Sunday, September 23, 2012

नभुल सानु


गजल
रामकृष्ण पौडेल अनयास

एक्लै कराए भने सोध्न नभुल सानु
अकस्मात हराए भने खोज्न नभुल सानु

यौवनले भरीएको जोवन तिम्रो देख्दा आखिर
आजआफै डराए भने रोज्न नभुल सानु

सपनिमा बर्बराउदै तिम्रो नाम लिदा मैले
तिमि मन पराए भने सोच्न नभुल सानु

हर सारा धड्कन तिमि हौ भन्छु सबै माझ
गल्ति मैले गराए भने दोस्न नभूल सानु

बेहोसीमै अचेल सवलाई तिमी भन्दै बोलाउदा
आदी निदमै जगाए भने घोच्न नभुल सानु

भरतपुर- 13,गजलकुन्ज चितवन

आफ्नो डोली आज आफै


रामकृष्ण पौडेल "अनयास"

आफ्नो डोली आज आफै पराईलाई आन्माउनु
ठुलो घरमा सुखी संसार उस्कै सन्तान जन्माउनु

समाजले केही गरि दोषि तिम्लाई ठान्यो मने
मेरै बद्नाम गरि आखिर नाम तिम्ले कमाउनु

सँगै ज्युने मर्ने वाचा ,कसम सवै तोडेपनि
अतित सारा बिर्सिएर सुहाग सँग रमाउनु

बियोगमा छट्पटिदै प्रण त्याग गर्दा खेरी
ब्रत बस्दै स्वामी,सिंन्दुर,सौभाग्यलाई लम्माउनु

अन्तिम चोटी तुलसीको पानि मुखमा पर्दा मेरो
तिम्रो चिनो फिर्ता गर्छु मलाई आई संम्झाउनु

भरतपुर- 13, गजलकुन्ज चितवन

अहो !


अहो !
हिमालचुली मन्तिर
ईश्वरको बगैचा
मेरो गाउँशहर कस्तो भो होला!
जहाँ यौवन निचोरेर
देउराली रङ्गाउने
ललिगुरासका आँखाहरुमा
बैँश फुल्दथे
स्वप्न फुल्दथे
हुरिको बेताल तबलामा पनि
झ्याँुकिरिहरु झरनाहरुसँग
खोलाहरुसँग सरगम सिक्दथे
मधुर आवाज खनाएर
गौथलिहरु,जुरेलिहरु
प्रणयलीलामा डुबिरहन्थे
कटुस्,काफल ऐसेलुका बोटहरुमा
प्राण फल्दथ्यो
बिघ्न पसिनामा पिपलका जराहरु
ढुङ्गा फोरिरहन्थे
त्यही डबलिमा प्रतेक साँझ
झ्याँुकिरिहरु मर्स्याङ्दिसङ्सङै
सम्बेदना अलापिरहन्थे,
नानीहरुलाई लोहोरी सुनाउदै
त्यही पलेटिमा
बैँशले उन्मत्त जुनहरु
पुष्पपुन्जबाट ओर्लेर
लतिकाहरुलाई नशा पिलाउ थे
कोपिलाहरुलाई न्रित्य सिकाउ थे
अनी सुटुक्क दुर आकाश उक्लन्थे
रात सोहोरेर,सुन्दर स्वप्न छिचोलेर
क्षितिजबाट घामहरु पठाउथे
मेरो गाउँशहर सम्म
प्रतेक धर्सामा,प्रतेक पखुरामा
-मर कलाहरु भरेर
हठात!
यो -गौडा समयले टपक्क टिपेर
कहाँ पुरायो कहाँ

Som Ghimire

Saturday, September 22, 2012

यस्तो गजल लेखौँ


हराएको शान्ति खोज्ने यस्तो गजल लेखौँ |
समाजका हिंसा रोक्ने यस्तो गजल लेखौँ |

सधैँभरि दाजुभाईमा मित्रभाव बढाई ,
एकताको सन्देश बोक्ने यस्तो गजल लेखौँ |

छैन कोही सानो ठुलो नेपाली हौँ हामी ,
समानतामा सधैँ जोख्ने यस्तो गजल लेखौँ |

जागी उठी युवा शक्ति देशको सिमानामा ,
स्वाभिमानका किला ठोक्ने यस्तो गजल लेखौँ |
यो राष्ट्रका हरेक जनलाई हाम्रो गजल सुनाई ,

राष्ट्रप्रित मनमा रोप्ने यस्तो गजल लेखौँ |
नमस्ते सबैमा सुभ पलको कमाना गर्दछु |

टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला-
मोरंग ,

मैले के देखे


आजा राती सपनीमा तिमीलाई देखे
जाँदै थियौ पधेरीमा बाटो तिम्रो छेके

सन्चैछौ कि बिसन्चो मैले के देखे
रूँदै थियौ मझेरीमा बाटो तिम्रो छेके

तिमी देखि कोसौ टाढा मैले के देखे
अनायसै अधेरीमा बाटो तिम्रो छेके

बताईदेउन देविदेउता मैले के देखे
किन होला निदरीमा बाटो तिम्रो छेके।

सनम गोले
मकवानपुर
हाल मलेशिया

डाहा गर्छ


गजल

जुन सँग रात काटे ,तार डाहा गर्छ!!
तिमी सँग रात काटे,सार डाहा गर्छ!!

कसो गरी भनु मैले ,ति नै सारा सँग,
कुवाको त्यो पानी पिए,धारा डाहा गर्छ!!

मन्को बारी जोत्न लाई, हलो गोरु,
बिना सित्ती किन फेरि,नारा डाहा गर्छ!!

माछापुच्छ्रे धौलागिरि,फेवा ताल घुम्दा,
हेर्दै हाम्रो जोडी लाई ,रारा डाहा गर्छ!!

पासाङ तमु
गोर्खा

भिड् रैछ


घोचो
--------
अरु लाई पत्रु समान्,मान्ने हरुको भिड् रैछ
आफु मात्रै सर्बे सर्बा,ठान्ने हरुको भीड् रैछ||

नाता बाद् कृपा बाद्को,क्षणिक पगरी गुथेर
डाडु पन्यु आफु तिरै,तान्ने हरुको भिड् रैछ||

आफु मात्रै सर्बे सर्बा,ठान्ने हरुको भीड् रैछ
डाडु पन्यु आफु तिरै,तान्ने हरुको भीड् रैछ||

योगेन ढोली

मायाको वदलामा घात दिउ कसरी,
अवुझ यो समाज हात दिउ कसरी

मुटु भरी माया अनि आँखा भरि आँशु बोकी,
चोट माथी चोटको खात दिउ कसरी

पूर्णिमाको टह-टह जुन माग्यौ तिमीले,
निसासिदो कालो यो रात दिउ कसरी

वाध्यता रहेछ जीन्दगी विवस्ता मा जीएकिछु,
तिमि आफै भन प्रिय साथ दिउ कसरी

पर्खाइमा छु


नेत्र रज श्रेष्ठ
दोलखा लकुरी डाँडा ओखर बोट

आउछौ भन्ने आस छैन तेहिनी पर्खाइमा छु
खै मन्मा बास छैन तेहिनी पर्खाइमा छु

पल पल्मा सम्झी राखेको अनि भेटेको छु
भेट्न कुनै खास छैन तेहिनी पर्खाइमा छु

रिस उठ्यो झर्किय अनि थर्किय आफै आफै
छुट्ने कुनै त्रास छैन तेहिनी पर्खाइमा छु

मुटु भरिको माया उनैलाई दियको छु
मेरो मायामा कुनै ह्रास छैन तेहिनी पर्खाइमा छु

आँगनीमा डोली


"गजल"
आँगनीमा डोली, अन्माउनु प्रिया॥
पराईको हात, समाउनु प्रिया॥

एक्लो जिवन , बिताउँला यहाँ॥
घरजम तिमी, जमाउनु प्रिया॥

दिएका ति मैले, उपहार जति॥
पोको पारी सबै, थमाउनु प्रिया॥

जिती सँधै भरि, मलाई हराई॥
समाजमा नाम, कमाउनु प्रिया॥

सँगै बिताएका, पलहरु भुली॥
आफ्नै सँसारमा, रमाउनु प्रिया॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम 


छ यहाँ


घोंचो
भ्रष्ट हरूको नै माचो यहाँ !
गणतन्त्र अझै काँचो यहाँ !

गरिबको लागी राहत ल्याउने
नयाँ क्रान्तीको खाँचो यहाँ !

गणतन्त्र अझै काँचो यहाँ !
नयाँ क्रान्तीको खाँचो यहाँ !

राज कंडेल "निरास"

बिगारे देश


 घोचो
देशका नेताले बिगारे देश
बिरोध मात्रैले नहुने सेश

जनता उठेर मैदान जाउ
काटेर दलाली नेताका केश

बिरोध मात्रैले नहुने सेश
काटेर दलाली नेताका केश ।।


अरु लाई पत्रु समान्


घोचो
--------
अरु लाई पत्रु समान्,मान्ने हरुको भिड् रैछ
आफु मात्रै सर्बे सर्बा,ठान्ने हरुको भीड् रैछ||

नाता बाद् कृपा बाद्को,क्षणिक पगरी गुथेर
डाडु पन्यु आफु तिरै,तान्ने हरुको भिड् रैछ||

आफु मात्रै सर्बे सर्बा,ठान्ने हरुको भीड् रैछ
डाडु पन्यु आफु तिरै,तान्ने हरुको भीड् रैछ ||
~योगेन ढोली

उचाई सँगै तिम्रो


उचाई सँगै तिम्रो, आकार फेरिदैथ्यो
आफ्नै बैंश रेट्ने, औजार फेरिदैथ्यो

सस्तो ठानी बैंश, नाशो हुर्के पछि
एक पछि अर्को, ओडार फेरिदैंथ्यो

आफ्नै बैंश रेट्ने, औजार फेरिदैथ्यो
एक पछि अर्को, ओडार फेरिदैंथ्यो

Rup Haram Bishwakarma

Tuesday, September 18, 2012

अन्जान छु


हरि किशोर पौडेल 
स्यांग्जामल्यांग्कोट 
रामलीगाउँज्यग्दी किनार
अन्जान छु रूपकै भरमा छानु कसोरी I
बिनासित्ति अर्कीलाई आफ्नो ठानु कसोरी I

लजाई-लजाई आँखा पल-पलमै जुधेपछी ;
को हो? को हो? पराया पनि मानु कसोरी I

हात समाई कुरा गरूँ दुनियाले देख्ने डर ;
परै बाट नयन भाका जानु कसोरी I

यति राम्री छे नि मेरो प्रसंसा सधै अपुरो ;
हजुर उस्कै पछि लाग्छ मन धानु कसोरी I

अचेल, शाथी भन्दै छन् दुब्लाउदै छस हरि ;
उस्कै यादले पिरोल्छ खानु कसोरी I

जुन्को शितलतामा

नेत्रराज श्रेष्ठ 
जुन्को शितलतामा पोखियो माया
उन्कै ढुक्ढुकिमा रोकियो माया

एकै नजर काफी भयो मलाई
तेही नजरमा नै ठोकियो माया

पहिले नजर अनि धड्कन मिल्यो
धड्कन संगै अधर टोकियो माया

जनम जनम को नाता कायम भयो
मन अनि मुटुको भारी बोकियो माया

पर्खाइमा छु


नेत्र रज श्रेष्ठ
दोलखा लकुरी डाँडा ओखरबोट

आउछौ भन्ने आस छैन तेहिनी पर्खाइमा छु
खै मन्मा बास छैन तेहिनी पर्खाइमा छु

पल पल्मा सम्झी राखेको अनि भेटेको छु
भेट्न कुनै खास छैन तेहिनी पर्खाइमा छु

रिस उठ्यो झर्किय अनि थर्किय आफै आफै
छुट्ने कुनै त्रास छैन तेहिनी पर्खाइमा छु

मुटु भरिको माया उनैलाई दियको छु
मेरो मायामा कुनै ह्रास छैन तेहिनी पर्खाइमा छु

Saturday, September 15, 2012

उनले छाडिन् र त के भो



उनले छाडिन् के भो, तिम्ले साथ दिन्छ्यौ भने
भित्रै पसी मुटु रेटिन्, आउछु आज सिउँछ्यौ भने

गन्तव्य हिन यात्रा मेरो साहरा बिना भएपछि
बाच्नलाई मायाको भीक, देऊ यो मन चिन्छ्यौ भने

वाचा वन्धन कसैलाई सदाबाहार गीत रैछ
त्यसैले तोडी आएँ तिमी साथमा हिडद्यौ भने

अँञ्जुलीमा प्रेम पुष्प चढाउदा फालिन् उन्ले
सम्हालेर ल्याएको छु दिन्छु तिम्ले लिन्छ्यौ भने

चोखो तिम्रो त्यो जोवनी मलाई अब सुम्पे हुन्छ
प्यास लाग्दा पिलाउछु प्रेम पिउस पिउँछ्यौ भने

रामकृष्ण पौडेलअनयाँस

सल्लाह सुझावको अपेक्षा राख्दछु