Wednesday, April 3, 2013

गजल


तारिख झेल्दै थिई

गजल

तारिख झेल्दै थिई फैसला आउदै छ रे
मन भाँडिएकै थियो बरा! सफाई पाउदै छ रे ।

यौवनले मात्तिएर कतिको मन मार्दै हिन्थि
मुलुकी ऐन ज्यान मारेको "दफा 28" लाउदै छ रे ।

हिरासतमा पर्दा फुच्ची धरौटिमा छुट्छु भन्थि
आखिर आज बिरहका जेलमा गित गाउँदै छ रे ।

माया गर्नु अपराध होईन भन्दै बाहिर नारा लाउदै
पिरतिको मामिला हो जनमासमा छाउदै छ रे ।

इमान्दार भई अदालतमा सबुत प्रमाण जुटाएर
निर्दोश साबित गराउन कट्घरामा धाउदै छ रे

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

भोका हरुको

भोका हरुको लागि गास खोज्दै छु आमा ।
घरबार बिहिन लाई आवास खोज्दै छु आमा ।

यो राष्ट्रको के आश आफै झोलि थाप्दै छ अचेल
त्यसैले आफै बाँच्ने साहाश खोज्दै छु आमा ।

पर्खिएर तिम्रै बाटो हेरी बसेँ गाउँमा प्यारा

गजल
रामकृष्ण पौडेल "अनयास"

    पर्खिएर  तिम्रै बाटो हेरी बसेँ  गाउँमा   प्यारा
कस्तो छ नि तिम्लाई अचेल बिरानो यो ठाउँमा प्यारा ।

गास बास कमाई गरी खाने बाटो छैन देशमा
जानुपर्यो बिदेशीको आखिर आज पाउँमा प्यारा ।

मेला पर्म अईचो पैचो गरी टार्छु बरु छाक
मेरो लागि आफ्नो जिवन नराख न दाउमा प्यारा ।

भाग्यले नै ठगेपछी छुट्टीएर बस्दा हामी
गाउँले पनि नुन छर्छन् गरिबीको घाउमा प्यारा ।

लेख बेशि बनपाखा तिमी आउने बाटो हेर्दै
अभावैमा काटे जीवन सौभाग्यको नाममा प्यारा

गजलकुन्ज भरतपुर-13,चितवन

मन मिलेनि हामी दुईमा दाँज्यौ आखिर जात तिम्ले


गजल

मन मिलेनि हामी दुईमा दाँज्यौ आखिर जात तिम्ले
तल्लो कुल भन्दै छाड्य़ौ बिच बाटोमा हात तिम्ले ।

मैले पुज्ने ईश्वर अनि तिम्ले मान्ऩे देउता पनि
तैलिएर गिराउदै गर्छौ किन बात तिम्ले ।

चल्दैन खै भन्छौ अरे यो गरिबको पानि अचेल
नखाई पहिले हुदैनथ्यो मैले खाको गास तिम्ले ।

मुटु रगत धड्कन मिल्थ्यो सुनको महल मेरो भए
कुलघरान सानो जात भो भन्दै छाड्य़ौ साथ तिम्ले ।

रामकृष्ण पौडेल "अनयास"
भरतपुर-13, गजलकुन्ज ,चितवन

म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर


गजल "सवाल"
रामकृष्ण पौडेल "अनयास"

म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर
सौभाग्य पुछी त्यो रातो साडी नपोल्नु बिर्सेर ।

आफन्त सबै बैरी नै बन्छन् बिधवा देखदा
आफ्नै लाई टोकी भन्दा नी फेरि नबोल्नु बिर्सेर ।

एक्लै छु भन्दै टोलाउँदै आखिर नबस पिडामा
माथको सिँन्दुर लगाउन फेरि नछोड्नु बिर्सेर ।

धर्म र संस्कार कुरीति अनि यो गाउँको चलनले
नदेलान् लाउन हातको चुरा नफोर्नु बिर्सेर ।

(मेरो र गजलकार फुच्ची जमुना को सवाल जवाफ बिशेष संङग्रह बाट सवाल को गजल )
भरतपुर - 13, गजलकुन्ज चितवन


गजल

गजल
(प्रेम पुष्प दिवस)
रामकृष्ण पौडेल "अनयास"

अन्तिम प्राण सम्म बस्दा आज आखिर हरायौ प्रिय
मलाई ल्याको प्रेम पुष्प मेरै लाशमा चढायौ प्रिय ।

ढिलै भएपनि हातमा,गुलाफ बोकी आउदा तिमी
सेतो बस्त्र ढाँकी मोठमा,मलाई देखी करायौ प्रिय ।

कति धाउँथे तड्पाउथ्यौ अझै अन्तिम आशा थियो
घमन्डले गर्दा तिम्रौ,यस्तो हालत गरायौ प्रिय ।

दुई अक्षर माग्दा माग्दै प्राण त्याग गर्दा मैले
त्यागमा कति माया रैछ भन्दै आफै डरायौ प्रिय ।

मलाई जलाएर स्वाहाग मनाउनु अर्कै सँग
पुष्यतिथि पारि माथमा सौभाग्य भरायौ प्रिय ।

गजल




आकाश बाटै तिम्रो बाटो पर्खन्छु म तारा बनि
नआउन्जेल हेरी बस्छु ,तिम्रो भानु प्यारा बनि ।

पिरतिका कुरा गर्दा अँगालोमा कस्ने धोका
उजाडियो मेरो संसार हेर्छु बेसाहारा बनि ।

रात कट्य़ो आखिर पिडा खटाएरै आज
छट्पटाउँदै हेर्छु बाटो दुनियाको बिचारा बनि ।

भिजाउछु आँसुले भुँई बिहानीको सित बन्दै
भाग्य आफै लुटिएको यस्तो कर्महारा बनि ।

रामकृष्ण पौडेल अनयास
गजलकुन्ज,चितवन

सल्लाह सुझावको अपेक्षा राख्दछु