Tuesday, September 18, 2012

जुन्को शितलतामा

नेत्रराज श्रेष्ठ 
जुन्को शितलतामा पोखियो माया
उन्कै ढुक्ढुकिमा रोकियो माया

एकै नजर काफी भयो मलाई
तेही नजरमा नै ठोकियो माया

पहिले नजर अनि धड्कन मिल्यो
धड्कन संगै अधर टोकियो माया

जनम जनम को नाता कायम भयो
मन अनि मुटुको भारी बोकियो माया

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु