Thursday, November 8, 2012

देख्न सक्छु र ?

अर्जुन पौडेल, पोखरा
तिम्रो आँखावाट आशुनै झरेको देख्न सक्छु ?
परेलीमा साँचेको माया मरेको देख्न सक्छु ?

आँखा भित्र अनी मुटुमाझ तिमि मात्रै छाउदा
एक्लै छाडेर स्वर्गतर्फ तरेको देख्न सक्छु ?

मेरा पीरव्यथा थाती राखी तिम्रो विदाई पछि
आत्मानै रुवाई लगन गरेको देख्न सक्छु ?

जुनेलीको रात साक्षी राखी बुनेका ती सपना
जीवन्त नवनाई त्यसै टरेको देख्न सक्छु ?

लाग्छ मान्छेलाई ...

Saagar Silwal

बनाबटी नै होस प्रशंसाको भोक लाग्छ मान्छेलाई
झुट्टा संसारमा सत्य सुन्दा जोक लाग्छ मान्छेलाई

आफैलाई फाइदा हुने आलोचना सुन्नुपर्थ्यो
कसैले गर्दा फेरी किन झोक लाग्छ मान्छेलाई

मेहनत नै नगरी सायदै कोही पास भएका छन
जान्दा जान्दै फेल सुन्दा शोक लाग्छ मान्छेलाई

औला दिदा डुडुल्को निलिदीन खोज्ने छन कोही
लोभी मन देखेको सबथोक आफ्नो लाग्छ मान्छेलाई

अमर कोही छैन सधै जिउन जन्मेको झै गर्छन
बाच्न खोज्दा खोज्दै मृत्युको तोक लाग्छ मान्छेलाई  

तिहार मनाउँनु..


Pargeet Kunwar
असफल थुमपोखरा 8 स्याङ्गजा,
टिका माला ,लायरै तिहार मनाउँनु !
देउसी भैलो ,गायरै तिहार मनाउँनु !

नझारे है चेली आँशु प्रदेशी को यादमा..
मनमा शान्ती ,छायरै तिहार मनाउनु !

सँगी साथी भेट हुन्छ सबै भेला भाको बेला..
माईती घरमा , आयरै तिहार मनाउनु !

गरिबीको मार खेपिराछौ महङ्गीले आकाश छोयपनी..
मिठो चोखो ,खायरै तिहार मनाउँनु !

झिलिमिली बत्तीले..

Ram Sharan Shrestha
झिलिमिली बत्तीले उत्सब, ल्याओस तिहारमा
सबैको घर - घरमा लक्ष्मी, आओस तिहारमा ।।

देशै भरि दिपावली , लाक्ष्मी पूजा भाईटिका
देउसी भैलो रमाईलो, धुन छाओस तिहारमा ।।

नहोस खालि निधार भाईको, हात दिदिबहिनीको
ओखर सँगै साँढेसाति, फुटि जाओस तिहारमा ।।

सप्तरंङ्गी टिका माला, दिदि बहिनीको हातबाट
यसपालि सबले टिका, लाउन पाओस तिहारमा ।।

पाउँ स्वामी...

Asmi Gm

संधैभरी यसरि नै पाउ छुन पाउँ स्वामी!
हजुरकै दाशी सँधै नाउ हुन पाउँ स्वामी!

अजम्बरी श्रद्दा दिंदै सारा दुख पिडा लिदै
समर्पणले हृदयको पिर धुन पाउँ स्वामी!!

आफ्नो धर्म सस्कृतिको नाज राखी जुनीजुनी
सत्भाब सम्मानले मन दुन पाउँ स्वामी!!

पुजा आज अर्चनामा सम्झी पति परमेश्वर
सरणमा झुकी सारा बह फुन पाउँ स्वामी!!

दोबाटोमा हात थामी बनि सच्चा अर्धांगिनी
हाँस्दा संगै हांसी रुँदा संगै रुन पाउँ स्वामी!!

आकासका तारा झार्छन्,

Shailendra Thapa
आकासका तारा झार्छन्, जुन पनि टिपि ल्याउछन्
हुने नहुने कुरा गर्छन, बुद्धि त्यतै खियाउछन!!

सर्व पर्व काल याहाँ, सबै खण्डित भएको
क्षणिकतामा सब कुद्दा, कु-वृत्तिमा मन गएको !!
...

भोलि के हुन्छ नसोचि, सबै नै आज चाहिने
मरिहत्ते गरि लागेका, जो जो छन नपाईने!!

मै खाउ मै लाउको, गाँजेको संस्कृतिले
त्यहि हो कारण, घर गर्याछ विकृतिले!!

नीति छैन नेता मात्रै, के होला यस पाराले
सोच्न ढीला भएन के, हामी नेपाली साह्राले!!

विकृतिका बाहक, हामी तिनका ग्राहक
कतिञ्जेल बन्ने हो, अञ्जान बनि सहायक!!

समय आफ्नै गतिमा, पर्खदैन कसैलाई
समाउन सक्छ जसले, श्रेय जान्छ उसैलाई!!

महत्व यो बुझेर, ढिला भो अघि सर्नलाई
पारि पुग्नु नै , जङ्घार त्यो तर्नलाई!!

रित यो तोडेर, फस्टाउने पापात्मा
खुसिले भरि दिदा, दु:खि पिडितका आत्मा!!

देख्न पाईने पक्कै नै, मातृभूमी याहाँ हासेको
तराई पहाड साथमा लिई, हिमाल पनि नाचेको
तराई पहाड साथमा लिई, हिमाल पनि नाचेको!!

तिम्रो दिलको कुनामा, ..

गजल

तिम्रो दिलको कुनामा, बास माग्न आएँ म।
भोको छु नभन , गास माग्न आएँ म।



पल पल मरेको छु, तिमी फर्की नआउँदा,
तिमी सँग एक मुठी, सास माग्न आएँ म।

कुविचार बढ्दै गयो, मेरो मन भित्र आज,
अविश्वासी मायाँको या, नास माग्न आएँ म।

नभन ! खडेरी , जिन्दगीको बगानमा,
खडेरीको याम पनी, घास माग्न आएँ म।

तिम्रो यादमा तड्पीएर, बाँच्नु भन्दा बरु आज,
आफैं मेरो जीन्दगीको, लास माग्न आएँ म।

Row-sun Khadka


हेर्दा खेरी चिल्लो..


घोचो
हेर्दा खेरी चिल्लो देख्छु छाम्दा कति चाम्रो छाला !
टोकौं टोकौं लाग्ने तिम्रो स्याउ जस्तो रातो गाला!!

दुनियाँ यो धर्ती छोडी जहाँ जान्छौ जाउ तिमी !
छोड्ने छैन तिमीलाई गए मेरो ज्यान जाला !!

टोकौं टोकौं लाग्ने तिम्रो स्याउ जस्तो रातो गाला !
छोड्ने छैन तिमीलाई गए मेरो ज्यान जाला !!

अतित लिङ्देन ( सुब्बा )
झापा

पुट्ट पुट्ट ट्याम्के..


पुट्ट पुट्ट ट्याम्के भुडी ढल्काउदै हिन्छौ 
कुर्कुरे त्यो बैश तिम्रो झल्काउदै हिन्छौ||
कती राख्छौ अनार दाना लुकाएर आँफै
भ्यात्त झर्ला कुनै दिन गल्काउदै हिन्छौ||
यौबनको पसलमा बैश बेच्न राखी
नौ जवान युवा सारा पल्काउदै हिन्छौ||
जवानीको ताप भित्र आँफै जल्न लाई
चारै तिर अग्नी ज्वाला सल्काउदै हिन्छौ||
यो बैशले साथ छोड्दा त्यती बेला कसम
आँखा बाट मोती दाना छल्काउदै हिन्छौ||

जीतु खड्का गाउले

घडी धेरै घुम्यो ..


घडी धेरै घुम्यो , बिबाद त्यै बुँदाको होला
उस्ले ताम्रपत्र , मैले छाती छुँदाको होला !!
साथीले चिठ्ठीमा , लेख्य... मुस्कान मीठो तेरो
अँ साँच्ची त्यो तस्वीर , सानु हुँदाको होला !!
ओहो ! यो सुस्केरा,खै निदरी कता हरायो
साहेद यो छट्पटी, उता आमा रुँदाको होला !!
मेटिन्न 'बिरही' ,बस्नुछ यस्लाई तैं सँग
दाग सिरानीको ,तैंले त्यो मन धुँदाको होला !!!

संगिता कार्की "बिरही"
बुटवल-रुपन्देही

सल्लाह सुझावको अपेक्षा राख्दछु