Monday, May 20, 2013

बिताएका रातहरू

गजल

बिर्सु भन्दा याद आउछ बिताएका रातहरू
युगौ युग बाँच्छ भन्थ्यौ हामि दुईको साथहरू ।

बलेकै त ताप्छन् आगो निभेको के अर्थ छ
त्यसैले त एका एक दिन थाल्यौ घातहरू ।

जति पनि सहुँला म दुःख कष्ट परिआए
भन्ऩे हिजो तिमिनै हौ आज झिक्यौ हातहरू ।

हुर्कायौ रे सन्तान उस्को म त अझै बियोगमा छु
सुहाग आखिर तिमिनै हौ भन्दै गर्थ्यौ बातहरू ।

रामकृष्ण पौडेल "अनायास"
गजलकुन्ज,चितवन

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु