Wednesday, July 17, 2013

सिरानी मुन्तिर राखेको तस्बीर समायौ होला

TARA PANT
gazal
साउनको महिना हातमा मेहेन्दी लगायौ होला
अलि माथि लस्करै हरिया चुरा सजायौ होला

उसै त तिलस्मी निखार छल्किन्छ त्यो रुपमा
मुस्कान फिंजाई दर्पणमा हल्का लजायौ होला

बोकेर पूजाको थाली धाउँदैछौ मनमन्दिरहरु
चाहेको सबै पुगोस् भन्दै देउता फकायौ होला

गर्जिन्छ मेघ आकाशमा रिमझिम छ धर्तीभरी
रुझेर आफू झरीमा झन् वर्षिन सघायौ होला

सम्झेर यादगार पलहरु म फर्किने दिन गन्दै
सिरानी मुन्तिर राखेको तस्बीर समायौ होला
Tara Pant

सल्लाह सुझावको अपेक्षा राख्दछु