Tuesday, June 13, 2017

मुक्तक


जब सङ्गै हुन्थ्यौ रातहरु पनि रंङ्गिन हुन्थ्यो
अनि छुटिने बेला आउदा निकै कठिन हुन्थ्यो
हराउथ्यौ एक अर्कामा भुलथ्यौ सारा संसार पनि
त्यसैले त पत्तै हुदैन्थ्यो कति बेला दिन हुन्थ्यो

मैले धेरै सिकेको छु त्यो पत्थर बाट
महलमा हुर्किन्छ मान्छे बिलाउछ बगर बाट
दुनिया बदल्छु भन्दै कलम कपि बोकेर हिडे
बदल्न सकिन आज चक र डस्टर बाट

 मैले आमा बाको गुन कहिल्यै तिर्न सकिन
असल छोरा बनेर मनमा अझै छिर्न सकिन
समय बदलियो म आफै बाउ बन्दै छु अहिले
देखाउथे कति लाग्दो रहेछ माया मुटु चिर्न सकिन

सल्लाह सुझावको अपेक्षा राख्दछु