहरूमा

रामकृष्ण अनायास

गजल

समयले रातारात महलमै पुर्याउछ फकिर लाइ पनि
कमाउछन् रमाउछन् सडकमै पुर्याएको देख्छु अमिर लाइ पनि


बा आमाको सम्पत्ति देखाएर साहुको पैसामा मोज गर्दा
जव लगान भर्न थाल्छ दोष देखाउछ आफ्नै तक्दिर लाइ पनि


दुध चढाउदैमा भगवानले कहाँ तथास्तु भन्थे र बरा !
तव गालि गर्न थाल्छ मान्छे मुर्ति अनि मन्दिर लाइ पनि


उस्ले कहिल्यै सोचेन भोलिको दिन उदाउछ भनेर
देख्ने कोशिस नै गरेन आफ्नै अगाडिको मन्जिल लाइ पनि


रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु