Friday, September 1, 2017

बालकविता –खेलौँ डण्डीबियो

रमेशचन्द्र घिमिरे

यता आऊ साथीभाइ केही भन्नु थियो
खेलौँ हामी कपर्दी र खेलौँ डण्डीबियो
खेल खेल्दा झेल गर्न अघि सर्नुहुन्न
‘शान्ति’ सँग खेल्नुपर्छ हल्ला गर्नुहुन्न
धागो लिई ‘दीपा’ दौड ‘सुषमा’ लिऊ सियो
खेलौँ हामी सियो–धागो, खेलौँ डण्डीबियो ‘
बिना’ तिमी बैनी बन्नू ‘देवी’ दिदी बन्नू
‘सूचना’ चैँ के बन्ने हो नलजाई भन्नू
खेल्ने काम तिमी गर म बस्नेछु चियो
खेलौँ हामी भाँडाकुटी, खेलौँ डण्डीबियो
डोरी लिई ‘अनुपा’ को खुट्टा बाँध्न आऊ
‘शुभेच्छा’ को आँखा छोप्न रातो रुमाल ल्याऊ
बिरालाले मुसा समाई दिनु मुक्का दियो
खेलौँ मुसो–बिरालो र खेलौँ डण्डीबियो ।

–भोर्लेटार, लमजुङ

Sunday, July 9, 2017

अनायासका एकदर्जन मुक्तक



मुक्तक १

जव म मर्ने छु अनि तिमि एक्लै हुनेछौ
मलामिले शंख फुकि लादा कति रूनेछौ
समाज तिमि आफैले बदल्ने हो त्यसैले बिहे गर
गरिनौ भने बाँच्नलाई सधै मेरै तस्बिर छुनेछौ

मुक्तक २

जाने हरु केहि सम्झना छाडेर जान्छन्
मुस्कान दिदै मुटु घायल पारेर जान्छन्
बाँचुन्जेल तिम्रै साथ् दिन्छु भने पनि
गफै गफमा सबै कुरा टारेर जान्छन्

मुक्तक ३  

मेरो घर भरि एकदिन मलामी हुनेछन्
 चेहेरा मलिन अनि हातमा रामनामी हुनेछन्
जलाउदा मेरो मुटु हेर्न नभुल्नु एकपल्ट
 त्यहा तिम्रो सजाएका तस्बिर दामी हुनेछन्

मुक्तक ४
सधै ताजा रहिरहन्छ केहि खतहरु
अनि बाँच्ने साहास हुन्छ बिगतहरु
पिंडाहरु बेला बेला बल्झिदा प्युने गर्छु
मेरा बाँच्ने आधार बनेकाछन यिनै लतहरु

 मुक्तक ५
मन यौटा सानो पथ्थरले पनि पगाल्न सक्छ
 पिर परे पछि आँखाले आँसु खसाल्न सक्छ
बुझ महासय महत्व सबैको आ-आफ्नै हुन सक्छ
 त्यसैले त कमिलाले हात्ती पनि ढाल्न सक्छ

मुक्तक ६

चुहिने खरको छानो फेर्नु छ अब
 यसपाली साहुको तमसुक केर्नु छ अब
कति पिल्सिएर बस्ने हामि गरिब जनता
 मसाल बोएर सिंहदरवार घेर्नु छ अब

मुक्तक ७

यता मेरो मलामी को लामो लर्को हुदा
उता तिम्रो सिउदोमा सिनिदुरको धर्को हुदा
तिम्रो बिहेका जन्ती पनि रुन्छन होला
मेरो शंखको आवाज चर्को हुदा

मुक्तक ८

जसले हिजो मन्दिर बनाएका थिए
आज अर्कैले सासन चलाएका थिए
 बिचरा उसैले बनाएको मुर्ति भित्रिदै गर्दा
  हेर्न पनि पाएन जात्रा अरुले मनाएका थिए

मुक्तक ९

हिजो राजा संग उही दरबारमा हुदा
 र आज जनता संग सरकारमा हुदा
हर्कत यौटै दोर्याई रहेको छ अझै
 केहि कदम चाल्दैन देश गरिबीको मारमा हुदा

मुक्तक १०

मुटुमा सजाएर राखेको एकजना खास थियो
 अझै लाग्छ उ हर समय मेरै आस पास थियो
 मैले उसलाई कहिल्यै महलको सपना देखाइन
 त्यसैले हाम्रो माथि यौटा खुल्ला आकाश थियो

मुक्तक ११
 अझै पनि उही कुटो कोदाली खेत बारीमा छन्
मेरी आमा हिजोकै च्यातिएको साडीमा छन्
 छोरो परदेश पसेकै कैयौ वर्षा बितिसकेछ
र पनि बा आमा साहुकै ऋणको भारीमा छन्

मुक्तक १२
मैले धेरै सिकेको छु त्यो पत्थर बाट
 महलमा हुर्किन्छ मान्छे बिलाउछ बगर बाट
 यो दुनिया बदल्छु भनेर कलम कापी बोकेर हिने
 तर बदल्न सकिन आज चक डस्टर बाट

मुक्तक १३
मैले बा आमाको गुण कहिल्यै तिर्न सकिन
 असल छोरा बनेर मनमा कहिल्यै छिर्न सकिन
समय बदलियो म आफै बाउ बन्दै छु अहिले
देखाउथे कति लाग्दो रहेछ माया मुटु चिर्न सकिन

 मुक्तक १४
जव संगै हुन्थ्यौ रातहरु पनि रंगिन हुन्थ्यो
 अनि छुट्ने बेला आउदा निकै कठिन हुन्थ्यो
 हराउथ्यौ एक आर्कामा भुल्थ्यौ सारा संसार पनि
 त्यसैले पत्तै हुदैनथ्यो कति बेला दिन हुन्थ्यो

Tuesday, June 13, 2017

मुक्तक


जब सङ्गै हुन्थ्यौ रातहरु पनि रंङ्गिन हुन्थ्यो
अनि छुटिने बेला आउदा निकै कठिन हुन्थ्यो
हराउथ्यौ एक अर्कामा भुलथ्यौ सारा संसार पनि
त्यसैले त पत्तै हुदैन्थ्यो कति बेला दिन हुन्थ्यो

मैले धेरै सिकेको छु त्यो पत्थर बाट
महलमा हुर्किन्छ मान्छे बिलाउछ बगर बाट
दुनिया बदल्छु भन्दै कलम कपि बोकेर हिडे
बदल्न सकिन आज चक र डस्टर बाट

 मैले आमा बाको गुन कहिल्यै तिर्न सकिन
असल छोरा बनेर मनमा अझै छिर्न सकिन
समय बदलियो म आफै बाउ बन्दै छु अहिले
देखाउथे कति लाग्दो रहेछ माया मुटु चिर्न सकिन

Thursday, June 8, 2017

गजल,

तिम्रो र मेरो बाँच्ने एउटै आधार छ
मन मिल्नुपर्छ सपना साकार छ

अरूले तारा अनि जुनको सपना देलान
तिमिलाई सिङ्गो संसार दिने बिचार छ

तिमि जुन सपना देखेर रात बिताउँछ्यौ
यता मेरो आँखामा पनि सबै साभार छ

शहरमा चर्चा हाम्रै प्रेमको चल्दै गर्दा
अनायास सँगै उनि हराएको समाचार छ
रामकृष्ण अनायास,

मुक्तक

#
मैले बाबा को ऋण तिर्नु थियो
त्यसैले म परदेश छिर्नु थियो
कुनै दिन फर्किएर आफ्नै देशको
बर्षौ देखिको अध्यारोलाई चिर्नु थियो

#
म तिमिलाई जीताउन कैयौ पटक हारिसके
मैले अचेल जीत्ने अभिलाषा छाडिसके
तिम्रो हरेक ईच्छा पुरा गर्न तत्पर छु सधै
त्यसैले त मेरा सारा चाहानाहरू मारीसके

#
सदियौ देखि हुकुम चलिआएको छ मालिक हरूको
कठै !आँखा अगाडि ईज्जत लुटेको हेर्नु छ बालिक हरूको
न्याय अन्याय सधै हेरिरहने पनि मौन छ आज
के काम हरदिन चोकमा उभिरहने शालिक हरूको


रामकृष्ण अनायास

Sunday, April 23, 2017

गजल

सोच्नु पर्ने थियो गरिबलाई सपना देखाउनु अघि
वस्ति मा नआउ भन्दैथिए जन्ताले खेदाउनु अघि

कर्णालिमा पुगेको राहात बाटोमै बेपत्ता हुदा
नेताको घरघरमा पुग्छ जन्ताले पाउनु अघि

 पुस्तक नपाएर बिध्यालय जान   नपाउदा यहाँ
आफ्नै नाम थाहाथिएन नागरिकतामा लेखाउनु अघि

बिचरा कैयौ छाक टारिसके बुढा बा आमाहरू
छोराछोरी सम्झिन्छन् आफ्नो भोक मेटाउनु अघि


रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु