Sunday, June 30, 2013

वास हराएको बेला


C RU Silwal


घरबार विहीन भएर वास हराएको बेला
खेत बारी सबै लगि गांस हराएको बेला

राष्ट्रपतिको घाउ नै ठूलो भएको छ यहाँ
महाकालीको भेलमा लाश हराएको बेला

खै के गर्ला र?तिम्रो त्यो एकसरो कम्बलले
लाखौँ जन्ताहरुको बाँच्ने आश हराएको बेला

चरालाई चारा दिए जस्तो राहत छरेर गयौ
दर्दनाक पिडामा परि होशहवाश हराएको बेला

सिंह दरबार थर्कने गरि चिच्याउँदैछन् जन्ता
नेताहरुमा मानवताको आभाष हराएको बेला


balkumari college

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु