Thursday, November 8, 2012

आकासका तारा झार्छन्,

Shailendra Thapa
आकासका तारा झार्छन्, जुन पनि टिपि ल्याउछन्
हुने नहुने कुरा गर्छन, बुद्धि त्यतै खियाउछन!!

सर्व पर्व काल याहाँ, सबै खण्डित भएको
क्षणिकतामा सब कुद्दा, कु-वृत्तिमा मन गएको !!
...

भोलि के हुन्छ नसोचि, सबै नै आज चाहिने
मरिहत्ते गरि लागेका, जो जो छन नपाईने!!

मै खाउ मै लाउको, गाँजेको संस्कृतिले
त्यहि हो कारण, घर गर्याछ विकृतिले!!

नीति छैन नेता मात्रै, के होला यस पाराले
सोच्न ढीला भएन के, हामी नेपाली साह्राले!!

विकृतिका बाहक, हामी तिनका ग्राहक
कतिञ्जेल बन्ने हो, अञ्जान बनि सहायक!!

समय आफ्नै गतिमा, पर्खदैन कसैलाई
समाउन सक्छ जसले, श्रेय जान्छ उसैलाई!!

महत्व यो बुझेर, ढिला भो अघि सर्नलाई
पारि पुग्नु नै , जङ्घार त्यो तर्नलाई!!

रित यो तोडेर, फस्टाउने पापात्मा
खुसिले भरि दिदा, दु:खि पिडितका आत्मा!!

देख्न पाईने पक्कै नै, मातृभूमी याहाँ हासेको
तराई पहाड साथमा लिई, हिमाल पनि नाचेको
तराई पहाड साथमा लिई, हिमाल पनि नाचेको!!

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु