Thursday, November 8, 2012

तिम्रो दिलको कुनामा, ..

गजल

तिम्रो दिलको कुनामा, बास माग्न आएँ म।
भोको छु नभन , गास माग्न आएँ म।



पल पल मरेको छु, तिमी फर्की नआउँदा,
तिमी सँग एक मुठी, सास माग्न आएँ म।

कुविचार बढ्दै गयो, मेरो मन भित्र आज,
अविश्वासी मायाँको या, नास माग्न आएँ म।

नभन ! खडेरी , जिन्दगीको बगानमा,
खडेरीको याम पनी, घास माग्न आएँ म।

तिम्रो यादमा तड्पीएर, बाँच्नु भन्दा बरु आज,
आफैं मेरो जीन्दगीको, लास माग्न आएँ म।

Row-sun Khadka


No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु