Thursday, June 8, 2017

गजल,

तिम्रो र मेरो बाँच्ने एउटै आधार छ
मन मिल्नुपर्छ सपना साकार छ

अरूले तारा अनि जुनको सपना देलान
तिमिलाई सिङ्गो संसार दिने बिचार छ

तिमि जुन सपना देखेर रात बिताउँछ्यौ
यता मेरो आँखामा पनि सबै साभार छ

शहरमा चर्चा हाम्रै प्रेमको चल्दै गर्दा
अनायास सँगै उनि हराएको समाचार छ
रामकृष्ण अनायास,

मुक्तक

#
मैले बाबा को ऋण तिर्नु थियो
त्यसैले म परदेश छिर्नु थियो
कुनै दिन फर्किएर आफ्नै देशको
बर्षौ देखिको अध्यारोलाई चिर्नु थियो

#
म तिमिलाई जीताउन कैयौ पटक हारिसके
मैले अचेल जीत्ने अभिलाषा छाडिसके
तिम्रो हरेक ईच्छा पुरा गर्न तत्पर छु सधै
त्यसैले त मेरा सारा चाहानाहरू मारीसके

#
सदियौ देखि हुकुम चलिआएको छ मालिक हरूको
कठै !आँखा अगाडि ईज्जत लुटेको हेर्नु छ बालिक हरूको
न्याय अन्याय सधै हेरिरहने पनि मौन छ आज
के काम हरदिन चोकमा उभिरहने शालिक हरूको


रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु