Tuesday, September 18, 2012

अन्जान छु


हरि किशोर पौडेल 
स्यांग्जामल्यांग्कोट 
रामलीगाउँज्यग्दी किनार
अन्जान छु रूपकै भरमा छानु कसोरी I
बिनासित्ति अर्कीलाई आफ्नो ठानु कसोरी I

लजाई-लजाई आँखा पल-पलमै जुधेपछी ;
को हो? को हो? पराया पनि मानु कसोरी I

हात समाई कुरा गरूँ दुनियाले देख्ने डर ;
परै बाट नयन भाका जानु कसोरी I

यति राम्री छे नि मेरो प्रसंसा सधै अपुरो ;
हजुर उस्कै पछि लाग्छ मन धानु कसोरी I

अचेल, शाथी भन्दै छन् दुब्लाउदै छस हरि ;
उस्कै यादले पिरोल्छ खानु कसोरी I

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु