Sunday, June 30, 2013

वास हराएको बेला


C RU Silwal


घरबार विहीन भएर वास हराएको बेला
खेत बारी सबै लगि गांस हराएको बेला

राष्ट्रपतिको घाउ नै ठूलो भएको छ यहाँ
महाकालीको भेलमा लाश हराएको बेला

खै के गर्ला र?तिम्रो त्यो एकसरो कम्बलले
लाखौँ जन्ताहरुको बाँच्ने आश हराएको बेला

चरालाई चारा दिए जस्तो राहत छरेर गयौ
दर्दनाक पिडामा परि होशहवाश हराएको बेला

सिंह दरबार थर्कने गरि चिच्याउँदैछन् जन्ता
नेताहरुमा मानवताको आभाष हराएको बेला


balkumari college

मुक्तक

मुक्तक

बिचरा के नै थियो र आज दोस उस्को
बद्ऩाम गरे आखिर देखेर जोश उस्को ।
केहि गर्छु त भन्दै थियो अचेल
दोषिनै ठानेपछी सबैले,छैन बरा होस उस्को ।

रामकृष्ण अनायास

पत्थरमा भगवान खोज्ने हरू

धेरै भेटिन्छन् पत्थरमा भगवान खोज्ने हरू
कैयौ छन मुखमा राम भन्दै छुरा रोज्ने हरू ।

अपराधिकै खेति गर्छन् निर्धाहरु मार्दै यहाँ
बिजयको शंख फुक्छन् गरिबिलाई दोस्ने हरू ।

चर्का कुरा उठाउछन् सबै जन्ता समान भन्दै
राजनितिको खेल खेल्दै झोलि भोर्न सोच्ने हरू ।

रामकृष्ण अनायास

गजलकुन्ज

सल्लाह सुझावको अपेक्षा राख्दछु