Saturday, July 27, 2013

भाग्य कर्म दैब सबले एकै चोटी ठगे पछि


रामकृष्ण पौडेल अनायास

सयपत्री र मखमली फूल सारे भन्थ्यौ बैनी
गोडमेल गर्दा पालुवा लाई बारे भन्थ्यौ बैनी /

बर्खामास कैले भेल नारायणी उर्ली आउदा
घरखेत संगै लग्यो दाई हारे भन्थ्यौ बैनी /

न त दाई आउने भए न त बच्यो बास आखिर
भन्दै फोनमा रुदै आश मारे भन्थ्यौ बैनी /

भाग्य कर्म दैब सबले एकै चोटी ठगे पछि
चुहिने छानो आदि गास टारे भन्थ्यौ बैनी /


गजलकुञ्ज

तप्प-तप्प अश्रुधारा चुहाएर गयौ

(सवाल जवाफ )

सवाल

तप्प-तप्प अश्रुधारा चुहाएर गयौ
मलाई छाडी त्यै आँसुले नुहाएर गयौ

गुमाउनु पर्दा मुटु पोल्छ भित्र भित्र
तेसै बेला कोमल मुटु छुवाएर गयौ

खुशी हरु एकाएक बिछोडमा भुल्दा खेरि
बेदनाको चर्को पिडा लुकाएर गयौ

नछुट्टिने साइनो हाम्रो छुटायर जादा
जाने बेला टिलपिल आँसु सुकाएर गयौ

रामकृष्ण पौडेल ''अनायास''


जवाफ

बलिन्धारा आँशु खस्यो तिमीसँग छुट्दाखेरी
शरीर पुरै भिज्नपुग्यो आँशुको मूल फुट्दाखेरी

म पनि त वेचैनीमा छटपटिदै बसेकी छु
दुई मुटुलाई छुटाउन सारा समाज जुट्दाखेरी

वेदनाको चर्को पिडा लुकाई जान बाध्य भएँ
विछोडको पलमा सारा खुशीहरु लुट्दाखेरी

आँखाको त्यो डिलबाट आँशु खस्नै लाग्दा पनि
लुकाउन बाध्य भएँ सारा साइनो टु्टाखेरी

C RU Silwal

वियोगमा चिच्याउँदै आफ्नै मुटु छोड्नु पर्यो


(सवाल जबाफ )

सवाल 

यता माया टुटायर पराई संग जोड्यौ आखिर
नचाहादा नचाहादै सम्बन्ध लाई तोड्यौ आखिर

अन्तिम चोटि भेट्छु भन्दै पारिबाट आउदै थिए
वारी हुदै बेशी बाटै आउने बाटो मोड्यौ आखिर

आज तिम्रो बियोग मा छट्पटिदै भुइमा लड्दा
सिउदोमा एक धर्को सिन्दुरले कोर्यौ आखिर

संगै बाच्ने संगै मर्ने मुटु यौटै थियो भन्थ्यौ
नशा बाटै छुट्याएर त्यै मुटु नि छोड्यौ आखिर

भरतपुर रामकृष्ण पौडेल ''अनायास''



जवाफ

मुटुमाथि ढुङ्गाराखि सम्बन्धलाई तोड्नु पर्यो
नचाहँदा नचाहँदै अन्तै नाता जोड्नु पर्यो

आउँछौ भनि तिम्रै बाटो हेरि बसेँ बर्षौ बर्ष
न खबर न मान्छे बाटो अन्तै मोड्नु पर्यो

म पनि त बेहोशीमा छटपटिदा छटपटिदै
खालि सिउँदो भरेपछि घुम्टो पनि ओढ्नु पर्यो

सँगै बाँच्ने सँगै मर्ने बाचा कसम टुटेपछि
वियोगमा चिच्याउँदै आफ्नै मुटु छोड्नु पर्यो
C RU Silwal






सल्लाह सुझावको अपेक्षा राख्दछु