Sunday, February 23, 2014

तक्दिर बनाउछन् यहाँ

मुक्तक, 

कसैले आश्रम त कसैले मन्दिर बनाउछन् यहाँ
त्यहिँ लुटेर धेरैले आफ्नो तक्दिर बनाउछन् यहाँ
बिचरा!उसले केहि गर्छु भन्दैथियो दु;खिको लागि
फटाहा हरुले त्यस्तैको लागि जन्जिर बनाउछन् यहाँ

साधना

मुक्तक, 
मेरी आमाले भन्नुहुन्छ छोरा तिमि पढ्नु पर्छ भनेर
दिनुहुन्छ धेरै हौसला चुनौती संग लड्नु पर्छ भनेर
यो तिम्रो रमाउने बेला हैन साधनामा लाग भन्दै
निकै सम्झाउनु भो हिजो अगाडी बढ्नु पर्छ भनेर /

Friday, February 21, 2014

प्रेम प्रस्ताव

muktak

सुटुक्क आएर प्रेम प्रस्ताव राखेर गई
बदलामा भएको त्यै मुटु पनि मागेर गई
आजसम्म त पर्खेरै बसेको थे बाटो हेर्दै
सुन्छु पराई संग नेटो काटेर गई

Thursday, February 20, 2014

''अस्थित्त्व'' उहि प्रिय आदि गोरेटो बाट

कविता - अस्थित्त्व

आफु हिड्ने जिन्दगीको गोरेटो खोज्दा
केहि पाउने आशमा केहि हराएको छु
केहि गुमाएको छु त केहि पाएको छु
मैले देखेका सारा सपना हरु त केवल
हिजो बगरमा बालुवाले बनाएको घर जस्तै
सुर्य उदाउन नपाउदै
खै कता बिलाएको छ /
म आफ्नै पहिचान खोजिरहेको छु यति बेला
मलाई सोधेकाछन् उल्टै ति गोरेटा हरुले
म निशब्द छु किनकि अझै भेटिएको छैन
मेरो पुराना केहि डोबहरु
खै थाहा छैन अझै अनगिन्ति छन्
मैले देखेका यि गोरेटाहरु
न त चोक चोकमा लेखेएको नै छ
कहाँ पुगिन्छ भनेर /
कैयौ थकानका सुस्केरा सुस्ताउदै
मैले देखेको सपनाको स्पर्श लत्याएर
अर्को थरिको सपना खोज्न हिंडे
त्यही गोरेटो हरुमा /
कैयौ ठाउमा लिलामी नभएका पनि होईनन्
आफ्नै चाहनाहरु
कैयौ ठाउमा ईच्छा मेटाउदै तिर्खाएका मनहरु
पुन फर्कन्छन् उहि गोरेटोहरुमा /
कहिले मन भित्रको आवेगले तताउथ्यो त
कहिले सफरको चरम उत्कर्स संगै
भत्किन लागेको मनको पहाडले सताउथ्यो
मैले देखेको आदि बाटो जोगाउनु छ अब
जिन्दगीको गोरेटो खोज्दा,
आफु नामेटिदै बाँकि रहेको
अस्थित्व रक्षा गर्न म फर्खेर आएको छु
उहि प्रिय आदि गोरेटो बाट

रामकृष्ण पौडेल 'अनायास''

Tuesday, February 18, 2014

रंगिन बनाउनु छ हर रात

गज़ल 

कसको माया कति छ जोखेर हेर भन्छ्यौ
जवानी को उन्माद लाई पोखेर हेर भन्छ्यौ

बैसको मातै यस्तो बसमा छैन नयन
नडुलाउ धेरै नजर रोकेर हेर भन्छ्यौ

मिठा हुन्छन् हरेक पल तिम्रो मेरो जिन्दगीका
एक चोटी दुई मुटु जोडेर हेर भन्छ्यौ

 रंगिन बनाउनु छ हर रात सधै हाम्रो अब
मैले दिएको आँचल तिमि ओढेर हेर भन्छ्यौ
रामकृष्ण पौडेल ''अनायास''

सल्लाह सुझावको अपेक्षा राख्दछु