Wednesday, May 15, 2013

ईज्जत ढाक्ने एकहात बस्त्र

रामकृष्ण पौडेल 'अनयास'

हामि दुईको बिचमा सानु कुलघरान जात थियो
धनि गरिव आकाश पाताल संम्बन्धको बात थियो ।

मेरो हातको चल्ने भए बाँड्थे आधि गास पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो ।

धुरि खाम्बो भाँचिएको चुहिने खरको छानो मेरो
के निदाउथ्यौ खाने बस्ने भिन्ऩा भिन्ऩै खाट थियो ।

रगत एउटै भएपनि छुदा सुनपानि छर्कि
सम्पत्ति र जात दाँज्नु आखिर तिम्रो घात थियो ।

ईज्जत ढाक्ने एकहात बस्त्र मुख जोर्ने गास अनि
बाँचुन्जेल साहाराको खाँचो तिम्रो हात थियो ।

भरतपुर- 13,गजलकुन्ज
चितवन

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु