Monday, November 5, 2012

सयपत्री फुल्दै होलान..

रामकृष्ण पौडेल "अनयास"

भरतपुर-13, गजलकुन्ज
चितवन
आँगनिको डिलमा यो साल सयपत्री फुल्दै होलान
गैँरी खेतमा धानका बाला लहलह झुल्दै होलान

आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा
लेक बेशि साथि भाई काम काजले भुल्दै होलान

आउनै लाग्यो बर्ष दिनको दशैँ तिहार तिज अव
के कसरि मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान

पोहर साल त्यस्तै भयो अर्को चोटी आउँछु भन्थे
यसपाली आमा वैनी मेरै बाटो कुर्दै होलान

ओहो १ यो कस्तो सपना??????


कथा
 सपना खनाल,भैरहवा

 मलाई सबेरै नीन्दादेबीले छडिन् र म ब्यूझीए । अनि आफ्नै दैनिक कार्यमा लागे । म आफ्नै दैनिक कार्यमा लागीरहेकी थीए । बाहीरबाट कसैले बोलाएको सुने।  को हुनुहन्छ घरमा ?म घरबाट बाहीर निस्कीए । एउटा बृद्घ्र्र्र् महीला , कपाल सेताम्य फुलेकी, उनलाई देख्दा आफ्नोपनको आभास हुन्थ्यो । उनको मुहारमा बीशेष कीसिमको कान्ती थियो ।  मैले भने ‘किन बोलाउनु भएको आमा, केही काम थियो की ? उनले लामो सास फेर्दै भनीन्, ‘घर जान भनी हीडेको, यो उकालो चढ्दा साह्रै थकै र तिर्खा लाग्यो , यसो पानी खान पाईन्छ की भनेर नानी ?’ बस्नूस न आमा , म पानि लीएरु आउछु  भन्देै उनलाई पीढीमा बसाले र म पानी लिन भित्र गए । मैले पानी लीएर आए अनि उनलाई खान दिए अनी सोधे ‘ आमा यो उमेरमा यत्रो उकालो ओरालो गर्दै कहाँ गएर  आउनुभएको ? त्यसपछी उनले भनीन् । मेरा सन्तानले मलाई  साह्रै दुख दीए नानी ? अनौठौ मुद्रामा मैले साधे ‘ के गरे र आमा तपाईका  सन्तानले त्यस्तो ? खै कसरी भनु  मेरा सन्तानले मलाई साह्रै दुख दिए । सानैमा सँग सँगै खेल्ने र एउटा बाट अर्को एकछीनलाई टाढा हुनुपरे रोईहाले म्ेरा सन्तान आज आपसमा लडिरहेका छन् । एउटाले अर्कोलाई चोट पुर्याएर रमाईरहेका छन् , यिनीहरुकै सद्बुद्घी आओस भनि भगवान सँग प्राथना गर्दै चार धाम पुगेर आए नानी म त । मैलेसोधे ‘आमा तपाईको घर कहाँ हो र तपाईका सन्तान कती छन् ? उनले हातले देखाउदै भनीन् ‘ उ त्यो हिमाल पारी हो मेरो घर । अनी मेरा त २ करोड ६० लाख भन्दा पनी धेरै सन्तान छन् । फेरि मैले सोधे ‘ तपाईलाई गाउमा के भनी बोलाउछन्? नेपाल आमा भन्छन् नानी मलाई । ल त नानी म पनी जान्छु अब भनिन् र जान लागीन् र मैले बोलाउन थाले । ‘आमा ,नेपाल आमा , ’ यती के भन्दै थिए म कहीबाट तल खसे , यसो हेर्छु त खाट बाट भुईमा खसेकी रहेछु । अनि पो मलाई आभाष भयो , यो त सपना पो रहेछ । ओहो १ यो कस्तो सपना ???????    

धुर्तहरुको..

      यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ईमाडोल- ''
      ललितपुर, नेपाल 
धुर्तहरुको धर्तहरुसंगै चिनजान हुन्छ ;
सबै धोक्नेहरुको भट्टीमै जलपान हुन्छ
()
दल जुन भएनी, नाराका ब्यापारी सबै;
...
कमिसनको सेरोफेरोमा चिनजान हुन्छ
(
)
झोलामा खोलासम्म बोक्न पछी पर्दैनन्;
कसैको झोलामा निगमको विमान हुन्छ।
(
)
संविधानको नाममा ,जति माला जपे पनि ;
आँखिरमा यिन्को, सत्तामै तानातान हुन्छ
(
)
बुझ्नै नसक्ने सवाल खडा भएको हजुर;
किन यो समाजमा भष्ट्रहरुकै सम्मान हुन्छ
(
)
दिक्क लाग्छ आजभोलि टीभी हेर्दा पनि ;
नालायकहरुकै खबरमा साँझ बिहान हुन्छ

गजल २ 

कहाँ पुग्यो राष्ट्र निर्माणको अभियान, किन बोल्दैनौ ?
कति बढ्यो नेपाल नेपालीको शान, किन बोल्दैनौ ?
()
...
तिम्रा नारा,प्रतिबद्धता चर्का स्वर, कता बिलाए ;
जनता ब्यग्र छन देख्न देशको ऊत्थान, किन बोल्दैनौ ?
(
)
सिमाना लुछ्दै छन बिदेशी ब्वाँसाहरुले , मनपरी ढंगले ;
ऊखेल्दै छन तिम्रै आगाडी दशगजा, निशान किन बोल्दैनौ ?
(
)
देखिन्छौ ब्यस्त सधै छिना-झपटीमा, सबै बिर्सेर कुर्सीको ;
खनी रहेछौ जनताको सपनाको, चिहान किन बोल्दैनौ ?
(
)
फस्यौ कि बिदेशीको बल्छिमा सजिलै, लोभीएर माछाझै ;
कहाँ पसारिन पुग्यो तिम्रो क्रान्तिको ऊठान, किन बोल्दैनौ ?
(
)
लथालिग्ङ राष्ट्र राष्ट्रियता काकाकुल, बनी सके जनता;
चुपचाप के हेरेर बस्दैछौ, यो देशका जवान, किन बोल्दैनौ ?

सल्लाह सुझावको अपेक्षा राख्दछु