Wednesday, May 15, 2013

ईज्जत ढाक्ने एकहात बस्त्र

रामकृष्ण पौडेल 'अनयास'

हामि दुईको बिचमा सानु कुलघरान जात थियो
धनि गरिव आकाश पाताल संम्बन्धको बात थियो ।

मेरो हातको चल्ने भए बाँड्थे आधि गास पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो ।

धुरि खाम्बो भाँचिएको चुहिने खरको छानो मेरो
के निदाउथ्यौ खाने बस्ने भिन्ऩा भिन्ऩै खाट थियो ।

रगत एउटै भएपनि छुदा सुनपानि छर्कि
सम्पत्ति र जात दाँज्नु आखिर तिम्रो घात थियो ।

ईज्जत ढाक्ने एकहात बस्त्र मुख जोर्ने गास अनि
बाँचुन्जेल साहाराको खाँचो तिम्रो हात थियो ।

भरतपुर- 13,गजलकुन्ज
चितवन

भ्रष्ट नेताहरु



गजल

नेताहरुले भत्ता पचाईरहेछन्।
पालैपालो सत्ता जमाईरहेछन् ॥

सपनामा आउने तिम्रा तस्विरहरुले।
अनयासै मलाई सताईरहेछन् ॥

सिंहदरबार भित्र भ्रष्ट नेताहरुले
नेपालीलाई मुर्ख बनाईरहेछन् ॥

बजेटको पैसा हिनामिना हुदा।
बर्सेनी टहराहरु बगाईरहेछन् ॥

सरकार अन्धो भएको हुनुपर्दछ।
निर्दोषलाई गोली चलाईरहेछन्॥

©सुमन मुस्कान बालकुमारी कलेज
नारायणगढ चितवन

चोक चोकमा गजल

गजल

यो सँसार सारा ,गज्जब लाग्छ यार।
उनको त्यो पारा ,गज्जब लाग्छ यार॥

जिन्दगि भर सधै छुट्टिएर बस्नुपर्ने।
नदिका किनारा ,गज्जब लाग्छ यार॥

दिनरात सधै बेकाम मा हिडदा पनि।
चलेको छ गुजारा ,गज्जब लाग्छ यार॥

हिजोआज रातमा हिड्दा जिस्क्याउछ
आकाशका तारा , गज्जब लाग्छ यार॥

चोक चोकमा गजल सुनाउदै हिडदा।
भन्छन आवारा ,गज्जब लाग्छ यार॥

©कृष्ण अबिरल
गितानगर-४,देबनगर
२०६९-११-२२..

सल्लाह सुझावको अपेक्षा राख्दछु