Saturday, July 27, 2013

वियोगमा चिच्याउँदै आफ्नै मुटु छोड्नु पर्यो


(सवाल जबाफ )

सवाल 

यता माया टुटायर पराई संग जोड्यौ आखिर
नचाहादा नचाहादै सम्बन्ध लाई तोड्यौ आखिर

अन्तिम चोटि भेट्छु भन्दै पारिबाट आउदै थिए
वारी हुदै बेशी बाटै आउने बाटो मोड्यौ आखिर

आज तिम्रो बियोग मा छट्पटिदै भुइमा लड्दा
सिउदोमा एक धर्को सिन्दुरले कोर्यौ आखिर

संगै बाच्ने संगै मर्ने मुटु यौटै थियो भन्थ्यौ
नशा बाटै छुट्याएर त्यै मुटु नि छोड्यौ आखिर

भरतपुर रामकृष्ण पौडेल ''अनायास''



जवाफ

मुटुमाथि ढुङ्गाराखि सम्बन्धलाई तोड्नु पर्यो
नचाहँदा नचाहँदै अन्तै नाता जोड्नु पर्यो

आउँछौ भनि तिम्रै बाटो हेरि बसेँ बर्षौ बर्ष
न खबर न मान्छे बाटो अन्तै मोड्नु पर्यो

म पनि त बेहोशीमा छटपटिदा छटपटिदै
खालि सिउँदो भरेपछि घुम्टो पनि ओढ्नु पर्यो

सँगै बाँच्ने सँगै मर्ने बाचा कसम टुटेपछि
वियोगमा चिच्याउँदै आफ्नै मुटु छोड्नु पर्यो
C RU Silwal






No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु