Wednesday, November 21, 2012

बिना आगो अव...

अर्जुन पौडेल
          पोखरा 
बिना आगो अव जल्नु छैन
त्यो फरीया सँग चल्नु छैन

सारा खुशी आफै सजाई
पापी याद सम्झी गल्नु छैन

यो मनको कोठा दीप वाल्दा
जल्ने त्यो मैनमा बल्नु छैन

आफ्नै छाया  मुटु  भरी हुँदा
माया गाँसी आफै छल्नु छैन

समयको धार

 (पुजा भट्ट) 
समाजबाट परेको हेलाको पत्र बनेकोछु म,
कहिले माथि नउठ्ने झरेको पात बनेकोछु म
गर्नु त धेरै छ यो जीवन - काल मा,
तर समाजको नराम्रो सिकार बनेको छु म


कू-दृष्टिका किरण सहने क्षमता हराई सक्यो,
कू-वाक्यका वाणी सुन्ने क्षमता हराई सक्यो
बन्नु त छ एक असल र अटल व्यक्तित्व,
तर समयको नराम्रो सिकार बनेकोछु म


तिरस्कार नगर सुन्यताको बन्धक बनाई,
अन्याय र अपराधको कुरूप चित्र बनाई
उदाउनु त छ बिहानको झुल्किने घाम सरि,
तर समयको नराम्रो सिकार बनेको छु म
तर समाजको नराम्रो सिकार बनेको छु म !!

जिल्लाबाट पुनरावेदनमा

फुच्ची जमुना

जिल्लाबाट पुनरावेदनमा सरेछ फेरि
मेरै नाममा उहि निवेदन परेछ फेरि

धमिरा लागेका प्रमाणहरु बटुल्दै छु
सबुत बिचको एउटा पाना झरेछ फेरि

ख्यालै रहेन वास्तै गरिनछु गोड्मेल् भयो
प्रेम इजाजतको फुल थियो मरेछ फेरि

हिरासत,हिफाजतमा बसे उसै झै गरि
उसै पिरती मेरो लिफाफामा टरेछ फेरि

कट्घरामा उभिए गिता छोए बयान दिए
आज पनि तारिखको घोषणा गरेछ फेरि

उ, भन्दै थिई

हरि किशोर पौडेल

, भन्दै थिई दुनिया हसाउने कुरा नगर्नु I
चोखो मायामा तिमि, फसाउने कुरा नगर्नु I
1
खालि यौटै उखान दोहोर्याउछे-दोहोर्याउछे ;
छोरि पिटेर, बुहारी तर्साउने कुरा नगर्नु I
2
राजा! यस्तै नै हो सबै, खुसी हुन सक्नु पर्छ ;
भो, अब कत्ति आँखा रसाउने कुरा नगर्नु I
3
...
मलाई, कोहि लाग्दैन, सबथोक ठान्छे ;
भन्छे, अन्तै घरबार बसाउने कुरा नगर्नु I
4
तिमि सरकार भयौ भने, यस्तो-यस्तो गर्नु ;
तर, गरिबको घाँटी कसाउने कुरा नगर्नु I
5
ठुला-बडा यहाँ डस्छन, डसी नै रहन्छन ;
तिमि, सापेरो बनेर झन् डसाउने कुरा नगर्नु I

खालि सिउदो सजाएर

मोहन रावल अनमोलोल
'अस्तु
____गजल________
खालि सिउदो सजाएर लाने रहरछ ...!!
सँगै पन्चेबाजा बजाएर लाने रहरछ ...!!

तिम्लाई डोलि चढाएर मँसिर लागे पछि
आगनिमा जन्ति नचाएर लाने रहरछ ।।

तिमि मेरीहौ तिम्रैहु धुर्ब सत्य कुरा
सुटुक्क डोलिमा बसाएर लाने रहरछ ।।

मान या नमान तिमि तिम्रो बिचार अब
अवश्य तिमिलाई हसाएर लाने रहरछ ।।

खालि सिउदो सजाएर लाने रहरछ ...!!
सँगै पन्चेबाजा बजाएर लाने रहरछ ...!!


____गजल________

बिलुप्त सप्ना थियो माथमा ताज थियो...!!
गतिलो आशमान थियो राज बिराज थियो...!!

फुललाई चुम्ला झै लाग्यो भमराले....
तिमि एक फुलहौ भन्ने मेरो अन्दाज थियो..!!

समय दौडियो तिमि बाट बाहिरिय ...!
नरोईबस मेरी सानु बिवस्त कामकाज थियो ..!!

हामि दुईलाई सँगै देख्न कहाँ सक्थे यहाँ...!
पापि नजर हामिमा तगरो यो समाज थियो ..!!

कस्ले पो सुनि दिन्थे यूगल जोडि कराएको ..!
भावहित चित्कार मग्द मुग्द आवाज थियो .!!

____गजल________


.झरेका आसुँ मेरै थिए, परेली तिम्रो भिजे पनि |
दुखेको मुटु मेरै थियो, काडां तिम्लाई बिजे पनि |


..लिफ्ट दिन्छ पराइ लाई, देश हांक्ने चालक ले,
गर्न हामी के नै सक्छौ?बैरी ले सिमा मिचे पनि|

 किन थुक निल्छौं तिमी? उसले एक्लै खायो भनी,
.ऐजेरु आखिर तितै हुन्छ, मिठो मानी घिचे पनि |
  
आफु गुलाम बन्छौँ बरु, देश गुलाम बन्न दिन्नौं,
..गोर्खे पो हौं हार खाँदैनौं, बज्रपात ले थिचे पनि |
  
..तिमी सँग जिस्किएर दुई चार कुरा बोल्दै मा,
फस्दैन भो यो मायालु,मोहनी जाल फिजे पनि |

सल्लाह सुझावको अपेक्षा राख्दछु